Advertisement
SKIP THIS

गुमनाम मुर्तिकार ‍


 ङिमा पाख्रिन / न्युयोर्क:  कुनै पनि चित्ताकर्षक ठाउँमा या वस्तुसँग बसेर तस्बीर खिचाउँन नचाहने मानिस कमै हुन्छन होला ! अझ त्यो वस्तु मानव निर्मित भयो भने त झनै धेरैको ध्यान र मन त्यतै खिचिन्छन् । नेपालको प्रदेश नम्बर १ स्थित केही जिल्लाहरुमा पाईने मुर्ति र स्तम्भहरुले त्यहाँ पुग्ने प्राय सबैको ध्यान तान्ने गर्दछन् ।
यस्ता केहि प्रख्यात स्तम्भ तथा मुर्तिहरुको नाम लिनु पर्दा संखुवासभा जिल्लाको तामाफोकमा रहेको १४ फिट उचाईको यलम्बरको पुर्ण कदको मुर्ति, तेह्रथुम जिल्लाको वसन्तपुरमा लालीगुराँसको स्तम्भ र लसुनेमा लसुन स्तम्भ, म्याङलुङमा बिरालोको शालिक आदि पर्दछन् ।
तर यी प्रख्यात वास्तुकलाका सिर्जनाकारलाई कतिले चिन्दछन् त ? उहाँलाई ब्यक्तिगत रुपमा सायदै चिन्छन् होला ! ब्यक्तिगत रुपमा खासै चर्चा नपाईएका उनै प्रतिभाशाली सिर्जनाकार हुनुहुन्छ चन्द्रमान लिंखा । जसको सिर्जनाहरुले धेरैको मन तानेर प्रशंसा बटुल्न सफल भएका छन् । लगभग पाँच दशक अघि संखुवासभाको माम्लिङमा बुबा डम्बरसिंह लिंखा र अामा पृथ्वीमाया लिंखाका कान्छो सन्तान भएर जन्मनु भएका चन्द्रमान लिंखा बसाई सराईसँगै मोरङको मधुमल्लमा स्थायी बसोबास गर्न पुग्नु भयो । उहाँ आजकाल घरमा कमै मात्र बस्न समय पाउँनु हुन्छ । आफ्नो सिर्जनालाई ठाउँ ठाउँमा उतार्न वहाँ निकै ब्यस्त रहनु हुन्छ र कहिले कहाँ त कहिले कहाँ पुगी रहनु हुन्छ ।
यसरी नै घुम्ने क्रममा उहाँ अहिले केहि दिनका लागि न्युयोर्क आई पुग्नु भएको छ । पढाईमा निकै तेज रहेका लिंखाले औपचारिक शिक्षालाई चाँही धेरै अगाडि बढाउँन अवसर पाउँनु भएन । कारण थियो पारिवारिक ब्यवधान ! सानैमा बाबा गुमाउँनु परेकोले एक्ली आमाको सहयोगीको जिम्मा उहाँकै काँधमा पर्न गयो । औपचारिक अध्ययनलाई त्याग्नु परे पनि वास्तुकला तथा चित्रकारिताको आफ्नो रुचीलाई उहाँले त्याग्न सक्नु भएन । समय मिलाएर आफूभित्र रहेको प्रतिभालाई निरन्तर प्रस्फुरण गर्दै लैजानु भयो । घर वरपर भेटिएका र खेर फालिएका सामग्रीहरु जस्तै ढुंगा, बाँस, टिन, पराल ईत्यादीलाई उपयोग गरेर उहाँभित्र रहेको कलाकारितालाई बाहिर ल्याउँन थाल्नु भयो । आफूलाई रहर लागेेेको वस्तुहरु बनाएर अरुलाई देखाउँन पाउँदा उहाँलाई निकै सन्तुष्टी मिल्दथ्यो । त्यसैले उहाँ झनै दत्तचित्त दिएर कलाकारितामा तल्लिन रहन थाल्नु भयो । तर उहाँको