Advertisement
SKIP THIS

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको चियापान तथा वार्षिक साधारणसभा सम्पन्न


सम्पुर्ण काभ्रेली एक हौ ,समस्त काभ्रेको बिकाशमा टेवा पुर्याऔ, भन्ने मुल नाराका साथ जनवरी २४ तारिखका दिन सस्थाकोकाभ्रे सम्पर्क समिति दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा चियापान कार्यक्रम कोरियाको राजधानी सौल स्थित नमस्ते रेस्टुरेन्ट मा सम्पन्न भएको छ ।

साथै गत बर्षको छुसकमा धादिङ् समाज कोरिया र काभ्रे सम्पर्क समिती द. कोरियाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रम “रिदम लाईभ कन्सर्ट” बाट आर्जन गरेको मुनाफा बाट काभ्रेको ग्रामिण भेग महाभारत गाउपालिकाको लागि एम्बुलेन्स खरिद गर्न दिने भनिएको सहयोग रकम नदिने भएको छ ।

महाभारत गाउँपालिका र काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको सहकार्यमा एम्बुलेन्स खरिद गर्ने सहमती अनुरुप एम्बुलेन्स खरिद प्रक्रिया १ बर्ष अगाडिनै सुरु भएको थियो । तर समितिबाट काम छिटो गराउन बारम्बार ताकेता गरेपनि गाउपालिकाले कुनै सुनुवाई नगरेकाले हाललाई उक्त प्रक्रिया स्थगित गरेको जनाएको छ । गाउँपालिकाको ढिला सुस्ती र कुनै किसिमको प्रतिक्रिया नआएको हुँदा संस्थाको साधारण सभाको भेलाबाट स्थगित गरिएको जानकारी अध्यक्ष सानु लामाले दिएका हुन । उक्त भेलाले हाललाई संस्थाको रकम अर्को निर्णय नभएसम्मका लागि संस्थकै मातहतमा रहने गरि निर्णय गरिएको हो ।

त्यस्तै साधारण सभा बाट संस्थाको खाली रहेको उपाध्यक्ष पदमा बिबेक फैजुलाई नियुक्त गरेको छ भने राज थापालाई सल्लाहकारमा नियुक्ति गरेको छ ।

कोरियाको ब्यस्त समयको बाबजुद कार्यक्रमलाई सफल पार्न उपस्थित भएका सम्पुर्ण बुद्धिजीवी, ब्यावसायी, विद्यार्थी , पत्रकार, मजदुर, कलाकार लगायत सम्पुर्ण संस्थाका अध्यक्ष सानु लामाले हार्दिक आभार प्रकट गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...