विविध साँस्कृतिक कार्यक्रम सहित वरिष्ठ लोक गायक नारायण रायमाझीलाई न्युयोर्कमा सम्मान


न्युयोर्क, 

वरिष्ठ लोक गायक तथा सँगीतकार नारायण रायमाझीको सम्मानमा न्युयोर्कमा ‘विशेष सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम २०१७’ आयोजना गरियो। कलाकार तथा खेलाडीहरुद्वारा आयोजित उक्त कार्यक्रम न्युयोर्कको ज्याक्सन हाईट स्थित शेर्पा किदुगको हलमा यहिं जुलाई १५ तारिक शनिबार साँझ सम्पन्न भएको थियो । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु नारायण रायमाझी, पुरुषोत्तम न्यौपाने, सिर्जना बिरही थापा, मीन केसी, बिमल डाँगी, उदय भट्टराई, न्हुच्छे डँगोल, मधुर गिरी, सरीता डाँगी, अमृत रमदम मधुर गिरी लगायतको बेजोड प्रस्तुती, लाईभ दोहोरी तथा लोकगीतका साथै अन्य विविध मनोरञ्जनात्मक प्रस्तुतीहरु गरेका थिए । नृत्याङ्गाना अणु खड्का र निलिसा गौतमले प्रस्तुत गरेका नृत्यबाट पनि खचाखच हल भरिएका दर्शकले भरपूर मनोरञ्जन लिएका थिए ।

 

कानून व्यवसायी खगेन्द्र जिसीको प्रमुख आतिथ्यमा सम्पन्न ‘विशेष सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम २०१७’ को सञ्चालन चर्चित उदघोषकद्वय पुरुषोत्तम न्यौपाने र डोल्मा शेर्पाले पालै पालो गरेका थिए । सम्मान पत्र ग्रहण पछि लोक गायक तथा सँगीतकार नारायण रायमाझीले आफ्ना चर्चित लोक गीतहरु प्रस्तुत गरेका थिए । लोक लयमा आधारित उनका ‘फुलबुट्टे चोलीमा’, ‘स्यान नानीले झुक्कायो मलाई’, ‘हाँसेर बोली देऊ’ लगायत दर्जनौ गीतहरु अत्यन्तै चर्चित छन् । पछिल्लो समय उनले नेपाली चलचित्र निर्देशनमा समेत हात हालेका छन् । ‘गोरखा पल्टन’ र ‘परदेश’ उनले निर्देशन गरेका दुई चलचित्रका गितहरु नेपाली समुदाय माझ निकै चर्चित बनेका छन् ।

सोही कार्यक्रममा अर्का चर्चित लोकगायक पुरोषोत्तम न्यौपानेलाई पनि अविर तथा खादा लगाई सम्मान गरेका थिए । रेडियो नेपालका वरिष्ठ कार्यक्रम उत्पादक तथा लोक दोहोरी प्रतिष्ठनका पुर्व अध्यक्ष न्यौपानेका ‘फुलको बासना’,’ऐना हेरेर’, ‘सरर पानी घट्टामा’ लगायतका दर्जनौ लोक गीतहरु अत्यन्तै चर्चित छन् । उनको प्रस्तुतीमा रउसे दर्शकहरुले मन थाम्न सकेनन् र अनि गीतको लयमा ताल मिलाएर नाच्न झुम्मिए । न्यौपाने धर्मपत्नी सहित हालै मात्र अमेरिका भ्रमणमा आईपुगेका हुन् । 

उक्त कार्यक्रमका संयोजक चर्चित लोक दोहोरी गायिका सिर्जना बिरही थापाले अाफ्ना दमदार प्रस्तुती दिएर माहौल अझै तताईन् । उनका गीतका तालमा नाच्ने दर्शकका घुईचो अझै बढे । बिच बिचमा उनले कार्यक्रम सफल पार्न सहयोगी भुमिका निभाउँनेलाई सम्झिन् । मुक्त कण्ठले प्रशंसा गर्दै अाभार ब्यक्त गरिन् । नारायण रायमाझी जस्ता लोक सँगीतका हस्तीको सम्मनार्थ कार्यक्रम गर्दा अर्का चर्चित लोक सर्जक पुरुषोत्तम न्यौपानेलाई समेत समेट्न पाउँनु अहोभाग्य भएको उनले भनिन् । अाफू जहाँ पुगे पनि निरन्तर नेपाली लोक सँगीतको उत्थान र प्रवर्धनमा लागि रहने उनले बताईन् । हाल मेरील्यान्ड स्थित बाल्टिमोर निवासी थापा अमेरिकाको विशेष प्रतिभावन कार्यक्रम अन्तरगत स्थाई बसोवास पत्र (ग्रीन कार्ड) प्राप्त गरी नेपालबाट केही बर्ष अघि अमेरिका बसाई सरेकी हुन् । ‘वनको काफल वनकै चरीलाई’, ‘राम्रो फूल त फुल्नै नहुने’ , ‘एउटा चिट्ठी’ लगायत दर्जनौ अन्य अत्यन्तै चर्चित लोक तथा दोहोरी गीतहरु उनका सिर्जना हुन् ।

कार्यक्रममा उपस्थित पासाङ तामाङले नेपालको दोहोरी साँझको झल्को गराएको बताए । अर्का सहभागी कमला गुरुङलाई नेपालमै पुगेको अनुभुती भएको बताईन् । कार्यक्रमले भरपुर मनोरञ्जन दिएको सहभागी धेरैले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...