Advertisement
SKIP THIS

घेदुङ कोरियाले ल्याउने कलाकारको भिसा लाग्यो : १९ तारिखमा कोरिया आउने


नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन अर्थात जनवरी २१ तारिखमा गर्ने सोनाम ल्होछार मनाउन नेपालबाट आउने कलाकारको भिजा लागेको छ । गायक आरम्भ तामाङ, प्रकाश तितुङ तामाङ र गायिका पूजा तामाङ नेपालबाट आउने छन् ।
घेदुङको कलाकार व्यवस्थापन समितिका संयोजक शुभराज भोम्जनले दिएको जानकारी अनुसार कलाकार १९ तारिख नेपालबाट कोरिया आउने छन् । यस बर्ष घेदुङले तामाङ भाषा, धर्म, संस्कृतिको संरक्षण गरौ ! आफ्नो पहिचान र अस्तित्वको लागि एक हौ !! भन्ने मूल नाराका साथ ल्होछार मनाउँदैछ । साथै साहि कार्यक्रमबाट दीर्घकालीन शैक्षिक कल्याणकारी कोष पनि स्थापना गर्ने भएको छ ।
नेपालबाट आएका कलाकारसँगै कोरियामा रहेका गायक सुर्य रुम्बा, युनिक दोङ, ज्ञान लामा, करप रुम्बा, मिलन दोङ, छेडुप मोक्तानको साथमा मोडल गौतम गोले, कला ध्लान, डोमा मोक्तान र मन्जु तामाङले प्रस्तुति दिनेछन् ।
तामाङहरुले बाघ बर्ष सकिएको र नयाँ बर्ष बिरालो बर्षलाई स्वागत गर्दै सोनाम ल्होछार मनाउने गर्दछन् । कार्यक्रममा तामाङहरुको मौलिक परिकारहरु सहित पराम्परागत प्रस्तुति पनि हुने आयोजकले जनकारी दिएको छ । कार्यक्रम स्थल सौल मेट्रो लाईन नं.१ जोङगाग स्टेशनको गेट नं. ३ बाट दुई मिनेट पैदमा पुगिने पानोरामा बुफे रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...