Advertisement
SKIP THIS

UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन डिसेम्बर २०-२१ मा


 

अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निणर्यहरु पारित गरिएको छ।

बैठकले आगामी बार्षिक साधारणसभा र MIT Foundaation सँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०-२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको छ। यो साधारणसभा बिशेष गरेर सँस्थाको बिधान, बजेट, श्रोत बिकास, बिश्वो-ब्यापिकरणको योजना, विभिन्न प्रोजेक्टहरु र एक दिने सम्मेलनका मुख्य एजेन्डामा केन्द्रित रहेन छ।

सँस्थाको बार्षिक साधारणसभा नेपालमा नै गर्नुपर्ने प्रचलन भएता पनि यो बर्ष सँस्था बिकासका सुरुवातीको बर्ष, बिश्वो-ब्यापिकरणको जिम्मेवारी समेत जोडिएकाले डिसेम्बर २०, २०२५ शनिबारका दिन दक्षिण कोरियामा गर्ने निर्णय गरियो। सभा र सम्मेलनको संयोजन संबन्धित क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) ले गर्ने प्रचलन अनुसार सातौँ बैठकले एसियाकी आरसी लक्ष्मी गुरुङलाइ संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। साधारणसभामा सम्पूर्ण पंजीकृत सदस्यहरु र सोहि दिनसम्म सदस्यता लिनु भएका सबै सदस्यहरुले प्रतिनिधि हुन पाउनुहुनेछ।

UNDO र MIT Foundaation साझेदारीमा एक दिने सम्मेलन डिसेम्बर 22,2025 आइतबार आयोजना गरिएको छ। सम्मेलन र सभा-संबन्धि थप अपडेट UNDO र MIT Foundaation फेसबुक पेजहरुमा नियमित रुपमा गरिनेछ।

UNDO की सचिव संगीता कार्कीको संयोजकत्वमा बिधान संसोधन समिति गठन गरिएको छ। समितिमा बाँकी सदस्यहरु उहाँले नै मनोनयन गर्नुहुनेछ। बिधानको प्रस्तावित संसोधन मस्यौदा सभाको १ हप्ता या सो भन्दा पहिला नै सबै सदस्यहरुलाइ इमेल-मार्फत पठाइने निर्णय गरिएको छ।

सँस्थाको बिश्वो-बापिकरण योजना तय गर्नको लागि कार्यकारी सदस्य तथा संचार संयोजक कृष्ण केसीको संयोजकत्वमा योजना तय समितिको गठन गरिएको छ। समितिमा समिति कार्यसमिति र सदस्य सबैको सहभागिता रहने छ।

आगामी २ बर्षे आर्थिक बजेट तय गर्न र आर्थिक विवरण प्रस्तुत गर्नको लागि कोषाध्यक्ष उल्का घिमिरेलाइ जिम्मेवारी दिइएको छ। यो पटक प्रोजेक्टहरु, बिभिन्न गतिबिधि समेतलाइ समेटेर बजेट गयर गरिनेछ।

त्यसिगरी साधारणसभामा सँस्थाका सबै क्षेत्रका क्षेत्रीय संयोजकहरुले आ-आफ्नो क्षेत्रको योजना र प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।

सँस्थाका सबै क्षेत्रीय उपाध्यक्षहरुले आगामी दुइ बर्षमा सम्पन्न गर्ने र गर्ने सकिने माइक्रो प्रोजेक्टको संयोजन र सहजीकरण गर्नुहुनेछ। तत्काल पाइप-लाइनमा रहेका MIT Foundation संगको साझेदारी प्रोजेक्टको लागि उपाध्यक्ष त्रिलोक गुरुङ र बिगतमा नै सुरु गरिएको भूकम्प राहत प्रोजेक्टका लागि उपाध्यक्ष भोमा लिम्बुले संयोजन गर्नुहुने निर्णय गरिएको छ।

थप जानकारीको लागि:
वेबसाइट
https://undo.org.np/

प्रवक्ता
कृष्ण के सी
युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल तामाङ घेदुङको १२ औँ महाधिवेशन सम्पन्न, नेतृत्वमा पुन: स्याङ्तान
  • UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन डिसेम्बर २०-२१ मा
  • नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा
  • ‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...