नेपालमा कोरोना संक्रमितको संख्या एक सय नजिक, आजै १७ जना संक्रमित थपिए

नेपालमा बुधबार १७ जना कोरोना संक्रमति थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय जना नजिक पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा बुधबार पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९९ सय जना पुगेको छ ।
बुधबार कोरोना संक्रमण देखिनेमा ७ जना महिला र १० जना पुरुष रहेका छन् । उनीहरू मध्ये एकजना दुई महिने शिशु समेत रहेको जनाएको छ । सबैलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको क्वरेन्टाइनमा राखेको मन्त्रालयले जनाएको छ ।
नेपालमा संक्रमित मध्ये हाल सम्म २२ जना उपचार पछि घर फर्किसकेका छन् ।
विश्व स्वास्थ संगठन(डब्लूयचओ) का अनुसार बिश्वमा हालसम्म ३५ लाख ५० हजार जना भन्दामा बढी संक्रमित भएको छ भने मृत्यु हुनेको संख्या २ लाख ४५ हजार भन्दा बढी पुगिसकेको छ ।
दक्षिण कोरियामा भने अहिले कोरोना संक्रमित निकै कम मात्र फेला पर्न थालेको छ । हिजो(मे ५)मा जम्मा थप २ जना मात्र संक्रमित फेला परेको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया(केसीडिसि)का अनुसार यहाँ जम्मा १० हजार ८ सय ६ जना संक्रमित रहेको छ । जसमध्ये ८ हजार ३ सय ३३ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै हाल सम्म २ सय ५५ जनाको मृत्यु भएको छ ।