Advertisement
SKIP THIS

भोटे भन्दै सामाजिक संजालमा भएको पोस्ट बारे दूतावास र नेफिन कोरियाको ध्यानाकर्षण, कोरियनहरु कसरी भोटे भए ?


केही दिन देखि दक्षिण कोरियामा रहेका नेपालीहरु बीच सामाजिक संजालमा भैरहेको विवाद बारे नेपाली दुतावास सउल र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित सबैलाई ध्यानाकर्षण गराएको छ ।

केही समय अघि केही ब्यक्तिहरुले “भोटे” शब्द प्रयोग गर्दै कोरियनलाई होच्याउने खालको स्ट्याटस लेखेको थियो । यसरी भोटे शब्द प्रयोग नगर्न आदिवासी तथा जनजाती अभियानताहरुले अनुरोध गर्दा उल्टै तथानाम गाली गलौज गर्न थालेपछि विवाद जन बढ्न थालेको थियो । यसैलाई मध्यनजर गर्दै नेपाली दुतावास सउलले र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले बिहिवार प्रेस विज्ञप्ति मार्फत त्यसो नगर्न सबैमा अनुरोध गरेको हो ।

नेपाली दूतावासको विज्ञप्ति

आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको विज्ञप्ति

उक्त क्रियाकलापमा लागेकाहरुलाई संयमित हुन र जातीयरुपमा मानमर्दन गराउने नियतले कुनै किसिमको अपशब्द प्रयोग नगर्न र लेखी सकेका पोस्टहरुलाई डिलिट गरी उच्च मानवीय मूल्य मान्यता प्रदर्शन गर्न नेपाली राजदूतावास सिओल र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले आग्रह गरेको छ ।

कोरियनहरु कसरी भोटे भए ?

भोट तिब्बतको पुरानो नाम हो । कुनै बेला भोट अर्थात तिब्बत स्वतन्त्र राष्ट्रको रुपमा अस्तित्वमा थियो । तर अहिले चिनको स्वायत्त राज्यको रुपमा रहेको छ । नेपालको उत्तरी सिमा तिब्बतसँग जोडिएको छ । तिब्बत पनि हिमाली भेग हो । धेरै पहिले देखि तिब्बत र नेपाल बिचको राम्रो ब्यापार सम्बन्ध रहेको ऐतिहासिक तथ्यहरुले बताउँछ । तत्कालीन समयमा केही नेपालीहरु तिब्बतमा नै गएर ब्यापार गर्ने गर्थे भने तिब्बतीहरु पनि नेपाल आएर ब्यापार गर्ने गर्थे । यसरी नेपाल आएको तिब्बती ब्यापारीहरुलाई भोटे भनेर सम्बोधन गर्न थालेको देखिन्छ । त्यसरी नेपाल आएर बसोबास गर्न थालेका भोटे नेपालीहरु हाल करिव ९० हजारको मात्र छन् ।

जसरी तराईका नेपालीहरु र सिमानाका भारतीयहरुसँग अधिकांश भाषा, धर्म र संस्कृति मेल खान्छ त्यसरी नै तिब्बत(भोट) र नेपालको हिमाली भेगमा बसोबास गर्ने नेपालीहरुको पनि मेल खान जानु स्वाभाविक हो । यसको प्रमुख कारण भौगोलिक र संस्कृतिक वातावरण उस्तै हुनु नै हो । साथै हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने आदिवासीहरु शेर्पा, गुरुङ लिम्बू, तामाङ, राई लगायत अन्य जातिको शारीरिक बनावट र वर्ण पनि उस्तै उस्तै देखिन्छ ।

यसरी होचो कद, नाक थेप्छे, आँखा चिम्सा र गोलो अनुहार देख्ना साथ पहाडे बाहुन क्षेत्री लगायतकाले हेपेर भोटे भनेर बोलाउन थाले ।
जब ती नै पहाडे बाहुनहरु कोरिया आइपुगे र कोरियनहरुको पनि उस्तै शारीरिक बनावट देखेर रिस उठ्ने बेलामा भोटे भनेर गाली गर्न थालेको देखिन्छ । जब कि कोरियन र भोटको सम्बन्ध कहिँ कतै नभेटेको आदिवासी अभियानकर्ताहरुको भनाई रहेको छ ।

हुदा हुँदा सामाजिक संजालमा पनि यसरी हेपाहा प्रवृति देखाउन थालेपछि कोरियामा रहेको आदिवासी जनजाति अभियानताहरुले बिरोध गर्न थालेको नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल टेन्डुप शेर्पाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...