तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
सलनालमा कार्यक्रम नै कार्यक्रम

आउँदो शनिबार देखि सलनाल आर्थत नयाँ बर्षको लाग्दैछ । सलनालमा कोरियामा लामो कम्पनी विदा हुन्छ । यहि मौकामा विभिन्न कार्यक्रम गर्ने नेपाली संघसंस्था बीच चर्को प्रतिस्पर्धा छ । आफ्नो कार्यक्रम प्रचारप्रसार गर्न अहिले दोङदेमुनमा आयोजकहरु बाक्लै भेटिन्छन् । ‘हामीले पनि एउटा सांगीतिक कार्यक्रम गर्दैछौं । अन्य साथीहरुले पनि गर्दै हुनुहुन्छ ।’ चितवन सम्पर्क समितिका अध्यक्ष राजकुमार स्याङतानले भने । ‘हाम्रो संस्थाले पहिले देखि नै जिल्लाको विपन्न केही विद्यार्थीलाई छात्रबृति दिदैफुर्सदमा
कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क विभाग गठन

दक्षिण कोरियाकाे राजधानी सिउलको दोङम्यो आफ स्थित नमस्ते रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क बिभाग गठन भएकाे छ । एघार सदस्सिय कार्यसमितिकाे सभापतिमा जिपी तिमिल्सीनाले चुनिएका छन् । कार्यक्रममा जुम भर्चुअल मार्फत पार्टीका सभापति एबम् नेपाल सरकारका उप–प्रधान तथा गृहमन्त्री रबि लामीछाने र पार्टी उप–सभापति एवम बिदेश बिभाग प्रमुख डि.पि. अर्यालले पार्टीको धारणा राखेका थिए । पार्टीका सभापति एबम् नेपाल सरकारका उप–प्रधान तथाफुर्सदमा
पाेखरा जहाज दुर्घटनामा दुइ काेरियाली सहित ६८ जनाकाे मृत्यू

सेती नदीको खोंचमा दुर्घटना भएको यति एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति निकालेर आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको हो । केन्द्रका अनुसार अन्य शव खोजी जारी छ । दुर्घटनामा परि दुइ काेरियाली नागरिककाे पनि मृत्यू भएकाे छ । मृत्यू भएका १४ वर्षका बालक यू स्याङ्याङ र ४५ वर्षका यू योङचोएलफुर्सदमा
घेदुङ कोरियाले ल्याउने कलाकारको भिसा लाग्यो : १९ तारिखमा कोरिया आउने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन अर्थात जनवरी २१ तारिखमा गर्ने सोनाम ल्होछार मनाउन नेपालबाट आउने कलाकारको भिजा लागेको छ । गायक आरम्भ तामाङ, प्रकाश तितुङ तामाङ र गायिका पूजा तामाङ नेपालबाट आउने छन् । घेदुङको कलाकार व्यवस्थापन समितिका संयोजक शुभराज भोम्जनले दिएको जानकारी अनुसार कलाकार १९ तारिख नेपालबाट कोरिया आउने छन् । यस बर्ष घेदुङले तामाङ भाषा, धर्म, संस्कृतिको संरक्षण गरौ ! आफ्नो पहिचान र अस्तित्वको लागिफुर्सदमा
कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै रहेका काका अमृत तामाङले भने । ‘फिनेल हाउस (खेती गर्न बनाईको प्लास्टिकको घर) भित्र सागपातको खेतीमा काम गर्थिन् । फोनमा कुरा गर्दा काम गह्रो छ नेपाली पनि कोही छैनफुर्सदमा
कोरियामा मृत्यू भएका नेपालीकाे शव पठाउन समस्या

