Advertisement
SKIP THIS

स्याङ्जा परिवारले अक्टोबर ०८ मा दशैं मनाउने


प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान गर्दै जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा स्याङ्जा परिवार दक्षिण कोरियाले २०७९ सालको विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विगतमा जस्तै संस्थाको गतिविधिलाई निरन्तरता दिदै यो पटक पनि यस कार्यक्रम आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष विजय थापाले बताए ।

दशैंको धार्मिक परम्परा अनुसार अग्रज तथा मान्यजनबाट टिका-जमरा ग्रहण गर्ने र आशीर्वाद लिने प्रचलनलाई कायम राख्दै यो महत्वपूर्ण अवसर प्राप्त गर्न सकिने साथै विविध साँस्कृतिक प्रस्तुतिको साथमा नेपाली स्वादिष्ट भोजनको व्यवस्था गरिने संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिपना गुरुङले जानकारी दिए ।

“कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित यही सेप्टेम्बरको ११ तारिक रजतोत्सव समारोहमा संस्थालाई स्थापनाकालदेखि अविछिन्न सहयोग गर्ने र रजत जयन्तीको अवसरमा प्रकाशन गरिएको स्मारिकाका लागि सम्मान गरिएको सन्दर्भ उल्लेख गर्दै छुट्नुहुने सहयोगी महानुभावहरुलाई सोही दशैं कार्यक्रममा सम्मान कार्यक्रम समेत जोडिने संस्थाका केन्द्रीय सचिव माधव अर्यालले स्पष्ट पारे ।

२०७९ सालको विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा समस्त सु-स्वास्थ्य, सुख-समृद्धि , खुशी र दीर्घायु तथा सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै संस्था सम्बद्ध (केन्द्रीय, किम्हे/बुसान, थेगु शाखा) सम्पूर्ण कोरियास्थित स्याङ्जाली तथा नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा कार्यक्रममा पाल्नुभई सभ्य र भव्य रुपमा सफल बनाउनुहुन स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम तपसिल :

मिति : २०२२ अक्टोबर ०८ तारिक (शनिवार)
स्थान : नेपाली थाई रेष्टुरेन्ट, दोङ्देमुन(सउल)
समय : साँझ ठीक ०७:०० बजे
जाने तरिका : लाईन नं. १, दोङ्देमुन स्टेशन, गेट नम्बर २ को अगाडि ।

विविध सोधपुछका लागी सम्पर्क :
🔹 विजय थापा : 01037855450
🔹 बिपना गुरुङ : 01059604841
🔹 माधव अर्याल : 01062605197

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...