Advertisement
SKIP THIS

NRNA कोरियाको निर्वाचन सम्बन्धि पत्रकार सम्मेलन सम्पन्न


गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको दशौँ अधिवेशनको निर्वाचन सम्बन्धि पत्रकार सम्मेलन सम्पन्न भएको छ। वुद्धि गुरुङ नेतृत्वको ए आर एनको आगामी सात हुने निर्वाचनको बारेमा दोङ्देमुन स्थित रोयल इन्डियाको हलमा पत्रकार सम्मेलन गरेको थियो। सम्मेलनलाई सम्बोधन गर्दै निर्वाचन मण्डलका संयोजक लोचन राईले उमेद्वारी प्रकिया, उमेद्द्वारी माथी दावि विरोध र निर्वाचन प्रकियाको प्राविधिक सुरक्षा सम्बन्धि जानकारी गराएका थिए। साथै उनले आर्थिक प्रतिवेदन पास भए मात्र निर्वाचन प्रकृया अगाडी बढ्ने बताएका थिए।

निर्वाचनमा अनलाइन मार्फत सहभागिता हुन सकिने छ। जसको लागि पञ्जिकृत सदस्यको इमेल, म्यासेज व काकाओ टकमा लिङ्क आउने छ उक्त लिङ्कमा गएर आफ्नो फोन नम्बर भेरिफाइ गरेपछि कोड प्राप्त हुने छ र उक्त कोड लगाएपछि मात्र उमेद्वारको नामावली देखिने छ्। एउटा मोबाइलबाट एक मत मात्र दिन सकिने समितिले जनाएको छ। नतिजा प्रकाशन जुलाई २७ कै दिन निर्वाचन पश्चात प्रकाशित गरिने पनि जनाइएको छ।

आज राति १२ बजे सम्म उमेद्वारी दर्ता गर्न सकिने र भोली दिउँसो १२ बजे उमेद्वारी नामावली प्रकाशन गरिने उनले बताए। साथै जुलाई २२ तारिख दिनको १२ बजेसम्म उमेद्वारी नामावली उपर दावि विरोध गर्न सकिने र २३ तारिख दिउँसो १२ बजे नामावली उपर छानबिन र उमेद्वारी नामावली पुन : प्रकाशन गरिने पनि उनले जानकारी गराए। २४ तारिख १२ बजेसम्म उमेद्वारी मनोनयन पत्र फिर्ता लिन सकिने छ भने दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन हुने निर्वाचन मण्डलले जनाएको छ।

निर्वाचन समितिमा सदस्य डा . कमला केसीले उमेद्वारी योग्यताको नियमावली वाचन गरेर जानकारी गराएकी थिइन्। साथै उनले उमेद्वारी दर्ता गर्दै गर्दा नियम स्पष्ट बुझेर दर्ता प्रकृया अगाडी बढाउन अनुरोध गरेकी थिइन्। यस्तै समितिका अर्का सदस्य डा . बाबु काजी श्रेष्ठले निर्वाचन प्रक्रिया निष्पक्ष हुने आस्वशन दिँदै निर्वाचनमा सहभागिता जनाउन आग्रह गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • NRNA कोरियाको निर्वाचन सम्बन्धि पत्रकार सम्मेलन सम्पन्न
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...