Advertisement
SKIP THIS

कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क विभाग गठन


दक्षिण कोरियाकाे राजधानी सिउलको दोङम्यो आफ स्थित नमस्ते रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क बिभाग गठन भएकाे छ ।  एघार सदस्सिय कार्यसमितिकाे सभापतिमा जिपी तिमिल्सीनाले चुनिएका छन् ।

कार्यक्रममा जुम भर्चुअल मार्फत पार्टीका सभापति एबम् नेपाल सरकारका उप–प्रधान तथा गृहमन्त्री रबि लामीछाने र पार्टी उप–सभापति एवम बिदेश बिभाग प्रमुख डि.पि. अर्यालले पार्टीको धारणा राखेका थिए ।

पार्टीका सभापति एबम् नेपाल सरकारका उप–प्रधान तथा गृहमन्त्री रबि लामीछानले विदेशमा रहेको नेपालीहरुले पनि देशको निर्वाचनमा प्रत्क्षय सहभागीता जनाउन सक्ने निती निर्धारण गर्न लागेको जानकारी गराए । पार्टी उप–सभापति एवम बिदेश बिभाग प्रमुख डि.पि. अर्यालले विभिन्न राष्ट्रहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठनहरु गठन हुने कार्य तिब्र रुपमा भई रहेको जानकारी गराउदै हाल गठन भई रहेको तदर्थ समितिलाई १ बर्ष भित्र पूर्ण कार्यसमिति बनाउने प्रक्रियामा पार्टी लागी परेको जानकारी दिए । सो कार्यक्रममा कोरिया स्थित बिभिन्न राजनिति, क्षेत्रिय सामाजिक संस्थाका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।

पार्टीको प्रवास भातृ संगठन प्रवास नेपाली सम्पर्क विभागको तदर्थ कार्यसमितिको पदाधिकारीहरुको मनोनय विवाद रहित हाेस् भन्ने उददेश्यका साथ बन्दसत्रको सहजीकरण संयोजकमा बरिष्ठ पत्रकार डम्बर सुब्बालाई जिम्मा सुम्पिएको थियो ।

सहजीकरण संयोजक सुब्बाले कार्यक्रममा उपस्थित मासबाट लोकतान्त्रिक तवरबाट तयार पारिएको कार्यसमितिका पदाधिकारीहरु उपर दावी विरोधको समय राखी सर्वसहमतीमा तदर्थ कार्यसमिति मनोनित भएको घोषणा गरेका थिए ।

नवनिर्वाचित तदर्थ कार्यसमितीको सभापतिमा जि.पि. तिमल्सिना,उप–सभापतिमा राजन श्रेष्ठ,महा मन्त्रीमा अवधेष राज चौरासिया,सह महामन्त्रीमा अर्जुन जागरी कोषाध्यक्षमा डा.लोक आचार्य, सह कोषाध्यक्षमा लक्ष्मण पौडेल र सदस्यहरुमा  मनोज चापागाई,कमल बिश्वकर्मा,सुस्मिता खड्का,युविन श्रेष्ठ र संजोग राई रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...