Advertisement
SKIP THIS

वुद्धि गुरुङले अध्यक्षको उमेद्वारी फिर्ता लिनुको कारण खुलाए


NRNA कोरियाको आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा उमेद्वारी दिएका वर्तमान अध्यक्ष वुद्दि गुरुङले उमेद्वारी फिर्ता लिएका छन्। उमेद्वारी फिर्ता लिनुको कारण उनले संस्थामा व्यक्तिवाद, गुटगत सोँच र आन्तरिक द्वन्द हावी हुनु रहेको बताएका छन्।

उमेद्वारी फिर्ता लिएपनि आफू जिम्मेवारीले बाँधिएको मानिस जनाउँदै संस्थाको समृद्धि, स्थायित्व र साझा सपना जोगाउन, साथ, समर्थन र योगदान सधैं रहिरहने प्रतिवद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेको स्टाटस

म बुद्धि गुरुङ, एनआरएनए दक्षिण कोरिया 2023–2025 कार्यकालमा अध्यक्षको 

भूमिकामा रहेर तपाईंहरूको निरन्तर साथ, सद्भाव र विश्वासका कारणले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सकेकोमा हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।

सधैं संस्थालाई पहिलो प्राथमिकता दिएँ।
सकेजति काम गरेँ — सानो वा ठूलो भन्ने भेद कहिल्यै राखिनँ। संस्थाका कार्यक्रम, अभियान, पहल र प्रत्येक आव्हानमा सक्दो सहभागिता जनाएँ।
आपतकालीन अवस्था होस् वा विपद्का बेला दिन होस् या रात जहाँ आवश्यकता देखियो, त्यहीँ पुग्ने प्रयास गरेँ।

संस्थाको निरन्तरता, एकता र स्थायित्वको पक्षमा उभिँदै, मैले फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने निणर्य लिएको थिएँ। तर पछिल्लो समय संस्था भन्दा व्यक्तिवाद, गुटगत सोच र आन्तरिक द्वन्द्व हावी हुन थालेको देख्दा म अत्यन्त दुःखी भएँ।

त्यसैले, संस्थाको गरिमा, एकता र साझा उद्देश्यलाई सर्वोपरि ठान्दै, मैले आफ्नो उम्मेदवारी स्वेच्छाले फिर्ता लिएको जानकारी गराउन चाहन्छु।

म पदबाट होइन, जिम्मेवारीबाट बाँधिएको मान्छे हुँ। संस्थाको समृद्धि, स्थायित्व र साझा सपना जोगाउन, मेरो साथ, समर्थन र योगदान सधैं रहनेछ। यहाँहरु सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दै तपाईंहरूको विश्वास, माया, आलोचना र आशीर्वाद सबैप्रति आभारी छु।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • NRNA कोरियाको आर्थिक प्रतिवेदन पारित नभए निर्वाचन नहुन पनि सक्छ
  • सुनिल कन्दङ्वाको उमेद्वारी फिर्ता, NRNA यात्राबाट यो पटक विश्राम लिने
  • वुद्धि गुरुङले अध्यक्षको उमेद्वारी फिर्ता लिनुको कारण खुलाए
  • पार्वती मोक्तान र हरी प्रसाद भट्टराई चुनावी मैदानमा, वुद्धि गुरुङद्वारा उमेद्वारी फिर्ता
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...