उत्तम खजुम
कोरियामा नेपाली शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. (Stock Broker No. 55) ले दक्षिण कोरियामा बसोबास गर्ने नेपालीहरुका लागि “नेपाली सेयर बजार सम्बन्धी सामान्य छलफल तथा सचेतना कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी अक्टोबर ४ देखि ९, २०२५ सम्म विभिन्न सहरहरूमा आयोजना गरिने कम्पनीले जानकारी दिएको छ। कार्यक्रम तालिका : • सौल : अक्टोबर ५ र ६, २०२५, पूजा रेष्टुरेन्ट, दोइदमुन • सुोन सिटी : अक्टोबर ७, २०२५, भेटघाट रेष्टुरेन्टको सभा हाल यस छलफल कार्यक्रममार्फत सहभागीहरुलाई सेयर बजारको आधारभूत ज्ञान, लगानी गर्दा अपनाउनु पर्ने सावधानी, TMS/Mero Share प्रयोग, सेयर खरिद-बिक्री प्रक्रियाफुर्सदमा
कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. (Stock Broker No. 55) ले दक्षिण कोरियामा बसोबास गर्ने नेपालीहरुका लागि “नेपाली सेयर बजार सम्बन्धी सामान्य छलफल तथा सचेतना कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी अक्टोबर ४ देखि ९, २०२५ सम्म विभिन्न सहरहरूमा आयोजना गरिने कम्पनीले जानकारी दिएको छ। कार्यक्रम तालिका : • सौल : अक्टोबर ५ र ६, २०२५, पूजा रेष्टुरेन्ट, दोइदमुन • सुोन सिटी : अक्टोबर ७, २०२५, भेटघाट रेष्टुरेन्टको सभा हाल यस छलफल कार्यक्रममार्फत सहभागीहरुलाई सेयर बजारको आधारभूत ज्ञान, लगानी गर्दा अपनाउनु पर्ने सावधानी, TMS/Mero Share प्रयोग, सेयर खरिद-बिक्री प्रक्रियाफुर्सदमा
अर्ली बर्डमा नवाज अन्सारीको टिकट सोल्ड आउट, जिमनीबाट भने बूक गर्न सकिने
नेपकोर इन्टरटेनमेन्टले अक्टोबर ५ तारिख साँझ गर्ने नवाज अन्सारीको टिकट अर्ली बर्ड अनलाइनमा सोल्ड आउट भएको छ। तर कार्यक्रमको टिकट जिमनी अनलाईनमा भने अझै उअलब्ध रहेको छ। आयोजकले अनलाइन बूक गर्नेहरुलाई सहुलियत दर ३० हजार वनमा टिकट बिक्रि गरिरहेको छ भने कार्यक्रमको दिन डोर सेल भने ४० हजार वन रहेको छ। पछिल्लो समय यूवापुस्ता माझ रुचाइएका गायक अन्सारी विशेषतः र्याप हिपहप विधाका हुन्। उनको बबाल, ढाका टोपि मैलो, काजु लगायतका गीतहरु चर्चित छन ।
टियस राईको नेतृत्वमा खोटाङ सेवा समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति
खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले टियस राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। सेप्टेम्बर २८ तारिख दोङ्देमुन स्थित सेमाउल सभाहलमा अधिवेशन सम्पन्न भएको थियो। नव–निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि कुमार खड्का, उपाध्यक्षहरूमा फुर्तेम्बा शेर्पा, दोर्जे शेर्पा र काशी निरौला निर्वाचित भएका छन्। त्यसैगरी, महासचिवमा कला राई, सचिवमा सुरज लिम्बु र कोषाध्यक्षमा अनिला राई चयन भएका छन भने सदस्यहरूमा मुना मगर, आभाष राई, रत्न क्षेत्री, मनराज राई, निशा राई, शान्तिराम राई र रोशन राई रहेका छन्। अधिवेशन निवर्तमान अध्यक्ष सुष्मा रानाहँमा राईको अध्यक्षता र पूर्वी नेपालकाफुर्सदमा
प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
प्रथम सिन्धुपाल्चोक भलिबल कपको सम्पूर्ण तैयारी पूरा भएको छ। प्रतियोगिता सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले सेप्टेम्बर २१ आजु युनिभर्सिटीको भलिवल खेल मैदानमा आयोजना गर्दैछ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन र सेमिफाइनल पुग्ने दुई टिमलाई ४/४ लाख कोरियन वन सहित मेडल र प्रमाणपत्रप्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख वन ट्रफी, प्रमाण पत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर ,उत्कृष्ट लिफ्टर ले ५०,००० वोन साथमा प्रमाण–पत्र प्राप्त गर्ने आयोजकलेफुर्सदमा
किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
