नेपाल कोरियाको साँस्कृतिक मेलमिलाप दर्शाउने तेक्वान्दो प्रदर्शन

कोरियाको महान चाड छुसकको अवसरमा मैत्रीपूर्ण तेक्वान्दो खेलको प्रदर्शन गरिएको छ। अक्टोबर ५ आइतबारका दिन दक्षिण कोरियाको गाङ्नाम स्थित कुक्किवनमा कोरिया र नेपालको मैत्रीपूर्ण तेक्वादो प्रदर्शन गरिएको थियो।
केङमिन विश्वविद्यालयको प्रदर्शन टोलीको खेलको कौशलता प्रदर्शन गरेका थिए। नेपालको प्रतिनिधित्व गर्दै नविना बुढाथोकी मगरले सहभागी नेपालीहरुलाई आधारभूत तेक्वान्दो कला सिकाएकी थिइन्। नेपाल र कोरियाको मित्रतालाई थप गाढा बनाउँदै साँस्कृतिक मेलमिलापको लागि तेक्वान्दो प्रस्तुत गरिएकोआयोजकले जनाएको छ।
तेक्वान्दो कार्यक्रम कोरियाली एकीकृत शिक्षा परामर्श विकास संस्थान (주)한국통합교육상담개발원द्वारा आयोजना गरिएको थियो।
तेक्वान्दो प्रदर्शन पश्चात पाँचथर सांगितिक सौगात मार्फत विभिन्न साँस्कृतिक प्रस्तुती साथै सुजन चापागाईले व्याण्ड सहित आफ्नो प्रस्तुति दिएका थिए।