Advertisement
SKIP THIS

अमेरिकाको जर्सी सिटी र इन्द्रावती गाउँपालिकाबिच सिस्टर सिटीको सम्झौता


 

ङिमा पाख्रिन/न्युुजर्सी

अमेरिकास्थित न्युजर्सी राज्यको जर्सी सिटी काउन्सिल र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी अर्थात भगिनी सम्बन्ध कायम भएको छ । स्थानीय समयअनुसार जनवरी २४ मा आयोजित कार्यक्रममा जर्सी सिटीका मेयर स्टेभन फुलप र इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले सहमति पत्रमा हस्ताक्षर गरे ।

दुई शहरबीच शैक्षिक, प्राविधिक, सांस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक तथा मानव साधनस्रोत, सुशासन, खेलकुद लगायतका क्षेत्रमा आदानप्रदान गर्नेसहितका आठ बुँदा सहमति पत्रमा रहेको छ। यो सँगै अन्य मुलुकका शहरसँग सिस्टर सिटी बन्ने इन्द्रावती नेपालको पहिलो गाउँपालिका बनेको दाबी छ ।

भगिनी सम्बन्ध स्थापना भएपछि आफूलाई निकै खुसी लागेको गाउँपालिकाका प्रमुख तामाङले बताए । दुई देशबीच विभिन्न विषय आदानप्रदानसमेत हुने उनले बताए । सम्झौता पत्रमा हस्तक्षर गर्न गाउँपालिका प्रमुख तामाङ अमेरिका आइपुगेका हुन् ।

 

यसरी भयो सम्भव
गाउँपालिका अध्यक्ष तामाङ ग्रीनकार्ड त्यागी स्थानीय निर्वाचनमा होमिएका थिए । उनको विकासको प्रतिवद्धतामा जनताले विश्वास गरी उनलाई अध्यक्षतामा निर्वाचित गरेका थिए । अमेरिकी नेपालीसँगको सम्बन्ध राम्रो रहेको र उदाहरणीय काम गर्न रुचाउने नेताका रुपमा चिनिएका अध्यक्ष तामाङले सिस्टर सिटी बनाउन प्रयासरत थिए ।

सोही क्रममा जर्सी सिटी मेयर फुलपकी सल्लाहकार तथा दुई शहर बीचकी विशेष दूतको रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यस्तो सम्झौता भएको हो । सम्झौता सफल भएपछि खुसी हुँदै डा. परियारले भनिन्, ‘हाम्रो सिटीमा अरु देशको झन्डा फर्फरिन्थ्यो। हाम्रो देशको झन्डा कसरी फरफराउने? म यही प्रश्नको जवाफको खोजीमा लागे ।’

सिस्टर सिटी बनाए यो सम्भव देखिएपछि आफु यो अभियानमा लागेको उनले सुनाइन्। भनिन् ,’त्यसैले म यसका लागि लागें । म गोर्खाको छोरी । मलाई गोर्खामा पनि बनाउन प्रेसर आएको थियो। तर यो अवसर इन्द्रावतीले पायो ।’

औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलले गत डिसेम्बर १९ तारिख काउन्सिल रिजोलुसन पारित गरेको थियो । जर्सी सिटी मेयर फुलपले २०१७ जुन ३० तारिख अमेरिकी भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक समारोह आयोजना गरिसकेका छन् । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी शहर हो ।

यसअघि जर्सी सिटीले सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारो र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीको लागि टेेम्पोररी प्रटेेक्टेेट स्टाटस् (टिपिएस) काउन्सिल रिजोलुसन पारित गरिएको थियो । टिपिएस रिजोलुसन पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो ।

 

दुई शहरको अवस्था यस्तो छ

इन्द्रावती गाउँपालिका़ परिचय
इन्द्रावती गाउँपालिका १०५.११ वर्ग.कि.मी. क्षेत्रफल रहेको छ । यस गाउँपालिकामा १२ वडाहरु रहेका छन् । राष्ट्रिय जनगणना, २०६८ अनुसार इन्द्रावती गाउँपालिकाको जनसंख्या २८,५१७ रहेको छ । यहाँ सबैभन्दा बढी तामाङ जाति ७४१४ जना (२६ प्रतिशत), दोस्रोमा ब्राम्हण (पहाडी)४२८३ जना (१५.०२ प्रतिशत) र तेस्रोमा क्षेत्री ४१८४ (१४.६७ प्रतिशत) हरुको बसोबास रहेको छ ।

यस गाउँपालिकामा प्रमुख पेसा कृषि हो । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व दशैंतिहार, लोसार, माघे सक्रान्ति, चैते दशै आदि मनाउने गरिन्छ । यहाँका गाउँपालिका अध्यक्ष तामाङ नेपाली कांग्रेसबाट निर्वाचित हुन् । तामाङ हाल गाउँपालिका महासंघका महासचिवसमेत हुन् ।

जर्सी सिटी
५४.५९६ वर्ग किलोमिटरमा फैलिएको जर्सी सिटी न्यु जर्सी राज्यको सबैभन्दा दोस्रो धेरै जनसंख्या भएको शहर हो। जर्सीमा २ लाख ७० हजार जनसंख्या रहेको छ। यहाँका मेयर डेमोक्रेटबाट निर्वाचित भएका हुन् । जातीय विविधताका लागि प्रख्यात रहेको जर्सी सिटीले हालसम्म पेरु, भारत, चीन, फिलिपिन्स, इजरायल, ब्राजिल, स्पेन, इटाली, अर्जेन्टिनाजस्ता मुलुकका दर्जन सहरसँग विभिन्न समयमा सिस्टर सिटीको सम्बन्ध कायम गरिसकेको छ ।
Photo Cortsey: Lal Tamang Pakhrin

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...