दक्षिण कोरियाली राजधानी सोलनजिकैको ख्याङ्गीस्थित ह्वासाङ सीको फलाम कम्पनीमा काम गर्थे सोलुखुम्बुका रामप्रकाश मगर । फलामसम्बन्धी काम सहज हुने कुरै भएन । कम्पनी घाटामा गएको भन्दै मालिकले दुई महिनादेखि तलब पनि दिएका थिएनन् । दिउँसो र राति गरी उनले दुई सिफ्टमा काम गर्थे । केही दुई/तीन दिनअघि देखि आफूलाई अलि सन्चो नभएको बताएका उनी डिसेम्बर १२ मा काममा नआएपछि खोजी गरेपछि उनी सुतेकै अवस्थामा मृत भेटिएका थिए । ‘कम्पनीका साथीहरूले खबर गरेपछि अस्पताल लगेर पोस्टमार्टमफुर्सदमा
मेस्सीलाई विश्वकप ट्रफी, एम्बाप्पेको ह्याट्रिकले टारेन फ्रान्सको हार: अर्जेन्टिना ३६ वर्षपछि विश्वकप च्याम्पियन

अर्जेन्टिना कतार विश्वकप २०२२ को च्याम्पियन बनेको छ। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो। निर्धारित समय र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा अर्जेन्टिनाले ४-२ गोलअन्तरले जित निकालेको हो। फ्रान्सका किलियन एम्बाप्पे र रान्डल कोलो मुअनीले गोल गर्दा किंग्सले कोमन र औरेलियन चोउमेनी पेनाल्टीमा चुकेका थिए। अर्कोतर्फ अर्जेन्टिनाका लियोनल मेस्सी, लिओनार्दो परेडेस, पाउल डिब्याला र गोञ्जालोफुर्सदमा
वी आर ड्रिमर

शुक्रबार राति दक्षिण कोरिया राजधानी सोल तुसारोले छपक्कै छ । मौसम माइनर ८ डिग्री सेल्सियस भन्दा बढि छ । चिसो कति धेरै भने मानिसहरुले स्वास फेर्दा पनि चुरोट खाएको जस्तो बाफ निस्कन्छ । एकै छिनमा आँखी भौँमा तुसारो जम्छ । कोरियाली मौसम विभागले शनिबार विहान ४ बजे पछि हिउँ पर्ने पुर्वानुमान गरेको छ । चिसो मौसमलाई च्यालेन्ज गर्दै ख्वाङ्ह्वामुन दरबार स्क्वायर अघि फुटबल हेर्न हजारौं युवा रातो जाकेट र टाउकोमाफुर्सदमा
काेरियामा जाडाेकाे चेतावनी, बुधबार देखि माइनस १० भन्दा कम तापक्रम हुन सक्ने

भाेली(बुधबार) दक्षिण कोरियाका अधिकांश भागमा शीत लहरको चेतावनी जारी गरिएकाे छ । मौसम एजेन्सीका अनुसार सियोल र राष्ट्रको लगभग सबै भागहरूमा बुधबार जाडाे हुनेबारे सल्लाह जारी गरिएकाे हाे । नाेभेम्बर महिना असामान्य रूपमा तातो रह्याे तर डिसेम्बरकाे सूरूवात संगै काेरियालार्इ चिसो स्न्यापले समात्ने पूर्वानुमान गरिएको छ । कोरिया मौसम विज्ञान प्रशासन (केएमए)का अनुसार चिसाेले दक्षिणी रिसोर्ट टापु जेजु बाहेक सियोल र अन्य धेरै प्रमुख शहर र क्षेत्रहरूमा प्रभाव पार्ने बताएकोफुर्सदमा
कोरियामा एक नेपालीले आत्माहत्या, पार्थिव शरीर नेपाल पठाउन सहयोगको अपिल

वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत कोरिया आएका एक नेपालीले गत १३ तारिख आईतबारको दिन आत्माहत्या गरेका छन् । कोरियाको राजधानी सिओल देखि अन्दाजी २ सय किलोमिटरको दुरीमा रहेको क्षेत्र छुङछङनाम्दो खुमसानगुन पोक्सुम्यन पोक्सुरो स्थित रहेको एक फुड कम्पनीमा कार्यरत नेपालको मुल घर झापा भई हाल काठमाण्डौको कागेश्वरी मनहारा निवासी अन्दाजी ३० बर्षको यूनिक कालिकोटे रहेको कम्पनीमा संगै काम गर्ने सहकर्मी भुपेश तिमल्सिनाले जानकारी दिनु भएको हो । कम्पनीमा काम गर्नेफुर्सदमा