तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
स्याङ्जा परिवार दक्षिण कोरिया बुसान/किम्हे शाखाको चौथो अधिवेशन जनवरी १५ मा हुने

“स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया बुसान/किम्हे शाखाको चौथो अधिवेशन यही आउँदो जनवरी १५ तारिक किम्हे स्थित कोरिया माइग्रेन्ट हाउसमा हुने भएको छ । तेश्रो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको सो संस्थाका अध्यक्ष कमल अर्यालले जानकारी दिए । स्याङ्जा जिल्लाबाट विभिन्नफुर्सदमा
स्याङ्जा परिवार किम्हे/बुसान शाखाको बनभोज कार्यक्रम सम्पन्न, साईकल यात्रीहरु भए सम्मानित

कोरियाको स्याङ्जा परिवार किम्हे/बुसान शाखाले अक्टोबर २९ र ३० तारिक दुई दिने रमाईलो वनभोज कार्यक्रम सम्पन्न गरेको छ । किम्हे बुसान आसपासको स्याङ्जालीहरुको आपसी सद्भाव अभिवृद्धि गर्ने उद्धेश्यले शुभ दिपावलीको अवसरमा पारेर आपसी परिचयात्मक कार्यक्रम सहित गजेदो सहर नजिकै (부산 강서구 가덕 해안로 590)मा संस्थाले उक्त बनभोज कार्यक्रम आयोजना गरेको हो । सोही अवसरका विच काेरियामा रहेका नेपाली साईकल टोली The Himalyan Cycle Team का गाेल्ड मेडलिष्ट साईकल यात्रीहरुहरुलाई सम्मानफुर्सदमा
माेक्पाेमा वडा दशै र दिपावलीकाे शुभकामना अादानप्रदान कार्यक्रम हुने

नेपालीहरूको महान चाँड बडादशैँ तथा शुभदिपावलीको अबसरमा माेक्पाे साम्हाे साझा चाैतरीले दशै कार्यक्रम गर्ने भएकाे छ । अक्टाेबर ९ तारिख अाइतबार हुने कार्यक्रममा छल्लानाम्दाे र बुक्दाेकाे नेपालीलाइ सहभागी हुन अायाेजकले अाग्रह गरेका छन् । ‘नेपालीकाे ठूलाे चाड बडा दशैँ तथा शुभदिपावलीको अवसरमा संस्कार र संस्कृति लाई जोगाइराख्नु पर्छ भन्ने उद्देश्यका साथ बडादसैं र दिपावलीको शुभकामना आदानप्रदान तथा चियापान विशेष कार्यक्रमको गर्न लागेका हाैं । यस कार्यक्रममा मक्पोबासी र मोक्पो वरिपरिफुर्सदमा
कोरियामा निधन भएका ईन्द्र गुरुङको श्रद्धाञ्जली सभा अक्टोबर ०२ मा गरिने

लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नं. ९ बिम्दा स्थायी घर भई कोरियामा कार्यरत स्व. ईन्द्र गुरुङको सम्झनामा आउँदो अक्टोबर ०२ मा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिने भएको छ । तमू धीं दक्षिण कोरिया र लमजुङ परिवार दक्षिण कोरियाको संयुक्त आयोजनामा दिवंगत आत्माको चीर शान्तिको कामना एवं शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने उद्धेश्यले उक्त सभाको आयोजना गरिएको हो । कोरियाको राजधानी सउलदेखि करिब २ सय किमीको दुरीमा रहेको छुङनाम सिटिकोफुर्सदमा
निर्माणाधीन बालगृह भवनलाई कोरियाबाट स्याङ्जा परिवारको सहयोग

कोरियामा क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार किम्हे/बुसान शाखाले आफ्नो गृह जिल्लाको बालगृह भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । स्याङ्जा स्थित फेदिखोला गाउँपालिका वडा नं. १ मा अमोर सेवा नेपाल द्वारा सञ्चालित निर्माणाधीन जिल्लाकै एकमात्र बालगृह भवनलाई सहयोग स्वरुप १ लाख २५ हजार रुपैंया प्रदान गरेको हो । गत अगष्ट १४ मा कोरियाको किम्हेमा जिल्लाको एकमात्र बालगृह भवन सहयोगार्थ सुपरहिट नेपाली कथानक चलचित्र “ए मेरो हजुर ४” को प्रदर्शनफुर्सदमा
स्याङ्जा परिवारले अक्टोबर ०८ मा दशैं मनाउने

