तेह्रथुम र उदयपुरद्वारा छुसक डान्स पार्टीको आयव्यय सार्वजनिक
ग्लोबल तेह्रथुम सेवा समाज र उदयपुर सेवा समाजले छुसक डान्स पार्टीको आयव्यय सार्वजनिक गरेको छ। दुइ संस्थाले आइतवार निक नेपाल ट्राभल्सको हलमा संयुक्त रुपमा आयव्यय सार्वजनिक गरेको थियो।
तेह्रथुमले डान्स पार्टीमा २ करोड ४१ लाख आम्दानी गर्दै १ करोड ३१ लाख खर्च गरि १ करोड १० लाख वन बचत गर्न सफल भएको छ भने उदयपुरले २ करोड ७४ लाख आम्दानी गर्दा १ करोड ७७ लाख खर्च गरि ९७ लाख वन बचन गरेको छ।

गत छुसकमा तेह्रथुमले अक्टोबर ५ तारिख ह्यात्रुङ झर्ना र उदयपुरले अक्टोबर ६ तारिख साइला साइली डान्स पार्टीको आयोजना गरेको थियो।