वी आर ड्रिमर


शुक्रबार राति दक्षिण कोरिया राजधानी सोल तुसारोले छपक्कै छ । मौसम माइनर ८ डिग्री सेल्सियस भन्दा बढि छ । चिसो कति धेरै भने मानिसहरुले स्वास फेर्दा पनि चुरोट खाएको जस्तो बाफ निस्कन्छ । एकै छिनमा आँखी भौँमा तुसारो जम्छ । कोरियाली मौसम विभागले शनिबार विहान ४ बजे पछि हिउँ पर्ने पुर्वानुमान गरेको छ । चिसो मौसमलाई च्यालेन्ज गर्दै ख्वाङ्ह्वामुन दरबार स्क्वायर अघि फुटबल हेर्न हजारौं युवा रातो जाकेट र टाउकोमा पिलपिल रातै बल्ने बति बोकेर जम्मा छन् ।
झन्डै एक महिना अघि सोलकै ईथेवनमा हलोविन रमाइलोको लागि लाखौ मानिस जम्मा हुँदा निस्सासिएर १ सय ५८ जनाको मृत्यू भयो । अहिले एकै ठाउँमा धेरै मानिस जम्मा हुन परे कडा सुरक्षा नियम पार गर्नु पर्छ । छेउमै प्रहरी छन् । दमकल, एम्बुलेन्स छन् । दरबार स्क्वायरमा केटी टेलीकम(कोरियाको ठूलो टेलिकम मध्ये एक)ले हाई रोजुलेसनमा खेलको प्रत्यक्ष प्रशारण देखाउने व्यवस्था गरेको छ । मानिस धेरै हुने भएकोले एउटै पर्दामा हेर्दा भिड हुने भएकोले दरबार स्क्वायर तीन वटा पर्दा छन् । अघिल्लो ठूलो छ भने विचमा र पछिल्लो भागको चाहि केही साना साइजका छन् ।
कोरियाली समय अनुसार रातको ठीक १२ बजे खेल सुरु भो । खेल सुरु भएको पाँच मिनेटमा पोर्चुगलले गोल हाने पछि केही युवा निरास छन् । कोरियाली टिमका अहिलेका सबै भन्दा ठूला स्टार टोटनह्यामबाट खेल्ने सोन होङमिन नै हुन । केही समय अघि क्लबका लागि खेल्दा उनी घाइते भएका थिए । त्यसले अहिले माक्स लगाएर खेलेका छन् । उनको खुट्टामा बल पुग्दा कोरियाली समर्थक केही होला कि भनेर चिच्याउँछन् दरबार स्क्वायर नै थर्किने गरि । ‘साराङ हे यो सोन ओप्पा ।’ ( माया गर्छु । सोन दाइ ।) कोरियाली केटीले दाइलाई ‘ओप्पा’ भन्छन् । अनि मन परेकी केटी वा प्रमिकाले पनि ‘ओप्पा’ नै भन्छन् । त्यसैले कसले भनेको त्यही अनुसारको अर्थ लाग्छ । सोन कोरियाली केटीका लागि आइडिएल ‘ओप्पा’ हुन् । उनी फुटबलर मात्रै होइनन् । स्टार हुन् । कोरियाका अधिकांश ठूला ब्रान्डमा उनी ब्रान्ड एम्बास्डर छन् ।
कोरियाले भन्दा पोर्चुगलकै खेलाडीको खेल राम्रो जस्तो भए पछि केही युवा निरास हुन्छन् । भित्रै देखि स्वास तान्छन् स्स्स्स्स्स । यो स्टाईल कोरियालीले दुःख देखाउँदा गर्ने तरिका हो । फेरी युवाहरु हात हल्लाउँदै विटिएसका गीत गाउँछन् ।
संसार भरि नै चर्चित कोरियाली संगीतिक ब्यान्ड छ विटियस । त्यही ब्यान्डका गायक जन जङकुकले यही फिफा वल्डकपका लागि गीत गाएका छन् । उनले विश्वकपको उद्घाटनका बेला पनि यो गीत गाएका थिए ।
लुक हु वी आर, वी आर द ड्रिमर
वी मेक इट ह्यापन्, कज वी विलिभ ईट ।
(हेर्नुस् हामी को हौ ? हामी हौ स्वपन्द्रष्टा ।
सपनालाई हामी बिपना विनाउँछौ ।
विपनामा हामी विस्वास गर्छौ । )

खेलको २७ मिनेटमा सोल देखि ३ सय किलोमिटर दक्षिणमा पर्ने उल्सान हुन्डाई क्लवबाट खेल्ने किम योङग्वानले गोल गरे पछि एकाएक महौल तातियो । किम कोरियाकै आई लिगको खेल खेल्छन् ।
शक्तिशाली देशहरुलाई हराउँदै शुक्रबार नै छिमेकी देश जापान नक आउट चरण पुगि सकेको छ । कोरियालीहरु जापानलाई मन पराउँदैनन् । सन् १९१० देखि दोस्रो विश्व युद्धसम्म कोरियालाई उपनिवेश बनाएको रिस अहिले पनि बेला बेला देखिन्छ ।
‘ईल्बोन सेख्या दुरि । अत्तक्के उल्लाखास ?’ जापानीज छाउराहरु कसरी माथि पुगे ? कम्पनीका साहु विहान रिसाउँदैथे । पत्याउनै मुस्किल जापानले स्पेनलाई हरायो भन्दा । भयो त्यस्तै ।
‘उरी दो उल्लाखाएदे ओनुल ।’ हामी पनि माथि जान पर्छ आज । झिनो स्वरमा भनेकाथे उनले । शायद उनैलाई विस्वास थिएन होला ।
खेलको निर्धारित समय सकिएर ईन्जुरी सयममा कोरियाका उनै स्टार फुटबलर सोनले अर्का प्रिमियर लिग नै खेल्ने ह्वाङ् हि चाङ पास दिए । कोरिया दुई गोल पोर्चुगल एक । दरबार स्क्वायर थर्किने गरि खुशीयाली मनाए । चिसो मौसम फेरी तातियो । खुशीले धेरैको आँखा रसाए ।
कोरिया पोर्चुगलको खेल सकिए पनि अर्को चरण कुन टोली पुग्छ टुङ्गो लागेको थिएन । उरुग्वे र घानाको खेल सकिएकै थिएन । एक छिन समय रोकियो । दरबार स्क्वायर शान्त भो । पर्दामा कोरियाली खेलाडीले अर्को चरण पुगेको खुशीयाली मनाए । यता दरबार स्क्वायरका सबै कोरियाली चिच्याए ।
बाह्र बर्ष पछि कोरिया नकआउट चरणमा पुग्यो । यस अघि पछिल्लो पटक सन् २०१० मा समूह चरण पार गरेको थियो भने सन् ००२ मा जापानसँगै कोरियाले आयोजना गरेको फिफा वल्डकपमा सेमिफाइनल पुगेको थियो । नकआउट चरणमा ब्राजिल छ त ?
बीटिएसको गीत वी आर ड्रिमर ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...