किरात राई यायोक्खा दक्षिण कोरियाको १२ औँ महाधिवेश सम्पन्न भएको छ। हिजो सेप्टेम्बर १४ तारिख दोङ्देमुन स्थित सेमाउल सभाहलमा सम्पन्न महाधिवेशनले सन्तोष राईलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा छत्र राई , उपाध्यक्षमा लरेन्स राई, प्रदिप राई, प्रदिप सागर र सन्तोष राई चयन भएका छन्। महासचिवमा याम बाङ्देल राई, सचिवमा मुकेश राई र राम राई चयन भएका छन्। भने कोषाध्यक्षमा – मनिता राई र सह- कोषाधक्षमा दिपक राई यसैगरी सदस्यमा भीम बान्तावा राई, र छत्र राई सर्वसम्मत चुनिएका छन्। नेपाल आदिवासि जनजाति महासंघका अध्यक्ष विशन राईको प्रमुखफुर्सदमा
नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित भएको छ। कोरियाका लागि वितरक किरात याक्थुङ चुम्लुङ छल्लादोले एक विज्ञति जारी गर्दै उक्त विषयमा जानकारी गराएको हो। बाँसुरी फिल्मस प्रा लीले शोक वक्तव्य मार्फत जेनजी आन्दोलनको विषम परिस्थितिमा मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ। वक्तव्यमा चलचित्र कहिले प्रदर्शन गरिने उल्लेख गरिएको छैन्। कोरियाका वितरकले दर्शकमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै आगामि मिति तय भएपछि दर्शकलाई जानकारी गराउने भएको छ। यहिँ सेप्टेम्बर २१ देखि चलचित्र कोरियाभर प्रदर्शन हुने मिति तय भएको थियो।
जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
नेपालमा भइरहेको जेनजीको आन्दोलनलाई समर्थन गर्दै कोरियामा पनि प्रदर्शन हुने भएको छ। सौल स्थित नेपाली राजदूतावासमा आगामी शुक्रवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म शान्तिपूर्ण धर्ना हुने जनाइएको छ। यस शान्तिपूर्ण विरोध सभाका लागि सौल प्रहरी प्रशाशनबाट अनुमति लिएको एक अभियन्ता येमन सेनले फोनिज कोरियालाई जानकारी गराएकि छन्। प्रहरी प्रशाशनलाई नेपालको वर्तमान घटनाक्रम विस्तृत रुपमा जानकारी गराएर अनुमति लिइएको र यो धर्ना कार्यक्रम कुनै संघ संस्थाबाट परिचालित नभएर स्वस्फुर्त रुपले संगठित भएर गरिन लागेको पनि उनले स्पष्ट पारेकि छिन्। नेपालमा जेनजीले भ्रष्टाचार, बेतिथी तथा सामाजिक सञ्जालमा प्रतिवन्धको विरुद्धमा हिजोफुर्सदमा
नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
सउल, दक्षिण कोरिया – दक्षिण कोरियामा नेपालीहरूको सामाजिक,राजनीतिक तथा सामुदायिक हकहितको संरक्षण र सम्वर्द्धनमा विगत लामो समयदेखि क्रियाशील रहेको नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले आफ्नो क्रियाशील सदस्यता दर्ताका लागि औपचारिक आह्वान गरेको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक विरासत बोकेको नेपाली काँग्रेसप्रति आस्था र विश्वास राख्ने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई लोकतान्त्रिक मूल्य र मान्यताको सुदृढीकरणका लागि यो महत्वपूर्ण अभियानमा सहभागी हुन समितिले विशेष अनुरोध गरेको छ। नेपाली काँग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादका तीन आधारभूत सिद्धान्तहरूलाई आत्मसात् गर्दै, नेपाली जनसम्पर्क समितिले प्रवासमा रहेका नेपाली र मातृभूमिबीचको एक सशक्त र जीवन्त सेतुकोफुर्सदमा
कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
कोरियामा पहिलो पटक गायक सुजन चापागाईको प्रस्तुति हुने भएको छ। छुसकको अवसरमा उनले आफ्नो व्यण्ड सहित प्रस्तुति दिनेछन्। पाँचथर सेवा समाजले अक्टोबर ५ तारिख कार्यक्रम गर्ने भएको छ। समाजले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सुजन चापागाईलाई व्याण्ड सहित कोरिया उतार्ने निश्चित भएको उल्लेख गरेका छन्। साथै अध्यक्ष रमेश लावतीले कलाकारहरुको भिसा प्राप्त भएको पनि अवगत गराएका छन्। सुजन चापागाईं प्रेममुखी र रोमान्टिक गीतहरू मार्फत युवा वर्गमा विशेष रुचाइएका कलाकार हुन्। उनको स्वर र प्रस्तुति शैलीले विशेष प्रभाव पारेको छ, जसले उनलाई नेपाली संगीत क्षेत्रमा एउटा विशिष्ट स्थान दिलाएको छफुर्सदमा