तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
मेस्सीलाई विश्वकप ट्रफी, एम्बाप्पेको ह्याट्रिकले टारेन फ्रान्सको हार: अर्जेन्टिना ३६ वर्षपछि विश्वकप च्याम्पियन

अर्जेन्टिना कतार विश्वकप २०२२ को च्याम्पियन बनेको छ। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो। निर्धारित समय र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा अर्जेन्टिनाले ४-२ गोलअन्तरले जित निकालेको हो। फ्रान्सका किलियन एम्बाप्पे र रान्डल कोलो मुअनीले गोल गर्दा किंग्सले कोमन र औरेलियन चोउमेनी पेनाल्टीमा चुकेका थिए। अर्कोतर्फ अर्जेन्टिनाका लियोनल मेस्सी, लिओनार्दो परेडेस, पाउल डिब्याला र गोञ्जालोफुर्सदमा
ब्राजिलको लोपोन्मुख आदिवासी समूहका अन्तिम सदस्यको मृत्यु

बाह्य संसारको सम्पर्कबाट टाढा रहेको ब्राजिलको एउटा आदिवासी समूहका अन्तिम सदस्यको मृत्यु भएको छ । विगत २६ वर्षदेखि पूर्णतः एक्लै बस्दै आएका ती व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । उनले जमिनमा गहिरा प्वालहरू खन्ने गरेकाले उनी ‘म्यान अफ होल’ उपनामबाट चिनिएका थिए । उनले ती प्वालहरू जनावरहरू फसाउन र आफै लुक्नका लागि प्रयोग गर्ने गरेका थिए । अगस्ट २३ मा उनलाई उनको परालको झुपडी बाहिर झुलामा मृत अवस्थामा फेलाफुर्सदमा
अमिरिकी जेहादले कहिल्यै समस्याको समाधान गर्नै छैन

क्रिस्टियन प्यारेन्टी वरिष्ठ अमेरिकी पत्रकार हुन् । उनको यो चर्चित लेख ‘सोसियल जस्टिस’ जर्नलमा सन् २००१ मा प्रकाशित भएको थियो । उनी लेखमा २० वर्षअघि विस्थापित तालिबान र हाल पुनस्र्थापित तालिबान दुवै अमेरिकी जिहादकै परिणाम हुन् भन्छन् । दिनेश पन्तले अनुवाद गरेको लेखको सम्पादित अंश यहाँ प्रकाशित गरेका छौँ : यो लेख लेखिरहँदा न्युयोर्क भित्रभित्रै बलिरहेको छ, मध्यपूर्वी आप्रवासी शरणार्थीहरूको ताँती लाग्न थालिसकेको छ भने अफगानिस्तानमा ट्याक्टिकल न्युक विस्फोटकहरूपछिकै घातक डेजी कटर्सको अन्धाधुन्धफुर्सदमा
आर्थिक युद्धमा रुस जिततर्फ

रुसमाथि पश्चिमको आर्थिक युद्ध तीन महिनादेखि चलिरहेको छ । तर, युद्ध प्रत्युत्पादक भइरहेको छ । सबैभन्दा उत्तम विकल्प मानेर भ्लादिमिर पुटिनविरुद्ध प्रतिबन्ध लागू गरिएको थियो । यो प्रतिबन्ध केही नगर्ने वा सैन्य हस्तक्षेप गर्ने विकल्पभन्दा उचित थियो । हाल प्रतिबन्ध बढाइए पनि रुस युक्रेनबाट पछि हट्ने संकेत देखिँदैन, किनभने यी प्रतिबन्धले रुसको तेल र ग्यास निर्यातको लागत बढाएको छ, जसले व्यापार सन्तुलनलाई बलियो बनाएर युद्धका लागि आवश्यक लगानी उपलब्ध गराइदिएको छ । र, यो परिणामफुर्सदमा
युक्रेनको त्रासदीपछि अमेरिकाले बदल्ला आफ्नो विदेश नीति ?

