तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
सशक्त दलित एकता समाज दक्षिण कोरियाको अधिवेशन जनवरी १ मा हुने

सशक्त दलित एकता समाज दक्षिण कोरियाको अधिवेशन आगामी जनवरी १ तारिखमा अनलाइन माध्यमबाट हुने भएको छ । कोरोना महामारीका कारण अधिवेशन अनलाइन मार्फत गर्न लागेको समाजका महासचिव अर्जुन परियारले जानकारी दिएका हुन् । नेपाली समाजमा सदियौं देखि व्याप्त जातीय विभेद तथा छुवाछूत जस्तो अमानवीय र घृणित गतिविधि निर्मुल पार्ने मुख्य उदेश्यका साथ २०१९ फेब्रुअरीमा समाजको स्थापना भएको हो । “वर्तमान कोरोना महामारीको परिस्थिति लाई मध्येनजर गर्दै जनवरी १ तारिक शुक्रबारकाफुर्सदमा
सेनामा भर्ती हुनाबाट यसरी जोगिन सक्छन् दक्षिण कोरियाका चर्चित गायक तथा स्वर्ण पदक विजेताहरु

कोरियामा १८ देखि २८ वर्षका स्वस्थ पुरुषलाई २० महिना सेनामा अनिवार्य भर्ती हुनुपर्ने कानुनी बाध्यता छ । बीटीएसका मुख्य गायक र सबैभन्दा जेठा सदस्य जीन २८ वर्ष पुग्न केही दिन मात्रै बाँकी रहँदा उनले माइक्रोफोनलाई हतियारसँग साट्नुपर्ने स्थिति उत्पन्न भयो। दक्षिण कोरियाको प्रख्यात के-पप भनिने कोरियली सङ्गीत समूह बीटीएसले लाखौँ एल्बम बेच्नुका साथै विश्वभरका रङ्गशाला भर्ने सामर्थ्य राख्ला तर केही कुरा यस्ता छन् जसका लागि उनीहरूलाई समेत सहयोगको आवश्यकता पर्छ।फुर्सदमा
रेशम चौधरीको किताब निकाल्न नेफिन कोरियाद्वारा आर्थिक सहयोग

जेल जीवन बिताइरहेका रेशम लाल चौधरीको “परिबन्द” नामक पुस्तक प्रकाशनका लागि नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले संकलन गरेको आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जेलमा नै रहेर करिब १ बर्ष भन्दा लामो समय लगाएर लेखिएको उक्त पुस्तकलाई धेरै भन्दा धेरै सर्वसाधारणलाई नि:शुल्क वितरण गर्ने उद्देश्यले आदिवासी जनजाति अभियान्तहरुले आर्थिक सहयोग अभियान संचालन गरेको हो । यसै अभियान अन्तर्गत संकलन भएको एक लाख रुपियाँ गत हप्ता हस्तान्तरण गरेको नेफिन कोरियालेफुर्सदमा
“पाँच स” दक्षिण कोरियाले चौथो अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रम गर्ने ।

बोम्जन गुरुङ, सउल कोरिया । २३ नोभेम्बर २०२० सनातन साहित्य सङ्गीत साधना समूह “पाँच स” दक्षिण कोरियाले आउँदो यही २०२० डिसेम्बर ६ तारिकका दिन संस्थाको महाधिवेशन तथा पुरस्कार वितरण कार्यक्रम कोरियाको व्यस्त सहर दोङ्देमुनस्थित शुभेच्छा (मार्ट) रेष्टुरेण्टको सभाहलमा दिनको ठिक ११ बजे गर्ने भएको छ । पूर्वीय सनातन धर्म ,कला,संस्कार अनि संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका लागि दक्षिण कोरियामा संगठित गौरवमय संस्था सनातन साहित्य सङ्गीत साधना समूह पाँच “स” दक्षिण कोरियाफुर्सदमा
नेपालका विपन्न परिवारको लागि ‘न्यानो कम्बल’ अभियान

कोरियन १० हजार वन अर्थात झन्डै एक हजार रुपैया । यहाँ बस्ने नेपालीहरुले ६ बर्ष देखि जाडोको समयमा पैसा उठाएर नेपालका गाउँहरुमा न्यानो कम्बल बितरण गरिरहेका छन् । यस पटक पनि यो अभियान सुरु भएको छ । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका युवाहरुले सुरू गरेकाे यो अभियानमा काेरियामा रहेका नेपाली सहभागी हुन्छन् । ‘हामी यो अभियान विगतझै सेम्टेम्बर र अक्टोबर महिना भरि संचालन गर्छौ । गत बर्ष तीनफुर्सदमा
झापाली समाज र अग्रवाल सेक्युरिटी कोरियाले अनलाईन सेयर कक्षा सञ्चालन गर्ने