प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान गर्दै जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा स्याङ्जा परिवार दक्षिण कोरियाले २०७९ सालको विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विगतमा जस्तै संस्थाको गतिविधिलाई निरन्तरता दिदै यो पटक पनि यस कार्यक्रम आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष विजय थापाले बताए । दशैंको धार्मिक परम्परा अनुसार अग्रज तथा मान्यजनबाट टिका-जमरा ग्रहण गर्ने र आशीर्वाद लिनेफुर्सदमा
छङ्ऊप नेपाली एकता समाजले अक्टोबर ०८ मा दशैं मनाउने

प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान र जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको छङ्ऊप स्थित 정읍시 2 공단 CU 3 अगाडिको पार्कमा छङ्ऊप नेपाली एकता दक्षिण कोरियाले २०७९ सालको बडा दशैंको पावन अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । समाजले आफ्नो गतिविधिलाई चलायमान गराउँदै विविध साँस्कृतिक कार्यक्रम सहित दशैं मनाउने तयारी गरेको हो । कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत पर्ने थेईन, जुल्फो, गोछन, खाम्गुकफुर्सदमा
डलरसंग कोरियन वनको भाउ १३ बर्षकै उच्च

अमेरिकन डलरसंग कोरियन वनको भाउ १४ वर्षा यताकै उच्च बिन्दुमा पुगेको छ । समाचार अनुसार आजको कोरियन वन १ डलर बराबर १४०० (एक हजार चार सय) वन भन्दा बढि पुगेको छ । अमेरिकी फेडरल रिजर्व द्वारा आफ्नो प्रमुख ब्याज दरमा लगातार तेस्रो पटक ७५ आधार बिन्दुले वृद्धि गरेपछि कोरियाली वोन अमेरिकी डलरको विनिमय दरमा यसरी बढेको हो। द्रास्फीतिलाई रोक्नको लागि यु एस. फेडले कडा प्रयास गरेपछि वोन-डलरको विनिमय दर यसरिफुर्सदमा
थेगु नेपाली मञ्चको पहिलो अधिवेशनबाट भानु घिमिरेको नेतृत्व रहने गरी कार्यसमिति चयन

“एकता र अनुशासन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१९ मा स्थापित थेगु क्षेत्रमा रहेको संघसंस्थाहरुको छाता संगठन थेगु नेपाली मञ्चको पहिलो अधिवेशन सम्पन्न भएको छ । यही सेप्टेम्बर १८ तारिक बालाजी रेष्टुरेन्ट थेगुमा मञ्चका कार्यवाहक अध्यक्ष रमेश रानाको सभाध्यक्ष र समाजसेवी तथा व्यवसायी मानसिङ्ग गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नेपाल मगर संघ थेगु शाखाका अध्यक्ष चिरन थापा मगर, स्याङ्जा परिवार थेगु शाखाका अध्यक्ष मित्रफुर्सदमा
कोरियामा निधन भएका राजेशका परिवारले पाए साढे चार लाख रुपैंया आर्थिक सहयोग

कोरियामा निधन भएका विधार्थी राजेश पाण्डेयको परिवारलाई स्याङ्जा परिवार र नेपाली विधार्थी समाज (SONSIK) को संयुक्त पहलमा संकलित ४३ लाख १८ हजार १ सय ९२ कोरियन वोन (करिब साढे चार लाख नेपाली रुपैंया) राहत र सान्त्वना स्वरुप मृतकको सहोदर भाई अच्युत पाण्डेयलाई हस्तान्तरण गरिएको छ । Encephalitis (Autoimmune) नामक रोग लागेका पाण्डेय दक्षिण कोरियाको सउलस्थित 가톨릭대학교 은평성모병원 मा उपचारार्थ रहँदै गर्दा गत अगष्ट २७ मा निधन भएका थिए । दुईफुर्सदमा