नेपाल तामाङ घेदुङको १२ औँ महाधिवेशन सम्पन्न, नेतृत्वमा पुन: स्याङ्तान
नेपाल तामङ घेदुङ दक्षिण कोरियाको १२ औँ महाधिवेशनबाट अध्यक्षमा पुन : राजकुमार स्याङ्तान दोहोरिएका छन्। दोङ्देमुन स्थित सेमाउल बैङ्कको सभाहलमा नोभेम्बर २३ मा सम्पन्न अधिवेशनले स्याङतानको नेतृत्वमा १७ सदस्यीय १२औँ कार्यसमिति गठन भएको छ ।
नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दावा फिन्जो तामाङ चयन भएका छन्। यसैगरि उपाध्यक्षमा नुर्बु तामाङ , आशिष् मोक्तान तामाङ र त्रिचन्द्र तामाङ रहेका छन भने महिला उपाध्यक्षमा सुनिता ब्लोन तामाङ चयन भएकी छिन्। महासचिवको जिम्मेवारी अभिषेक थिङ तामाङलाई सुम्पिएको छ भने सचिवमा सरस्वती तामाङ, राजेन्द्र लोप्चन र सागर तामाङ चयन भएका छन्।
यसैगरी कोषाध्यक्षमा अञ्जली तामाङ ,सह कोषाध्यक्षमा विस्लेष तामाङ रहेका छन्। सदस्यहरुमा सुमन तामाङ, एन्सिना ग्लान तामाङ, सुवास तामाङ, सुब्बा सिङ मोक्तान र सुनिल बोम्जन चयन गरिएको छ।
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको अध्यक्ष शुभराज भोम्जनको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।



