Advertisement
SKIP THIS

नुवाकोट समाज दक्षिण कोरियाद्वारा नेपालमा स्वास्थ्य सामाग्री वितरण


नुवाकोट समाज दक्षिण कोरियाले आफ्नो गृह जिल्लामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । नुवाकोट जिल्लाको १२ ओटै तहको स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य कर्मीहरुका लागि आवस्यक सामग्री वितरण गरिएको समाजका अध्यक्ष राज दोङ तामाङले जानकारी दिएका हुन् ।

गत शुक्रबार (जेष्ठ २३ गते) जिल्ला स्वास्थ्य प्रमुख, समन्वय परिषद प्रमुख, जिल्ला प्रशासनको अधिकारी लगायतको रोहवरमा समाजका प्रतिनिधि यदु कुमार गिरि र गोकर्ण रिजालले स्थानिय तहहरुको प्रमुख तथा प्रतिनिधीहरुलाई सामाग्री हस्तान्तरण गरिएको हो ।

समाजले नुवाकोट जिल्लाको २ वटा नगरपालिका र १० वटा गाउँपालिकामा रहेको ८६ स्वास्थ्य चौकीहरु, उप स्वास्थ्य चौकी, त्रिशुलि अस्पताल, खरानिटार अस्पताल, समुन्द्रटार अस्पतालमा अहोरात्र तल्लिन स्वास्थ्य कर्मीहरुको लागि सहयोग गरेको हो ।

वितरण गरिएको सामाग्रीमा ९६ थान पिपिइ , १७ थर्मल गन(infrared thermometer Gun) १७१ थान स्यानिटाइजर(५ सय एमएल), ४८ सय जोडि सुरक्षित पन्जा, २५ सय १० थान माक्स(kn95) रहेको छ ।

‘यस्तो विषम परिस्थितिमा कोभिड- १९ जस्तो प्राणघातक महामारी बाट सुरक्षित भएर काम गर्न स्वास्थ्य कर्मीहरुलाई थप हौसल्ला र मनोबल बढने र जिल्लाको सबै तहमा थोरै भए पनि राहत मिल्ने बिश्वास ब्यक्त गर्दछ ।’ अध्यक्ष दोङले भने । साथै परदेशबाट आफ्नो देश तथा जिल्लामा सहयोग गर्न पाउँदा खुशी रहेको उनले बताए ।

साथै अभियान संयोजक सुन्दर प्रसाद अधिकारीले कोरियामा रहेर समाजको अभियानमा एक्यवद्धता जनाई प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने नुवाकोटका सम्पुर्ण सहयोगी लगायत सहयोगमा सहभागी भएका गैर नुवाकोटबासीहरुमा पनि आभार ब्यक्त गरेको छ ।

अभियान बाट ७७ जना सहयोगिहरुबाट ५४ लाख ९१ हजार ५ सय ६७ वन संकलन भएको थियो । खर्च भने ७१ लाख ८३ हजार एक सय ३१ वोन अर्थात नेपाली ६ लाख ९७ हजार ४ सय ३० रुपियाँ खर्च भएको छ । समाजको मौज्दात रकमबाट नपुगेको रकम थप गरिएको जानकारी संयोजक अधिकारीले जानकारी दिए ।

स्थापनकाल देखि नै सामाजिक कार्यहरुमा सक्रिय रहेको नुवाकोट समाजले स्वदेश तथा कोरियामा आपत विवाद पर्दा विभिन्न हिसाबले सहयोग गर्दै आएको छ । भुकम्पको बेला पनि कोरिया बाट नेपालमा सहयोग गरेको थियो ।

साथै नुवाकोट समाजले गत २०१९ को सलनालमा गरिएको साङ्गितिक सौगात कार्यक्रमको मुनाफाले जिल्लामा एम्बुलेन्स सेवा सुचारु गर्नको लागि मदनपुर युबा क्लबसँग सम्जौता भएको समाजको सचिव टंक राना मगरले जनाएको छ । ‘एम्बुलेन्स खरिदका लागि रकम बिनियोजित गरेर बाकी रहेको मध्ये १६ लख ९१ हजार ५ सय ६४ वन स्वास्थ्य सामाग्री खरिदमा खर्च गरेको हो ।’ मगरले भने ।

साथै एम्बुलेन्स खरिद सम्बन्धमा सम्पुर्ण खरिद प्रक्रिया पुरा भएपछि सबै हिसाब सार्वजनिक गर्ने सचिव मगरले बताएको छ ।



आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...