तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दुई संस्थाको समन्वयसँगै स्याङ्जा परिवारबाट आफ्नै गृह जिल्लाको पहिरो पिडितलाई दुई लाख रुपैंया सहयोग

बोम्जन गुरुङ, दक्षिण कोरिया ०५ सेप्टेम्बर २०२० कोरियास्थित अति सक्रिय संस्था स्याङ्जा परिवारले दुई संस्थाहरु कृष्णगण्डकी समाज दक्षिण कोरिया र विश्वभरि स्याङ्जालीहरुको छाता संगठन संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिसँग समन्वय गर्दै आफ्नै गृह जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं. ४ बिर्घाका पहिरोबाट पिडित आठ घरपरिवारलाई राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण कार्य्रकम सम्पन्न गरेको छ । गत २०७७ असार ३० गते गएको पहिरोले सो ठाउँमा जनधनको अपुरणीय क्षति भएको थियोफुर्सदमा
भोटे भन्दै सामाजिक संजालमा भएको पोस्ट बारे दूतावास र नेफिन कोरियाको ध्यानाकर्षण, कोरियनहरु कसरी भोटे भए ?

केही दिन देखि दक्षिण कोरियामा रहेका नेपालीहरु बीच सामाजिक संजालमा भैरहेको विवाद बारे नेपाली दुतावास सउल र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित सबैलाई ध्यानाकर्षण गराएको छ । केही समय अघि केही ब्यक्तिहरुले “भोटे” शब्द प्रयोग गर्दै कोरियनलाई होच्याउने खालको स्ट्याटस लेखेको थियो । यसरी भोटे शब्द प्रयोग नगर्न आदिवासी तथा जनजाती अभियानताहरुले अनुरोध गर्दा उल्टै तथानाम गाली गलौज गर्न थालेपछि विवाद जन बढ्न थालेकोफुर्सदमा
किराँत याक्थुङ चुम्लुङ् दक्षिण कोरियाले सेप्टेम्बर ७ बाट बिश्वब्यापी टिक-टक प्रतियोगिता गर्ने

दक्षिण कोरियामा ५० हजार नेपाली रुपिया बराबरको प्रथम पुरस्कार सहित बिश्वब्यापी टिक-टक प्रतियोगिता हुने भएको छ । किराँत याक्थुङ चुम्लुङ् दक्षिण कोरिया सिरिजङ्गा साँस्कृति बिभागले अर्को हप्ता अर्थात आगामी सेप्टेम्बर ७ तारिखबाट १ महिने टिक-टक प्रतियोगिता गर्न लागेको हो । “हामी हाम्रो पहिचान र अस्तित्वको लागी एक हौं” भन्दै “कला संस्कार र सांस्कृति हाम्रो पहिचान, यसको संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान “भन्ने मुल नाराका साथ गर्न लागेको यस प्रतियोगितामाफुर्सदमा
उल्सान अन्यांङ नेपाली समाजद्वारा “भेटघाट, बिदाई तथा बनभोज कार्यक्रम” सम्पन्न

उल्सान अन्यांङ नेपाली समाज दक्षिण कोरियाद्वारा यसपालिको गर्मी बिदामा “भेटघाट, बिदाई तथा बनभोज कार्यक्रम” सम्पन्न गरेकोछ । समाजले गर्मी बिदाको अवसर पारेर अगष्ट-२-२०२० आइताबारका दिन अन्यांड. बाट नजिकै रहेको एकान्त, रमणीय र मनमोहक दृश्य रहेको पिकनिक स्थल ( 호반 가든 ) मा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उल्सान र अन्यांड़का करिब ५० भन्दा बढी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू भेला भई गर्मी बिदा भेटघाट बिदाई तथा बनभोज कार्यक्रम बिशेष रफुर्सदमा
दक्षिण कोरियाबाट कलाकार देव लामालाई आर्थिक सहयोग