कोरिना कहर सँगै विश्वमा आएको आर्थिक मन्दीले लगानि गर्ने वातावरण नभईरहेको अवस्थामा झापाली समाज दक्षिण कोरिया र अग्रवाल सेक्युरिटी कोरीया शाखाको संयुक्त सहकार्यमा सेयर कारोवार सम्बन्धी zoom meeting मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ। हाल दक्षिण कोरियामा अग्रवाल सेक्युरीटी कोरीयाको प्रतिनिधि अजय प्रधानले यस अनलाइन कक्षाको सहजिकरण गर्नुको साथै भावी दिनमा कोरीयामा रहने सबैलाइ सेयर सम्बन्धी सचेतनामुलक जानकारी दिदै सेयर कारोबारमा अझै राम्रो सेवा दिने कुरा बताएका छन्। नेपालकोफुर्सदमा
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ११ औ बार्षिक साधारणसभा सम्पन्न
०९ नोभेम्बर २०२० संस्थाका अध्यक्ष जीवन न्यौपानेको सभापतित्व र प्रमुख अतिथि नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री माननिय पद्मा कुमारी अर्याल ज्यूको उपस्थितिमा शुरु भएको कार्यक्रममा विभिन्न स्थानीय सरकार प्रमुख ज्यूहरुको उपस्थिति थियो । वालिङ नगरपालिका प्रमुख, कालीगण्डकी गाउँपालिका प्रमुख, फेदिखोला गाउँपालिका प्रमुख संस्थाका ससंरक्षक, सल्लाहकार र विश्वभर छरिएर रहेका जिल्ला बासी संस्था तथा विभिन्न देशमा रहेका स्याङ्जा जिल्ला संबद्ध संस्थाका अध्यक्ष ज्यूहरूको बाक्लो उपस्थिति थियो ।फुर्सदमा
स्याङ्जाका विभिन्न ठाउँमा पहिरो प्रभावित परिवारलाई कोरियाबाट स्याङ्जा परिवार र कृष्ण गण्डकी समाजको सहयोग ।

बोम्जन गुरुङ, सउल कोरिया । ०१ नोभेम्बर २०२० भीषण वर्षाको कारण गत असोज महिनामा स्याङ्जाका विभिन्न स्थानमा आएको पहिरोको कारण ज्यान गुमाएका र विस्थापित परिवारलाई कोरियामा रहेका संस्था स्याङ्जा परिवार र कृष्ण गण्डकी समाजले राहत स्वरुप एकमुष्ट गरी एक लाख सत्तरी हजार रुपैंया राहत स्वरुप आर्थिक सहयोग गरेको छ । अविरल वर्षका कारण घर विस्थापित हुन पुगेका पहिरो पिडीतहरुमा भिरकोट नगरपालिका-३ गुमार्दीका जगत बहादुर राना, धन बहादुर राना, केयरसिंह रानाफुर्सदमा
कोरियामा फेरि एक नेपालीले गरे आत्महत्या

दक्षिण कोरियामा फेरि एक नेपालीले आत्माहत्या गरेका छन् । आफ्नो दश बर्षे कार्यकाल सकेर घर फर्कन लगेका नेपालीले आजा (आइतबार) बिहान आत्महत्या गरेका हुन । स्याङजा जिल्ला मालुंगा घर भई कोरियाको छुङछङबोक्दोको सामसङ कम्पनीमा कार्यरत यज्ञ वहादुर बस्यालले आफु काम गर्दै आएको स्थानमा आत्महत्या गरेका हुन । ४२ वर्षिया वस्याल कोरियामा कार्यकाल पूरा गरेर घर जाने सम्पुर्ण तयारीमा रहेको तर कोरोनाका कारण नेपाल जान रोकिएको उनका सहकर्मीले बताएका छन् ।फुर्सदमा
मृगौला पीडित जुना गुरुङलाई तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाद्धारा आर्थिक सहयोग

बोम्जन गुरुङ, सउल कोरिया ११ सेप्टेम्बर २०२० लमजुङ जिल्लाको राइनस नगरपालिका वडा नम्बर १ भंगारी निवासी दुवै मृगौलाको रोगले थलिएका उपचारार्थ जुना गुरुङलाई तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको नेतृत्वमा संकलित चौरहत्तर हजार रुपैंया आर्थिक सहयोग गरेको छ । कोरिया स्थित आफ्नो जातीय संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्दै सक्रिय रुपमा समाजसेवाको पाटोमा शानदार उपस्थिति जनाउँदै आइरहेको यस जातीय संस्थाले बीस दिनको अवधी राखेर “जुना गुरुङ बचाउ अभियान” सञ्चालनफुर्सदमा