Advertisement
SKIP THIS

दुई संस्थाको समन्वयसँगै स्याङ्जा परिवारबाट आफ्नै गृह जिल्लाको पहिरो पिडितलाई दुई लाख रुपैंया सहयोग


बोम्जन गुरुङ, दक्षिण कोरिया

०५ सेप्टेम्बर २०२०

कोरियास्थित अति सक्रिय संस्था स्याङ्जा परिवारले दुई संस्थाहरु कृष्णगण्डकी समाज दक्षिण कोरिया र विश्वभरि स्याङ्जालीहरुको छाता संगठन संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिसँग समन्वय गर्दै आफ्नै गृह जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं. ४ बिर्घाका पहिरोबाट पिडित आठ घरपरिवारलाई राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण कार्य्रकम सम्पन्न गरेको छ ।

गत २०७७ असार ३० गते गएको पहिरोले सो ठाउँमा जनधनको अपुरणीय क्षति भएको थियो । पहिरोको कारण बेपत्ता सदस्य, मृतक तथा घाइतेहरुको उपचार र सम्बन्धित आठ परिवारलाई राहत र सान्त्वना स्वरुप खहरे स्थित विद्यालय प्रांगणमा सो कार्यक्रम आयोजना गरि रु. दुई लाख सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइराला, स्याङ्जा परिवार दक्षिण कोरियाको प्रतिनिधित्व गर्दै संस्थाका निवर्तमान केन्द्रीय अध्यक्ष राजु भण्डारी, केन्द्रीय सदस्यहरु डिल्लु बिरकट्टा मगर र सितल राना मगर, निवर्तमान सदस्य माधव पाण्डे , कृष्णगण्डकी समाज दक्षिण कोरियाको प्रतिनिधित्व गर्दै भुपु सचिव युगचन्द्र भट्टराई, सदस्यहरु प्रकाश भट्टराई, गोविन्द पाण्डे, मणिदेव पाण्डे, बुद्धिसागर भट्टराई, मोतिलाल भट्टराई, पशुपति भट्टराई र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको तर्फबाट सह-कोषाध्यक्ष डोलराज डुम्रे, सदस्य धर्म पराजुली, सल्लाहकार/पत्रकार भूपराज बस्याल, सोही गाउँपालिका वडा नं. ४ अध्यक्ष चक्रपाणी पाण्डे र नेपाल तरुण दल गाउँपालिका अध्यक्ष सुन्दर पाण्डे, दर्शन राना, नारायण प्रसाद पाण्डेय, सन्तोष पाण्डेय, रमेश पाण्डेय लगायत स्थानीय आमा समूह, युवा क्लब लगायतको रहोवरमा पिडितहरु बिर बहादुर राना, देव बहादुर थापा, तिलिसरा थापा, विष्णुमाया थापा, सरुमा राना, जिन्ता थापा गरी ६ परिवारलाई जनही बीस हजार रुपैंया र चक्र बहादुर थापा र भोजराज पाण्डेको दुई परिवारलाई जनही चालीस हजार रुपैंयाका दरले जम्मा दुई लाख रुपैंया सहयोग स्वरुप रकम वितरण गरिएको थियो ।

कार्यक्रमका विच बोल्दै प्रमुख अतिथि सावित्रा कोइरालाले प्राकृतिक विपत्तिमा यसरी मानवीय संवेदनालाई ध्यानमा राखेर आर्थिक सहयोग जुटाएको र सदैव उत्कृष्ट समाजसेवा उन्मुख भूमिकामा रहेर संयोजन गर्ने स्याङ्जा परिवार दक्षिण कोरिया, समन्वयात्मक भूमिकामा रहेका दुई संस्थाहरु कृष्णगण्डकी समाज दक्षिण कोरियास्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको मुक्तकण्ठले प्रशंसा गर्दै सहयोगी सम्पूर्ण मनहरुमा आभार व्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...