Advertisement
SKIP THIS

अन्याङ नेपाली समाज द. कोरिया द्वारा सहयोग रकम हस्तान्तरण


उल्सान अन्याङ स्थित फोराङ हस्पिटलमा उपचाररत मोरङ जिल्ला स्थाइ घर भएका सरोज चौधरीलाई अन्याङ नेपाली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।

अन्याङामा रहेका खेलाडी तथा खेलप्रेमी साथिभाईहरू मिली उपचार खर्च १७ लाख ८९ हजार २ सय ३६ वोन रकम संकलन गरी उक्त सहयोग रकम संस्थाको पद-पदाधिकारीहरूको रोहबरमा जुन २९ गते हस्पिटलमा गएर प्रदान गरेको संस्थाका संस्थापक तथा बर्तमान अध्यक्ष्य गितासिॅंह गुरूड़ले फोनिज कोरियालाई जानाकारी गरेका हुन् ।

 

सरोज चौधरी कामको शिलशिलामा इपिएस(EPS) मार्फत करिव ४ महिना अघि कोरिया आएका हुन् । काम बाहेक आएको समय देखि नै अन्याङ नेपाली समाज द.कोरियामा आवद्ध भै बिदाको समयमा फुटबल खेल्न थालेको थियो । कामको साथ-साथै स्वस्थ्य र निरोगी रहन बिदाको समय ( weekend )मा खेलमा सहभागी हुने उदेश्यले अन्याङ समाजले नै अन्याङ फुटबल कल्बबाटको स्थापना गरेको हो । यसै क्लब मार्फत चौधरीले पनि खेल्न थालेको हो ।

नियमित फुटबल प्राटिक्सको क्रममा घोडामा चोट लागेको हो । चेक गराउँदा डाक्टरले घोडाको लिगामेन्ट चर्केकोले अप्रेशन गर्नु पर्ने बताएपछी संस्थाको महासचिब यदुनाथ नेपालको संयोजकत्वमा बैठक बसी चौधरीको उपाचारर्थ सहयोग अभियान संचालन जनाएको छ ।

चौधरीले आफु कोरिया प्रवेश गरेको छोटो समयमा अकलपनीय घट्ना भएपनी साथिभाइको साथसपोर्ट, हौसला, माया र संस्थाले आफुप्रती खेलेको अभिभावकिय भुमिकाले आफुलाई सकारात्मक उर्जा दिएकोमा खुसी लागेको र सबै सहयोगी दाजुभाइहरू धन्यवाद दिदैं साथिहरूको सहयोग सदैव सम्झिरहने बताएका थिए ।

सबै सहयोगी साथिहरू कामको शिलशिलामा अन्यांड. वरपर बसोबास गर्ने अन्याड.बासी रहेको र साथी भाइ भनेको पर्दा नै हो भन्ने भनाइलाइ चरितार्थ गरेको प्रती सबैलाई बधाई शुभकामना दिदैं अन्याड. रहेका नेपालीहरू सामाजिक कार्यमा अग्रसर, सहयोगी , एकजुट रहेको र कोरियमा हामी नेपालीहरूमा नेपाली पन, नेपाली मन र नपालीहरू बिच एकता भयो भने नेपालीहरूलाई परेको जस्तोसुकै समस्या सजिलै समाधान गर्न सकिने अध्यक्ष्यले फोनिज कोरियालाई बताउनु भयो ।

सहयोगीवहरूको नामवली हेर्न यहाँ थिच्ननुहाेस् 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...