Advertisement
SKIP THIS

नयाँ बर्षमा नलिना


अमेरिका, गायिका नलिना चित्रकार नयाँ बर्ष २०१८ मनाउँन परिवारसँग घुमघाममा ब्यस्त छिन् । ‘२०१७ भरी अत्यन्तै ब्यस्त भएकीले परिवारसँग घुम्ने समय मिलाउँन सकेकी थिईनँ’ उनले फेसबुक च्याटमा भनिन्, ‘छोरालाई गरेको प्रमीस पुरा गर्दैछु’ । फेम्ली भ्याकेशनबाट फर्कने बित्तिकै उनी तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिर्नियाको आयोजनामा हुने ल्होछार कार्यक्रममा पर्फर्मेन्सको लागि पुग्ने बताईन् । तामाङ समुदायको अधिक जमघट हुने भएकोले सेलो शैलीका गीतहरु बढी प्रस्तुत गर्ने सोच रहेको उनले बताईन् ।

करीब तीन दशकदेखि प्रफेश्नल्ली गायन क्षेत्रमा रहेकी नलिना प्राय: ब्यस्त हुन्छिन् । २०१७ भित्र कहिले उनी नेपालमा कन्सर्ट गर्न पुगिन् त कहिले मिडल ईस्टमा पहिलो नेपाल आईडलको ग्रान्ड फिनेल स्टेज तताउँन । युरोप यात्राबाट आफ्ना फ्यानहरुको माझ सामाजिक सञ्जालमा लाईभ उपस्थित भइन् भने अमेरिका भित्र भएको विश्व साँगीतिक मेलामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल चिनाउँन पनि उनले भ्याईन् । कार्यक्रम आयोजकले बोलाएको समयमा पुग्नु पर्ने हुन्छ । त्यसैले बेला बेला र बिशेष गरी चाडबाडमा परिवारसँग टाढा रहनु पर्दा मन अमिलो हुने उनी सुनाउँछिन् ।

१२ बर्षे छोरा र श्रीमानको साथमा क्यालिफोर्निया बसोबास गरेकी नलिनालाई निकै हँसिली र फरासिली गायिकाको रुपमा चिनिन्छ । उनले रेकर्ड गराएकी गीतहरुको सँख्याले २०० कटेको उनी बताउँछिन् । उनको पहिलो अल्बम ‘प्रियतम’ निकाल्ने बेला जस्तो अहिले गीतका सिडी र क्यासेट बजारमा बिक्रि हुँदैन । तर उनले बेला बेला अल्बम निकाल्न भने छाडेकी छैनन् । पछिल्लो अल्बम ‘सासले’ सहित ८ वटा अल्बम निकालेकी नलिना नवौ अल्वमको तयारीमा जुटेकी छिन् । उनले बजार अध्ययन गरेकी छिन् र बजारको माग अनुसारको गीतहरु नयाँ अल्बममा राख्ने योजना पनि बनाएकी छिन् । गायक गायिकाको लगि अहिलेको राम्रो बजार लाईभ स्टेज पर्फर्मेन्स नै हो । त्यसो त नलिना पनि पछिल्लो समय स्टेज लाईभ प्रस्तुतीमा बढी देखा परेकी छिन् । समयको माग अनुसार नै त्यसो हुन गएको उनी भन्छिन् ।

कार्यक्रम आयोजकका अनुसार स्टेज पर्फर्मेन्समा उपस्थित दर्शकको मनोभावना बुझेर गीत गाउँन नलिना माहीर छिन् । दर्शक अनुसारको गीत पस्कन सक्नु उनको खुवी हो । कस्तो खाले दर्शकलाई कुन गीत चाहिन्छ भनेर नलिनालाई राम्रो ज्ञान भएको हिमालय फेस्टीभल युएसएका अध्यक्ष राजेन गिरी बताउँछन् । नलिनाको अनुसार पुराना गीतहरु मन पराउँने दर्शकको सँख्या पनि थुप्रै रहेका छन् । अधिकांशले पुरानो, नयाँ तथा लोक लयका गीतहरुका फ्युजन बढी रुचाउँने गरेको उनी बताउँछिन् । त्यसो त उनले लोकगीतसँगै बिभिन्न जातजातिको मौलिक गीतहरुलाई मिलाएर फ्युजन पनि बनाएकी छिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...