‘तामाङ सोसाइटी अफ अमेरिका’ उत्तर अमेरिकी साझा संगठन बन्ने कुरामा हामी ढुक्क छौ’ – लक्यान लामा


उत्तर अमेरिकाभरी छरिएर बसोबास गर्ने तामाङहरु यतिखेर उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने तयारीमा जुटेका छन् । सम्मेलनको मिती जनवरी १३ र १४ मा न्युयोर्कमा हुने गरी तय भएको छ ।

अमेरिकामा सबै भन्दा पहिले दर्ता भएको तामाङ संगठन ‘तामाङ सोसाइटी अफ अमेरिका’लाई उत्तर अमेरिकामा छारिएर रहेका तामाङ सँघ संगठनहरुको साझाछाता सँगठन बनाई यसको सामर्थ्यलाई अझ बलियो र गुणस्तरीय बनाउँदै लैजाने र यसलाई बृहत्तर तामाङ हितमा लगाउँने बारेमा आवश्यक्ता र सम्भावना पहिचान गर्न तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी महिनाको २६ र २७ मा न्युयोर्कमा एक भेला भएको थियो । भेलामा अमेरिकी राज्यहरुबाट तथा क्यानडाबाट समेत प्रतिनिधीहरु उपस्थित भै छलफलमा सहभागी भएका थिए ।

उत्तर अमेरिकी तामाङ सम्मेलनको लागि तयारी बैठकको रुपमा अँगिकार गरिएको सो भेलामा आवश्यक मुलभूत कुराहरु सहित गत मे महिनाको २० र २१ तारीक न्युयोर्कमा उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने निर्णय भएको थियो । तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष शान्त थोकरको सँयोजकत्वमा २५ सदस्यीय तदर्थ आयोजक समिती गठन गरी उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने सम्पुर्ण जिम्मेवारी समितीलाई दिईएको थियो । तर तोकिएको उक्त मितीमा सम्मेलन हुन सकेन र गत सेप्टेम्बरको २ देखि ४ को नयाँ डेटलाईन तय गरियो । सो डेटलाईनमा पनि सम्मेलन सम्पन्न हुन सकेन ।

उत्तरी अमेरिकी तामाङ सम्मेलनको मिती किन यसरी सर्दै आएको छ ? सम्मेलनको तयारी कसरी के हुँदै छ ? जस्ता सन्दर्भमा आधारित भएर आम तामाङको जिज्ञासा मेटाउँन उत्तर अमेरिका तामाङ सम्मेलन आयोजक तदर्थ समितीका सदस्य सचिव लक्यान लामासँग सम्मेलनको औचित्य, महत्व र योजनाका बारेमा कुराकानी भएको छ ।

पर्सा जिल्ला निर्मलवस्ती गाविस हालको ठोरी गाउँपालिकाको ब्रम्हनगरमा जन्मेका लक्यान लामाले नेपाल ल क्याम्पस काठमाडौंबाट स्नातक गरी त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् । नेपालमा कानून ब्यबसायी हुँदा सर्बोच्चा अदालतमा बहसको काम गरेको प्रशस्त अनुभव संगालेका लामा विभिन्न मन्त्रालयमा काम गर्दै समाज कल्याण परिषदका सहायक निर्देशकको पनि जिम्मेवारी सम्हालेको अनुभव छ । सन् २००७ देखि अमेरिकाको न्यूयोर्कमा बसोबास गरीरहेका लामाले तामाङ सोसाइटी अफ अमेरिकाको सचिव र महासचिव पदमा रही समुदायको लागि आफनो क्षमता देखाई सकेका छन् ।

किन यसरी उत्तरी अमेरिकी तामाङ सम्मेलनको डेटलाईन सर्दै गएको छ ?