युक्रेनमा अमेरिकाको पहिलो सुरक्षा स्वार्थ हो– रुससँगको स्थिर सम्बन्ध। तर, अमेरिकी विदेश नीतिलाई हेर्दा यो कुरा थाहा हुन्न। जोन मिअरसाइमरले भनेझैँ अमेरिकाले ‘युक्रेनलाई रुसको सीमामा अवस्थित पश्चिमाहरुको किल्ला बनाउने’ संशोधनवादी नीति अख्तियार गरेको छ। युक्रेनलाई नेटो सदस्यता दिने अस्पष्ट बाचासहितको यो रणनीतिले रुसको सुरक्षा चासो र त्यसले अमेरिका–रुस सम्बन्धमा पार्ने असरलाई पुरै उपेक्षा गरेको छ। सन् २००० तिरै शक्ति संक्रमणसम्बन्धी सिद्धान्तकारहरुले तर्क गरेका थिए– ‘रुस र चीनबीचको सम्भावित गठबन्धनको शक्तिकाफुर्सदमा
रुस-युक्रेन युद्ध : युरोपेली नेताले रुसलाई रोक्न ढिला गरेकाे राष्ट्रपति जेलेन्स्कीकाे दुखेसाे

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युरोपेली नेतालाई सम्बोधन गर्दै उनीहरूले रुसलाई रोक्नका लागि असाध्यै ढिलो गरी काम सुरु गरेको बताए । जेलेन्स्कीले ब्रसेल्समा युरोपेली परिषद्को शिखर सम्मेलनलाई सम्बोधन गर्ने बेला यस्तो भनेका हुन् । सम्बोधनका बेला उनले आफ्ना स्पष्टवादी शैलीमा भने, ‘युरोपेली नेताहरूले रुसलाई रोक्नका लागि असाध्यै ढिलो गरी काम सुरु गरे ।’ उनले थपे, ‘तपाईँहरूले प्रतिबन्ध लगाउनुभयो । हामी त्यसका लागि आभारी छौँ । यो शक्तिशाली कदम हो । तरफुर्सदमा
अरुलाई नैतिकताको पाठ सिकाउने सिलवालको मनोमानी, यूएई एनसीसी विवादमा

०९ अगष्ट २०२१ दुबई । गैरआवासीय नेपाली संघ (एनआरएनए) संयुक्त अरब इमिरेट्स (यूएई) को विवाद उत्कर्षमा पुगेको छ। अन्य देशका एनसीसीले धमाधम निर्वाचन गराएर नयाँ नेतृत्व चयन गरिसकेको अवस्थामा मध्यपूर्वको महत्वपूर्ण मानिएको यूएई भने निस्क्रिय जस्तै देखिन्छ। यसको सम्पूर्ण दोष कार्यवहाक अध्यक्ष निरञ्जन सिलवाल र उनको समूहलाई लगाउँदा अन्य अर्थ लाग्दैन। किनभने यसअघि उनी अरूलाई आरोप लगाउँदै नेतृत्व हत्याउन सफल भएका थिए। तर, नेतृत्वमा आएपछि उनले यूएई एनसीसीलाई निस्क्रिय मात्रफुर्सदमा
बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ घाइते

जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् । कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार गरिएको थियो ।त्यसैगरी बन्दरगाह सुरक्षाकर्मी, अग्नि नियन्त्रकलगायतलाई पनि खोजी तथा उद्धारका लागि खटाइएको थियो । बाढीका कारण कुमा नदी वरीपरी रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्तफुर्सदमा
१४ देशका नागरिक मात्रै यूरोप जान पाउने

यूरोपेली देशहरुको साझा संगठन यूरोपेली यूनियन (इयूले)ले १४ देशका नागरिकहरुलाई मात्रै यहि जुलाई १ तारिखबाट सदस्य मुलुकहरुमा प्रवेशको अनुमति दिने भएको छ । इयूको सीमा सुरक्षा र नियन्त्रण हेर्ने निकायले आफ्ना सदस्य मुलुकका नागरिकहरुको आवागमनलाई भने पूर्ण रुपमा खुला गरेको छ । भोलीबाट अर्थात जुलाई १ बाट कार्यान्वयनमा आउने इयूको निर्णय अनुसार अल्जेरिया, अष्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मोन्टेनेग्रोर कोरक्कोका नागरिकले यूरोप भ्रमण गर्न सक्नेछन् । यसैगरी न्यूजिल्याण्ड, रुवाण्डा, सर्विया, दक्षिणफुर्सदमा
शाही भूमिकाबाट हट्ने राजकुमार ह्यारी र मेगनको घोषणा, आत्मनिर्भर हुन काम गर्ने

टेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले शाही भुमिकाबाट आफूलाई अलग राख्ने घोषणा गरेका छन्। घोषणामा ह्यारी र मेगनले आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा पनि गरेका छन्। बुधबार भएको घोषणामा उनीहरूले आफ्नो अबको बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने पनि बताए। बिबिसीका अनुसार राजकुमार ह्यारी र मेगानले यस निर्णय लिनुपूर्व बेलायती महारानी वा राजकुमार विलियमसँग कुनै सल्लाह नगरेको र उनीहरुको यस निर्णयबाट बकिङहम दरबार निराश भएको जनाएकोफुर्सदमा