पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै
पूर्वी नेपाल समाजले दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदानसँगै देउसी भैलो विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ। सरोकार समाजले स्थापना कालदेखी आयोजना गर्दै आएको उक्त कार्यक्रम अक्टोबर २५ तारिख शनिबार बेलुकि गरिने निर्णय भएको सरोकार समाजका कार्यबाहक अध्यक्ष डम्बर बिक्रम मुखियाले जनाएका छन्।
निक नेपाल ट्राभल्सको हलमा गरिने कार्यक्रममा विभिन्न नेपाली परिकारहरु रहने छ। यसैगरी रात्रीभोज सँगै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिहरुपनि हुनेछन् भने अन्तमा सामूहिक देउसी भैलो समेत खेलिने भएकोछ।
कोरियामा विभिन्न पेसामा आबद्ध रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना आदानप्रदान एवम् विशेष देउसी भैलो कार्यक्रममा उपस्थित भइदिन आयोजकले अनुरोध गरेको छ।