उत्तर अमेरिका भित्र बसोबास गर्नु भएका सम्पूर्ण तामाङहरुको साझा संगठन बनाउनु पर्ने भएकोले बृहत्तर रुपमा सबैलाई समेटेर सम्मेलनमा सहभागी गराउन र सबैको भावनालाई अटाउना व्यापक छलफल गर्न आवश्यक थियो । नाम मात्रको सम्मेलन गर्नु भन्दा केहि साझा भावना निर्माण गर्ने गतिलो प्लेटफर्म बनाउने प्रयास गर्दा समय सार्नु परेको हो ।

सम्मेलन तयारीको के के कामहरु पुरा भए ? अब बाँकी कामहरु चाँही के के छन् ?

गत जनवरी २७ तारिक न्युयोर्कमा भएको ऐतिहासिक भेलाले तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष शान्त थोकर संयोजक र सदस्य सचिवमा मलाई ज़िम्मेवारी दिदै २५ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ । त्यहि कमिटीले कार्य सम्पन्न गर्दैछ । हामीले बिधान उपसमिती, आर्थिक संकलन उपसमिती लगायत गठन गरेर तदारुकताका साथ काम भैरहेको छ । प्रचार प्रशारमा व्यापक जोड दिएका छौ । सम्मेलको लागि हल बुक भैसकेको छ । प्रतिनिधिहरु बस्नलाई व्यवस्था गरीसकेका छौ । छोटकरीमा भन्नु पर्दा हाम्रो तयारी अन्तिम अन्तिम चरणमा पुगी सकेको छ ।

बाँकि कामहरु भनेको समय सापेक्षा गर्दै जानु पर्ने हुन्छ । सम्मेलनबाट एउटा सशक्त कार्यसमितीको चयन समेत गरिने हुँदा अब निर्बाचन कमिटी गठन गर्ने प्रक्रियामा हामी रहेका छौ ।

त्यसो भए उत्तर अमेरिकाको साझा संगठन वनाउने कार्यमा व्यस्त हुनुहुन्छ?

हो, सदस्य सचिवको ज़िम्मेवारीको नाता र हाम्रो साझा समस्याको समाधान गर्ने संगठनको आवश्यकताले गर्दा उत्तर अमेरिकाको आस्था बोक्दै तामाङ समुदायको सारथी बन्न शक्ति सम्पन्न संगठन वनाउने अभियानमा लागेको छु ।

कस्तो खालको संस्थाको परिकल्पना गर्नु भएको छ ?

सोत र साधन सम्पन्न, उत्तर अमेरिका भरीका सम्पूर्ण तामाङ जातीको आस्था बोकी विश्व भरीका तामाङ जातीको सारथी बन्न सक्ने संस्थाको परिकल्पना गरेका छौ ।

कसरी संभव देख्नु भएको छ? सक्नु हुन्छ त ?

जीवनको सबै भन्दा ठुलो उपलब्धी भनेको समस्याको समाधान हो चाहे त्यों ठुलो होस् या सानों । समस्या भए पछि त्यसको निराकरण खोजिन्छ । हामीमा भएको समस्याको निराकरण गर्ने साधन भनेको हामीले परिकल्पना गरेको संस्था नै हो । २०४६ साल पछि हाम्रो समाजमा आएको परिवर्तनले हाम्रा समस्या र निराकरणका उपाय समेत तामाङ समुदायले बुझिसकेको मैले अनुभव गरेको छु । त्यसैले यो अभियानमा सबै क्षेत्रबाट हामीलाई सहयोग मिल्ने कुरामा म विश्वस्त छु ।

सबैको समान उद्देश्य र अभियान पनि प्रष्ट छन् भने समस्या के वन्ला र ? मलाई त लाग्दैन यो ठुलो समस्या हो भनेर । त्यसैले यति ठुलो अभियानमा सानोतिनोसमस्याले त्यति ठुलो हिस्सा बोक्छ भन्ने पक्षमा म छैन । हामीमा आत्मा विश्वास छ, मिलाएर लान्छौ ।

तामाङ सोसाइटी अफ अमेरिकाको इतिहासलाई नै लगेर जानु पर्छ भन्ने सुनिन्छ नि, के यो कुरामा अन्य राज्यका संस्थाहरु मान्न तयार होलान ?

