Advertisement
SKIP THIS

सुनिल कन्दङ्वाको उमेद्वारी फिर्ता, NRNA यात्राबाट यो पटक विश्राम लिने


सुनिल कन्दङ्वाले NRNA कोरियाको दशौँ अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि दिएको उमेद्वारी फिर्ता लिएका छन्। NRNA कोरियामा दुइ पूर्ण कार्यकाल सह कोषाध्यक्ष र उपाध्यक्ष रहेर काम गरेका उनले यस पटक भने विश्राम लिने बताएका छन्।

कोरियाको नेपाली समाज प्रशंशा भन्दा बढि आलोचना गर्ने रहेको इंकित गर्दै कोरिया NRNA विवादको लाल किल्ला बनेको उल्लेख गरेका छन्।

फेसबूकमा लेखेको उनको स्टाटस

४ वर्ष लामो मेरो NRNA को यात्रा बाट यो पटक बिश्राम लिने निर्णयमा पुगेको छु l धेरै साथीहरु र शुभेच्छुकहरु ले नेतृत्वनै हाक्न सल्लाह दिए पनि आत्माले मानेन l मैले ४ वर्षको दौरानमा कोरियाको नेपाली समुदायलाई राम्ररी चिन्ने मौका पाए l यहाँ प्रसंसा भन्दा पनि आलोचना बढी हुने गर्दछ l

NRNA को मुद्दालाइ उठाउन कति सफल भए भईन यो जनताले मुल्यांकन गर्नु भयो होला l पछिलो पटक NRNA को केन्द्रको बिबादले NCC सम्म लाई बिबादित बनायो l अझ भनौ कोरिया त यस्तो बन्यो कि बिबादको लाल किल्ला नै l

पुराना NRNA अभियन्ताले NRNA को वास्तविक मुद्दा लाई उठान गरेको र बिधि बिधानलाइ राम्रो सग बुझेको मैले पाए l कोरियाको NRNA तिनै पुराना अभियन्ताको निहित स्वार्थमा फस्दा छिन्न भिन्न भयो ।

NRNA को बिधानमा राजनितीलाई पूर्ण रुपले निषेध गरिएको छ तर वास्तविक व्यवहारमा त्यो लागु भएन ।

तर पछिलो दिनमा NRNA एउटा सिमित कुर्सि , मान , मर्यादा र पदिय हैसियत भन्दा माथि उठ्न सकेन l कतिपय जिम्मेवारी सम्हाल्छु भनेर आउने साथी हरुले NRNA को मुद्दा नै बिर्सिए , बिधानको ब्याख्या नै गर्न सकेनन l

यस्तैमा अल्मलिएको NRNA को भविष्य झनै अन्योल छ l मेरो यो अभियानमा मलाई यहाँ सम्म जिम्मेवारी दिनुहुने सम्पूर्ण पंजीकृत सदस्यहरु र मेरा सहकर्मि साथीलाई धन्यवाद दिन चाहन्छु l आगामी नेतृत्वले बाटो बिराएका साथीहरु लाइ पनि समेट्न सकोस शुभकामना 🙏🏽😇

सुनिल कन्दङगवा
उपाध्यक्ष (२०२३-२०२५)
सहकोषाध्यक्ष (२०२१-२०२३)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • NRNA कोरियाको आर्थिक प्रतिवेदन पारित नभए निर्वाचन नहुन पनि सक्छ
  • सुनिल कन्दङ्वाको उमेद्वारी फिर्ता, NRNA यात्राबाट यो पटक विश्राम लिने
  • वुद्धि गुरुङले अध्यक्षको उमेद्वारी फिर्ता लिनुको कारण खुलाए
  • पार्वती मोक्तान र हरी प्रसाद भट्टराई चुनावी मैदानमा, वुद्धि गुरुङद्वारा उमेद्वारी फिर्ता
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...