NRNA अध्यक्ष पदका लागि मतदान हुँदै, साँझ ५ बजेसम्म मत दिन सकिने

गैर आवासिय नेपाली संघ NRNA दक्षिण कोरियाको अध्यक्ष पदका लागि पार्वती मोक्तान र हरी प्रसाद भट्टराईबीच अनलाईन मार्फत मतदान हुँदैछ। अन्य पदमा निर्विरोध भएपछि अध्यक्ष पदका लागि मात्र मतदान हुने भएको हो।
मतदानका लागि म्यासेज, काकओ म्यासेज वा इमेलमा लिङ्क आउने छ। लिङ्क खोलेपछि Agree अप्सन क्लिक गरेपछि NRNA आइडी नम्बर र फोन नम्बर लगाएपछि लग इन हुन्छ र फोन नम्बर भेरिफिकेसन इमेल वा फोन नम्बरबाट गर्न सकिन्छ्। भेरिफिकेसन कोड लगाएपछि उमेद्वारी नामावली फोटो सहित देखिने छ। आफूले मत दिने उमेद्वार छनौट गरेपछि सबमिट गर्ने।
निर्वाचन एकदम सुरक्षित प्रणाली मार्फत हुने भएकोले निष्पक्ष नतिजा आउने निर्वाचन मण्डलले विश्वास दिलाएका छन्। कोरियाको उच्च प्रविधि र प्राविधिकको टोलीले गर्ने यस निर्वाचनको विवरण चुनावको दौरान कसैले पनि हेर्न नसकिने बताएका छन्। निर्वाचन हुँदै गर्दा कुन उमेद्वार अघि को पछि छन भनेर कसैलाई थाह नहुने तर कति भोट खस्दैछ भनेर थाह हुने भने बताइएको छ।