छुङ्जुमा नेपाली चलचित्र “ऊनको स्वीटर” प्रदर्शन हुँदै

छुङ्जु, दक्षिण कोरिया – छुङ्जु नेपाली समाजले दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी नेपाली चलचित्र “ऊनको स्वीटर” प्रदर्शन गर्ने भएको छ। नेपालीभाषाको चलचित्रको प्रवर्द्धन र सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले चलचित्र प्रदर्शन गर्नलागेको छुङ्जु नेपाली समाजका अध्यक्ष रन्जित गुरुङले फोनिज कोरियलाई बताएका हुन ।
अध्यक्ष गुरुङले यो कार्यक्रमबारे उत्साह व्यक्त गर्दै भने, “यो चलचित्र प्रदर्शनको आयोजनाले हाम्रो समुदायलाई एकजुट बनाउनुका साथै नेपाली भाषा र संस्कृतिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्णभूमिका खेल्नेछ। ‘ऊनको स्वीटर’ जस्ता चलचित्रले नेपाली कथावस्तु र भावनालाई जीवन्तबनाउँछ, जुन हाम्रा लागि गर्वको विषय हो। यहाँ रहेका सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई यो अवसरमा सहभागी भएर नेपाली सिनेमाको मजा लिन हार्दिक अनुरोध गर्दछु।”
नेपाली भाषाको चलचित्रको प्रवर्द्धनमा यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षागरिएको छ। प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो भाषा, संस्कृति, र कथाहरूसँग जोड्ने योअवसरले समुदायमा सांस्कृतिक जागरूकता बढाउने विश्वास आयोजकले लिएका छन्।
छुङ्जु आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई पारिवारिक वातावरणमा नेपालीचलचित्रको मजा लिन यो अवसर नछुटाउन आयोजकले अनुरोध गरेका छन्।
कार्यक्रम विवरण:
* मिति: जुन १५, २०२५ (आइतबार)
* समय: साँझ ठीक ७:०० बजे (निर्धारित समयमा चलचित्र सुरु हुनेछ)
* स्थान: 충북 충주시중원대로 3306, 충주문화예술회관
* प्रवेश शुल्क: २५,००० वोन
समयमै उपस्थित भई यो सांस्कृतिक उत्सवमा सहभागी हुन सबैलाई हार्दिक निमन्त्रणा गरिएकोछ।