तामाङ सोसाइटी अफ अमेरिकाको इतिहास सहित नजाने भन्ने कुरै आउदैन । इतिहास भनेको संगठनको सम्पति हो । यसको संरक्षण गर्नु प्रत्येक सदस्यको दायित्व पनि हो । त्यसैले हामीले सबै संस्थाहरुलाई स-सम्मान दिदै प्रत्येक संस्थाको इतिहास मिलाएर लैजानु पर्छ । त्यसो नगरेको खण्डमा एकताको अनुभूती नै हुदैन नि । हामी यो कुरामा स्पस्ट छौ ।

उत्तर अमेरिकी साझा संगठन वन्ने कुरामा ढुक्क हुनुहुन्छ ?

विज्ञहरुको राय अनि अनुभवीहरुको अनुभवलाई बोक्दै र नया सोच-विचारलाई अघि सार्दै हामी काम गरीरहेका छौ । उत्तर अमेरिकी साझा संगठन बन्ने कुरामा हामी ढुक्क छौ र यही संगठन मार्फ़त हाम्रो भावि योजना तर्जुमा गर्ने अनि हाम्रो अभियान सफल हुने कुरामा पनि हामी पुर्ण रुपमा आशावादी छौ ।

एउटै शक्ति केन्द्र वनाउने कार्यले कतै भएका संघ/संस्थाहरु टुक्राउने त हैन?

शक्ति केन्द्र वनाउने कार्य भनेको संघ संस्थालाई एकता वनाउने हो । यदि टुक्रिनगयो भने हाम्रो अभियान असफल भएको मान्नु पर्छ । त्यसैले हामी त्यस पक्षमा अति संवेदनशील छौ । हाम्रो अभियान कसैको विगतका इतिहास मेट्न हैन, न त विगतका उपलब्धीलाई ईन्कार गर्न नै हो । यो केवल समय र परिस्थिती अनुसार हाम्रो अभियानलाई फरक ढंगबाट परिचालन गर्नका निमित्त संघ/संगठनलाई एकतावद्द गर्दै तामाङ समुदायको एउटै शक्ति केन्द्र वनाएर लैजाने हो । सबै संघ संस्थालाई मिलाएर लानुको अर्कों विकल्प म देख्दिन ।

धेरै पटक अभियानका कुरा गर्नु भयों तर अभियान प्रस्ट बुझिएन, बझाई दिनु हुन्छ की ?

उत्तर अमेरिकाको यो “केन्द्रिय संगठन” विश्व भरीका तामाङ समुदायको सारथी बनाएर हरेक तामाङलाई आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा क्रियाशील गराई सबल, सक्षम र योग्य तामाङ जनशक्ति बनाउन प्रयास गर्ने हाम्रो अभियान हो । यसका साथै अाम तामाङ जनसमुदायलाई एउटै भावनामा बाँधिएर लैजना जरुरी छ । अझ विशेष गरी प्रवासमा । हाम्रा मौलिक कला-कौशल, संस्कार-सँस्कृती, भाषा-भेषभुषा, मूल्य-मान्यता जस्ता मौलिक पहिचान बोक्ने कुराहरु हाम्रा साझा सम्पत्ती हुन् । यसको संरक्षण, संबर्धन तथा प्रवर्धन हाम्रो साझा अभियान बन्नु पर्दछ ।
कतै हिजो विशेष योगदान दिनेहरुको इतिहास मेटिने त हैन ?

पक्कै हैन । बरु हिजो जो जहाँ जसरी समाज परिवर्तनका लागी अग्रपंतिमा हुनुहुन्थ्यो, ती सबै व्यक्ति विशेषलाई स-सम्मान गर्दै विगतका घट्नाक्रमलाई लेखबद्द गरी इतिहासलाई भावि पुस्ताको अध्ययन केन्द्र बनाउदै तामाङ जातीको सम्पति वनाएर राखिने छ । यसो गर्दा योगदान मेटिने भन्द पनि कदर भएको महसुस हुनेछ ।

सम्मेलनमा बिभिन्न राज्यहरुबाट प्रतिनिधित्व हुने डेलेगेट्स छनौट प्रकृया कसरी हुनेछ ?

