Advertisement
SKIP THIS

स्याङ्जा परिवार किम्हे/बुसान शाखाको बनभोज कार्यक्रम सम्पन्न, साईकल यात्रीहरु भए सम्मानित


कोरियाको स्याङ्जा परिवार किम्हे/बुसान शाखाले अक्टोबर २९ र ३० तारिक दुई दिने रमाईलो वनभोज कार्यक्रम सम्पन्न गरेको छ । किम्हे बुसान आसपासको स्याङ्जालीहरुको आपसी सद्भाव अभिवृद्धि गर्ने उद्धेश्यले शुभ दिपावलीको अवसरमा पारेर आपसी परिचयात्मक कार्यक्रम सहित गजेदो सहर नजिकै (부산 강서구 가덕 해안로 590)मा संस्थाले उक्त बनभोज कार्यक्रम आयोजना गरेको हो ।

सोही अवसरका विच काेरियामा रहेका नेपाली साईकल टोली The Himalyan Cycle Team का गाेल्ड मेडलिष्ट साईकल यात्रीहरुहरुलाई सम्मान गरेको छ । प्रवासी जीवन र व्यस्त समयकाे बाबजुद पनि नेपालमा रहेकाे संसारको “सर्वोच्च शिखर सगरमाथा”लाई प्रवर्द्धन गरिरहेका साईकल यात्रीहरु सुर्य बहादुर गुरुङ, शम्भु धिमाल, नवराज सुवेदी र प्रकाश अधिकारीलाई सम्मान गरिएको हो । इपिएस मार्फत काेरियामा काम गरिरहेका नेपाली साईकल यात्रीहरुले गत वर्ष (2021) काे छुसकमा काेरियाकै सबैभन्दा लामाे दुरि ( Longest Cycle Route Of Korea, Seoul to Busan 633km) मा रहेकाे सउल-बुसान साइकल मार्ग नेपाली झण्डा फहराउँदै पूरा गरेका थिए । उनीहरुले काेरियाकाे (Certificate Of Cross Country Cycling Road) र गाेल्ड मेडल (Gold Medal) समेत प्राप्त गरिसकेका छन् ।

अति सौहार्दपूर्ण वातावरणमा ब्यापक सहभागिता भएको स्याङ्जा परिवार किम्हे/बुसान शाखाले आयोजना गरेको रमाईलो बनभोज कार्यक्रममा उपस्थित र आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण महानुभावहरु तथा संस्था सम्बद्ध व्यक्तित्वहरुलाई आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...