कोरियाबाट गणेश तामाङ योञ्जनको “कोरियन लाहुरे” सार्वजनिक


नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले “कोरियन लाहुरे ONLINE DHAIRANCHHU” बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् ।

विशेष गरी युवा पुस्ताले सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा आफूलाई मन परेका मान्छेसँग आपसी चिनजान स्थापित गर्दै आकर्षक तस्वीर साटासाट सहित सम्बन्ध पनि सामाजिक सञ्जाल मार्फत नै जोड्ने र आपसमा मायालु भावहरु व्यक्त गर्ने कुराहरुलाई कल्पना गरेर गीतको शब्द तयार गरिएको हो । तस्वीरकै आधारमा जोडिएको सम्बन्ध मात्रै भरपर्दो हुन नसक्ने सन्देश पनि गीत मार्फत् दिन खोजिएको छ ।

“कोरियन लाहुरे” गीतमा संगीत विशाल काल्तानले भरेका छन् । अर्पण स्टुडियो बौद्धमा रेकर्डिङ, सम्पादनमा अनिल बिष्ट प्यूठानी, मिक्स/एरेन्जको जिम्मा अर्पण थिङले सम्हालेका छन् ।

काठमाडाैँ वरपर विभिन्न मनोरम दृश्य समावेश गरिएको यस गीतको म्यूजिक भिडियोमा गायक स्वयं आस्मान लोप्चन र सञ्जना गुरुङको अभिनय देख्न सकिन्छ । क्यामेरामा दुर्गा श्रेष्ठ, मेकअपमा शोभना थापा र गीतकार गणेश तामाङ योञ्जनकै निर्माणमा बनेको र म्यूजिक भिडियो युद्ध लामाले निर्देशन गरेका हुन् । गीत CLICK NEPAL को अफिसियल यूट्यूब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा उपलब्ध छ ।

[भिडियो हेर्न तल को यूट्यूब लिंक क्लिक गर्नुहोला ।]

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट गणेश तामाङ योञ्जनको “कोरियन लाहुरे” सार्वजनिक
  • बुसानमा छैटौँ बुद्ध जयन्ती फुट्सल कप २०२५ आयोजना हुँदै
  • कोरियामा रसुवा समाज स्थापना
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...