जीवनमा फेरि अर्को बज्रपात आई लाग्यो ! आफूलाई माया गर्ने र आफ्नो भावना बुझ्नु हुने आमालाई गुमाउँनु परेपछि उहाँलाई नितान्तै एक्लो लाग्दै गयो । घर धान्नलाई पनि उहाँले बिवाह नगरी भएन । बालबच्चा भयो । बालबच्चा हुर्काउँन र उनीहरुको शिक्षाको लागि एउटा पिताको कर्तब्यपालन नगरी भएन । वरपर गाउँका अरु धेरै जना बैदेशिक रोजगारीमा गएको देखेर उहाँ पनि त्यही बाटो हिड्न पुग्नुभयो ।
केहि बर्ष विदेशमा काम गर्दा वहाँलाई भित्रभित्रै निकै उकुशमुकुश हुन थाल्यो । छोराछोरीहरु बुझ्ने उमेरका हुनसाथ वहाँ स्वदेश फर्कनुभयो र बिस्तारै फेरि कलाकरितामा लाग्न थाल्नुभयो । वहाँलाई परिवारको पनि राम्रो सहयोग मिल्दै गयो । यसले उहाँलाई झन उर्जा थपी दियो । उहाँ पेशागत रुपमै कलाकारितामा पुर्णकालिन समय बिताउँन थाल्नुभयो । शोखलाई पेशामा बदल्न पाउँदा उहाँ खुशी हुनुहुन्छ । अनि सन्तुष्टी पनि उत्तिकै । कमाउँनको लागि भन्द पनि आफूलाई चित्त बुझ्ने गरी उहाँ काम गर्नुहुन्छ । यसैबाट बढी सन्तुष्टी मिल्ने उहाँको अनुभव छ ।
सार्वजनिक महत्वका पार्क, वगैचा, चिहान, मठ-मन्दिरहरुमा उहाँले माग अनुसारका धेरै मुर्तिहरु, शालिकहरु बनाउँनु भएको छ । चन्द्रमान लिंखा यसलाई सामाजिक दायित्व वहन गरेको ठान्नु हुन्छ । कति वटा मुर्तिहरु बनाईयो भनेर उहाँले गन्ति राख्नु भएको छैन । लगभग तीन सय नाघे होलान् भन्ने उहाँको अनुमान छ । थुप्रै मुर्तिहरु अझै निर्माधीन अवस्थामै पनि छन् । आफ्नो जन्मस्थान माम्लिङमा बन्दै गरेको डोकेनी स्तम्भ र सिंधुवाको फुलकोपी स्तम्भ हाल उहाँको ठूला आयोजनाहरु मध्येका हुन् । सधै आफ्नो काममा ब्यस्त रहनु र कामबाट सन्तुष्टी बाहेक अरु खासै अपेक्षा नराख्नु मुर्तिकार लिंखाको बानी छ । उहाँलाई आफ्नो कामको प्रचार प्रसारको लोभ पनि छैन, न त चर्चाको नै । आफूसँग भएको सीप र कलालाई उपयोग गर्दा उहाँलाई आत्मसन्तुष्टी मिल्दछ । तथापी उहाँ थुप्रै पटक पुरस्कृत र सम्मानित भैसक्नु भएको छ । थुप्रै कदरपत्रहरु उहाँको घरको भित्तामा सजिन पुगेका छन् । यसले चाँही उहाँलाई थप हौसला दिएको महसुस हुन्छ । चन्द्रमान लिंखा जस्तो बहुप्रतिभाशाली मुर्तिकारको सीपबाट जुनसुकै समुदाय र देशले राम्रो फाईदा लिन सकिन्छ । तर उचित सम्मान र सदुपयोग भने गर्न सक्नु पर्दछ ।
     -(पद्मा लिंखा मगरको सहयोगमा भएको कुराकानीमा अाधारित )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...