तामाङ संघ संस्था दर्ता भै सकेका राज्यबाट १० जनासम्म मनोनित गरी पठाउन सकिने छ भने संस्था दर्ता नभई सकेका राज्यबाट तीनजनासम्म प्रतिनिधी रहन सक्ने व्यवस्थाको निर्णय हामीले गरेका छौ । यस बाहेक सम्मेलन आयोजक तदर्थ कमिटीका सबैजना प्रतिनिधी रहने छन् ।

नेतृत्वको पनि वहस चलेको छ, कसरी चयन हुनेछ नया नेतृत्व चाँही ?

शक्ति सम्पन्न साझा संगठन वन्दै गर्दा नेतृत्वको वहस चल्नु स्वभाविक नै हो भन्ने मलाई लागेको छ र सबैले स्वभाविक नै मान्नु पर्छ भन्ने मेरो भनाई हो । तर यो बेला नेतृत्वमा को आउने वहस भन्द कसरी सबैलाई समाहित गरेर साझा संगठन वनाउने भन्ने महत्वपुर्ण छ । तैपनि नेतृत्वको गरम वहस चलेकै छ र यसले संगठनलाई मजबुद नै वनाउछ भन्ने मलाई लाग्छ ।

प्रक्रियाको सन्दर्भमा चाँही निर्वाचन कमिटीको गठन पछि गत बर्ष सम्मेलन तयारी बैठक स्वरुप भएको भेलामा भएका निर्णयहरु र तदर्थ समितीका विभिन्न बैठकबाट पारित निर्णयहरु समेतलाई आधार बनाएर निर्बाचन कमिटीले बनाएको मापदण्ड अनुसार निर्वाचन गरी कार्यसमितीको चयन गरिने सल्लाह भएको छ ।

नेतृत्वमा के के गुण हुन ज़रूरी हुन्छ जस्तो लाग्छ तपाईलाई ?

सबैको मनोभावनालाई बुझेर सहि र छिटो निर्णय दिन सक्ने अनि समय र परिस्थिति अनुसार चल्न सक्नेले राम्रो नेतृत्व दिन सक्छ जस्तो लाग्छ । जातीय संगठनमा चाँही यसको अलवा जातीय एजेण्डा राम्रो गरी बुझेको व्यक्तिले मात्र नेतृत्व दिन सक्छ । त्यसैले नेतृत्वको सवालमा कुनै सौदा वाजी गरिनु हुदैन भन्ने मेरो स्पस्ट भनाई राख्न चाहन्छु ।

तपाई चाँही जातिय संगठनमा कहिले देखि लाग्नु भएको हो ?

“सामाजिक सेवा नेपाल” नामको संस्था खोलेर महिला र वाल-वालिकाको क्षेत्रमा काम गर्दा रोजीरोटीका लागी सर्वोच्च अदालतमा कानुन व्यवसायीको रुपमा वकालत गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल रहेर जातीय संगठनमा प्रवेश गरेको हो मैले । मेरो यात्रा दार्जिलिंगमा भएको दोश्रो तामाङ अन्तराष्ट्रीय सम्मेलनमा नेपालको तर्फवाट विधान संशोधन कमिटीमा काम गरेर शुरु भएको हो र आजसम्म विभिन्न तह तप्कामा काम गर्दै निरन्तर यही यात्रामा रहेको छु ।

सम्मेलन सफल बनाउनका लागि आम तामाङ जनसमुदायबाट के अपेक्षा राख्नु भएको छ ?

यो सम्मेलन हामी सबैको साझा अभियान हो भन्ने सोचेर सकारात्मक भै सुझाव सल्लाह र नैतिक सहयोग मात्रै दिनु हुँदा पनि हाम्रो मनोबल प्रशस्तै बढ्ने हुन्छ । हरेक कार्यक्रम गर्न आर्थिक आवश्यक पर्ने कुरा मैले भनी रहनु पर्दैन, सबैजना जानकार नै हुनुहुन्छ । सबैले सक्रिय सहभागिता जनाउदा हाम्रो अभियान सोचे अनुरुप सफल हुने भएकोले हाम्रो अपेक्षा पनि यही रहन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...