बिगत लामो समयदेखि गम्भीर रोगको सिकारले थला परेका पुर्व पत्रकार तथा कलाकार देव लामाको स्वास्थ्य उपचारको लागि दक्षिण कोरियाबाट आर्थिक सहयोग गरेको छ । कोरियामा रोजगारी गरिरहेका नेपालीहरुले उपचारको लागि २ लाख ४० हजार ६ सय सहयोग सहयोग गरेको हो । शनिबार मिड्सिटी अस्पातल ललितपुर पुगी तामाङ पत्रकार संघका निर्वतमान अध्यक्ष जगत दोङ तामाङ, नेपाल तामाङ संघ दक्षिण कोरियाका संस्थापक अध्यक्ष गौतम लामा, संघकै पूर्वाध्यक्ष देवसिं दोङ र तामाङ समाजफुर्सदमा
अन्याङ नेपाली समाज द. कोरिया द्वारा सहयोग रकम हस्तान्तरण

उल्सान अन्याङ स्थित फोराङ हस्पिटलमा उपचाररत मोरङ जिल्ला स्थाइ घर भएका सरोज चौधरीलाई अन्याङ नेपाली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । अन्याङामा रहेका खेलाडी तथा खेलप्रेमी साथिभाईहरू मिली उपचार खर्च १७ लाख ८९ हजार २ सय ३६ वोन रकम संकलन गरी उक्त सहयोग रकम संस्थाको पद-पदाधिकारीहरूको रोहबरमा जुन २९ गते हस्पिटलमा गएर प्रदान गरेको संस्थाका संस्थापक तथा बर्तमान अध्यक्ष्य गितासिॅंह गुरूड़ले फोनिज कोरियालाई जानाकारी गरेका हुन् । फुर्सदमा
नुवाकोट समाज दक्षिण कोरियाद्वारा नेपालमा स्वास्थ्य सामाग्री वितरण

नुवाकोट समाज दक्षिण कोरियाले आफ्नो गृह जिल्लामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । नुवाकोट जिल्लाको १२ ओटै तहको स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य कर्मीहरुका लागि आवस्यक सामग्री वितरण गरिएको समाजका अध्यक्ष राज दोङ तामाङले जानकारी दिएका हुन् । गत शुक्रबार (जेष्ठ २३ गते) जिल्ला स्वास्थ्य प्रमुख, समन्वय परिषद प्रमुख, जिल्ला प्रशासनको अधिकारी लगायतको रोहवरमा समाजका प्रतिनिधि यदु कुमार गिरि र गोकर्ण रिजालले स्थानिय तहहरुको प्रमुख तथा प्रतिनिधीहरुलाई सामाग्री हस्तान्तरण गरिएको हो ।फुर्सदमा
नेपालमा कोरोना संक्रमितको संख्या एक सय नजिक, आजै १७ जना संक्रमित थपिए

नेपालमा बुधबार १७ जना कोरोना संक्रमति थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय जना नजिक पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा बुधबार पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९९ सय जना पुगेको छ । बुधबार कोरोना संक्रमण देखिनेमा ७ जना महिला र १० जना पुरुष रहेका छन् ।फुर्सदमा
घातक रोग ब्रेन ट्युमरका बिमारी संजय खत्रीलाई दक्षिण कोरियाबाट सहयोग हस्तान्तरण

विगत लामो समय देखि ब्रेम ट्युमर जस्तो खतरनाक रोग सँग लडिरहेका कापलान्चोक पनौती स्थायी घर भई इपियस मार्फत दक्षिण कोरिया आएका संजय खत्री लाई काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको अगुवाईमा करिब १ करोड वन अर्थात ९८ लाख ५० हजार ९ सय ६९ वन) सहयोग संकलन गरेको छ । बिरामी खत्रीलाई यो सहयोग संकलन दोश्रो पटक गरिएको हो । हाल काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका खत्री विगतमा सामाजिकफुर्सदमा
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको चियापान तथा वार्षिक साधारणसभा सम्पन्न

सम्पुर्ण काभ्रेली एक हौ ,समस्त काभ्रेको बिकाशमा टेवा पुर्याऔ, भन्ने मुल नाराका साथ जनवरी २४ तारिखका दिन सस्थाकोकाभ्रे सम्पर्क समिति दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा चियापान कार्यक्रम कोरियाको राजधानी सौल स्थित नमस्ते रेस्टुरेन्ट मा सम्पन्न भएको छ । साथै गत बर्षको छुसकमा धादिङ् समाज कोरिया र काभ्रे सम्पर्क समिती द. कोरियाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रम “रिदम लाईभ कन्सर्ट” बाट आर्जन गरेको मुनाफा बाट काभ्रेको ग्रामिण भेग महाभारत गाउपालिकाको लागिफुर्सदमा