भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेटघाट कार्यक्रम सम्पन्न


प्रवासी नेपाली मञ्चको आयोजनामा भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जुन १ तारिख दोङ्देमुन स्थित सेमाउल हलमा मन्त्री दाहालले नेपाली समुदायसँघ भेटघाट गरेका थिए।

नेपाल सरकारको तर्फबाट इन्टेलिजेन्स ट्रान्स्पोर्टेसन सिस्टम (ITS) फोरमको सभामा प्रतिनिधित्व गर्न मन्त्री कोरिया आएका थिए। उक्त सभामा विश्वमा यातायात क्षेत्रमा भएको विकास परिवतन बारे गहन छलफल भएको उनले बताएका थिए। १२ देशको मन्त्री एवं राज्यमन्त्री संमिलित उक्त सभामा आफूले नेपालको यातायात क्षेत्रको प्रगति प्रस्तुतीकरण गरेको बताएका थिए। उक्त सभाले एसिया प्यासिफिक क्षेत्रलाई एउटै सुत्रमा बाँध्ने गुरु योजना रहेको उनले अवगत गराए।

यसैगरी नेपालमा हाल ४ ओटा पूर्व पश्चिम राजमार्ग निर्माणाधिन रहेको र ति राजमार्गहरुको ६६ देखि ८५% सम्म भौतिक निर्माणमा प्रगति भएको जानकारी गराएका थिए। साथै उनले यो महिना भित्र केहि पूलको उद्घाटन गरिने पनि बताए भने उत्तर दक्षिण जोड्ने करिडोर पनि निर्माण हुने बताएका थिए।

नेपालमा देखिएको लाइसेन्स वितरको समस्यालाई यथासिघ्र समाधान गरिने बताएका थिए भने विदेश जानेहरुको लागि २ दिन भित्रमा चालक अनुमति पत्र प्रदान गरिरहेको पनि बताएका थिए।

विशिष्ट अतिथी एवम नेपाली राजदूतावासका राजदूत शिवमाया तुम्बाहाङ्फेले कोरियामा विद्यार्थी आगमनमा रोक लगाइएको नभएर हाल देखिएको समस्यालाई समाधान गर्न शिक्षा मन्त्रालयलाई सूचित गरेको जानकारी गराएकी थिइन्। विद्यार्थीको जुनसुकै देशमा पनि अध्ययन गर्न पाउने नैसर्गिक अधिकारको हनन नहुने बताउँदै कोरियामा पनि विद्यार्थीका लागि सहज वातावरण सिर्जना गरिने उनले बताएकि थिइन्।

मञ्चका अध्यक्ष अञ्जन कुलुङ राईले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै सकात्मक विचारले नै देशको प्रगति हुने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा नेपाली सम्पर्क समितिका अध्यक्ष भजिन्द्र क्षेत्री, नेपाली जन प्रगतिशिल मञ्चका अध्यक्ष जीवन खतिवडा, लिम्बुवान सामाजिक मञ्चका महासचिव गगन जबेगु, एन आर एन अध्यक्ष वुद्दि गुरुङ, एन सी सी अध्यक्ष हरी खनाल, आदिवासी जनजाति महासंघका अध्यक्ष विशन राई लगायतले आफ्ना मन्तव्य राखेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा कवि तिर्थराज विश्वकर्मा प्रथम
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • सलनाल २०२५ र हिउँफूल “संस्मरण” – मातृका नेम्बाङ
  • गायिका ईन्द्रेणी लोप्चन तामाङले ‘भन भन च्याङबा’ ल्होछार गीतको भिडियो सार्वजनिक गरिन
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...