Advertisement
SKIP THIS

थेगु नेपाली मञ्चको पहिलो अधिवेशनबाट भानु घिमिरेको नेतृत्व रहने गरी कार्यसमिति चयन


“एकता र अनुशासन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१९ मा स्थापित थेगु क्षेत्रमा रहेको संघसंस्थाहरुको छाता संगठन थेगु नेपाली मञ्चको पहिलो अधिवेशन सम्पन्न भएको छ । यही सेप्टेम्बर १८ तारिक बालाजी रेष्टुरेन्ट थेगुमा मञ्चका कार्यवाहक अध्यक्ष रमेश रानाको सभाध्यक्ष र समाजसेवी तथा व्यवसायी मानसिङ्ग गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनमा नेपाल मगर संघ थेगु शाखाका अध्यक्ष चिरन थापा मगर, स्याङ्जा परिवार थेगु शाखाका अध्यक्ष मित्र मगर, तमू धीं थेगु शाखाका अध्यक्ष गणेश गुरुङ, तमू धीं थेगु शाखाका निवर्तमान अध्यक्ष हर्क गुरुङ, नेपाली परोपकार समाज खुजीका अध्यक्ष नवीन बराल, वेगान नेपाली साथी समूहका निवर्तमान अध्यक्ष पासाङ शेर्पा, बागलुङ समाज थेगु शाखाका अध्यक्ष ज्ञानु श्रीस मगर, ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष फडिन्द्र अधिकारी, लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाका निवर्तमान अध्यक्ष एवं वर्तमान संरक्षक जितन भाई श्रीस मगर, नेपाल मगर संघ थेगु शाखाका संरक्षक नरेश थापा, बागलुङ समाज थेगु शाखाका निवर्तमान अध्यक्ष सुरेश खत्री, विश्वकर्मा समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सन्तोष विश्वकर्मा, माया रेष्टुरेन्टका सञ्चालिका प्रतिमा सिँह ठकुरी लगायतका अतिथिहरु कार्यक्रममा उपस्थित थिए ।

उदघाटन सत्रपछिको बन्द सत्रमा फडिन्द्र अधिकारीको संयोजकत्व, सदस्यहरु नरेश थापा, पासाङ शेर्पा, पूर्ण लिम्बु रहने गरी बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । थेगु नेपाली मञ्च थेगु दक्षिण कोरियाको पहिलो अधिवेशनबाट अध्यक्षमा भानु घिमिरे, उपाध्यक्ष हर्क गुरुङ, सचिव सन्तोष काश्यप विक, कोषाध्यक्ष तिलक तामाङ सर्वसम्मत चयन भएका छन् भने संरक्षकमा रमेश राना र फडिन्द्र अधिकारी, प्रमुख सल्लाहकार चिरन्जीवि पाण्डे, सल्लाहकारहरु विरेन्द्र नौभाग्य, पासाङ्ग शेर्पा मनोनित भएका छन् । उद्घाटन सत्रमा मञ्चका सचिव सुजन ज्ञवाली र बन्द सत्रमा अधिवेशन संयोजक फडिन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

थेगु आसपास रहेको सबै संघसंस्थाहरुलाई गोलबद्ध र एकताबद्ध बनाई एकापसमा हातेमालो गराउने अवधारणा बोकेको मञ्चले छिटो नै पहिलो बैठक मार्फत रिक्त भएको कार्यसमितिको पदपूर्ति गर्ने र आवश्यक अन्य विभागीय संरचनाको निर्माण गर्ने जनाएको छ । थेगु नेपाली मञ्चको पहिलो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्विजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई मञ्चले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...