Advertisement
SKIP THIS

अमेरिकाको टेक्सास, डल्लासमा तामाङ पहिचान सहित पहिलो पटक ल्होछार सम्पन्न


ङिमा पाख्रिन / डल्लास्, टेक्सास्

तामाङ सोसाईटी अफ उत्तर अमेरिका, टेक्सासले डल्लासमा २८५४औ खि-ल्हो ल्होछार पर्वलाई एक भव्य कार्यक्रमको आयोजना गरी मनायो । पहिलो पटक आयोजित ल्होछार कार्यक्रममा तामाङ समुदायसँगै ल्होछार पर्व मनाउँन अन्य समुदायका मानिसहरु पनि उपस्थित रहे । ल्होछार कार्यक्रममा प्रस्तुत बिभिन्न साँस्कृतिक कार्यक्रम हेरेर भिड भित्र रमाईरहेका एक जोडी मेक्सिकन अमेरिकनसँग बुझ्दा उनीहरुसँगै काम गर्ने तामाङ साथीका कारण आएको बताए । पहिलो पटक देखिएको सेलो नाचको चालहरु उनीहरुको मौलिक नाचसँग मिल्न गएको बताउँदै उनीहरुले एकै स्वरमा भने, ‘नेपाली खानाको स्वाद पनि हाम्रै जस्तो लाग्यो’ । घिमीरे थरका नेपाली बिध्यार्थी आफ्ना केहि साथीहरुसँग सेलोको तालमा जिउँ हल्लाउँदै रमाएको देखिए । उनले प्रष्टैसँग सुनिने गरी साथीहरुलाई भने, ‘आज चाही नेपाल पुगेको जस्तै लागेको छ’ । तामाङ युवायुवतीहरुको मौलिक तामाङ पहिरन र साँस्कृतिक चहलपहलले वातावरणमा रौनाकता थपेको थियो ।

डल्लासको अर्भिङमा गत फेब्रुअरी १० तारिक साँझ सम्पन्न ल्होछार कार्यक्रमको प्रमुख अतिथी उत्तर अमेरिकी तामाङ समाजको केन्द्रिय अध्यक्ष लक्यान लामा रहेका थिए । आयोजक सँस्थाका अध्यक्ष छिरिङ तामाङले सभापतित्व गरेको कार्यक्रममा लामा गुरुद्वय अमर बहादुर लामा र साङदोर्जे लामा सहित अतिथिहरुमा नेपाली समाज टेक्सासका महासचिव भक्त भन्डारी, पलयुल जङछुब धर्क्यालिङ, डल्लासका संयोजक छिरिङ लामा, व्यवसायी तथा सामाजिक अभियन्ता पासाङ लामा, युवा व्यवसायी तथा तामाङ डाटाबेसका संस्थापक मिङमार तामाङ, डल्लास एभरेष्ट लाईन्स क्लबका अध्यक्ष बिएन पन्त लगायतका थिए ।

अतिथीहरुको आसनग्रहण पश्चात परम्परा र बिधी अनुसार धार्मिक लामा गुरुबाट मन्त्र वाचन सहित शुरु भएको औपचारिक कार्यक्रममा लामा गुरुसँगै प्रमुख अतिथी लक्यान लामाले छ्योमे (बत्ती) बालेका थिए । नेपाल र अमेरिकाको राष्ट्रिय गानसँगै तामाङ जागरण गीत प्रस्तुत गरिएको कार्यक्रममा संयोजक धना दोङले उपस्थित सबैलाई औपचारिक स्वागत गरेकी थिईन् ।


कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथी तामाङ सोसाईटी अफ उत्तर अमेरिकाको अध्यक्ष लक्यान लामाले तामाङ समुदायले अमेरिकाका बिभिन्न राज्यहरुमा आफ्नो सँघ संगठन बिस्तार गर्नु कुनै अन्य जाति वा धर्मको बिरुध्दमा नभएर तामाङहरुले आफ्ना पुर्ख्यौली मौलिक परम्परालाई अमेरिकामा पनि संरक्षण र सम्बर्धन गर्दै तामाङ जातिको मुल्य र मान्यतालाई बचाई राख्नाको लागि हो भनेर प्रष्ट्याए । यसका साथै बिभिन्न राज्यमा छरिएर रहेका तामाङहरुलाई संस्थागत आवध्द गरी एक आपसमा चिनाजान र अापतविपतमा सरसहयोग गर्नलाई पनि संस्थाको महत्वपुर्ण भूमिका हुने उनले बताए । लामाले हाम्रो पछिल्लो पिडीका लागि बलियो आयाम बनाई राख्नाको लागि पनि हामी संगठीत हुन जरुरी भएको औल्याए । तामाङ शक्ती मजबूद बनाउँन तामाङ ग्लोबल कन्फेरेन्सको अवधारणा सहितको योजना बुनेको बताउँदै सहयोगको लागि उनले सबैसँग आग्रह समेत गरे ।

अमेरिकामा सफल युवा ब्यवसायीको रुपमा परिचित पासाङ शेर्पाले शुभकामना मन्तब्यको क्रममा डल्लासमा तामाङ समुदायको यो जागरण र एकताले त्यहाँको बुध्दिष्ट कम्युनिटीलाई समेत थप टेवा पुग्ने बिश्वास राख्दै तामाङ सोसाईटी अफ उत्तर अमेरिका, टेक्सासलाई आवश्यक पर्दा सहयोग गर्न आफू सधै तत्पर रहने बताए । शुभकामना मन्तब्यकै क्रममा अर्का युवा ब्यवसायी तथा तामाङ डाटाबेसका संस्थापक मिङमार तामाङले नेपालबाट टाढा अमेरिकामा पनि तामाङ जातिको साँस्कृतिक पर्व ल्होछार औपचारिक रुपमा मनाएको देख्दा आफूलाइ गर्व लागेको बताए । तामाङ समुदायमा अव साँस्कृतिक जागरण सँगसँगै शैक्षिक, आर्थिक र राजनीतिक जागरण पनि हुँदै जानु आवश्यक रहेको उनले औल्याए ।

आयोजक संस्थाका सदस्य सूर्य मोक्तानले सँचालन गरेको औपचारिक चरणको समापन गर्दै सभापति छिरिङ लामाले अमेरिकामा लगभग दुई दशक बसाई पछि यसरी आफ्नो तामाङ समुदाय बिच संगठित भएर काम गर्न पाएकोमा खुशी ब्यक्त गर्दै यसका लागि सहयोग पुराउँने सबैलाई आभार ब्यक्त गरे । समुदायको सदस्यहरुमा भएको उर्जाशील शिर्जनात्मक प्रतिभा प्रस्फुरणको लागि पनि संस्थागत हुन आवश्यक्ता महसूस गरी स्थापित संस्थाले कुनै दलगत राजनीतिक पृष्ठपोषण नगर्ने र आफ्नो जातिय मौलिक परम्परा, संस्कार र सँस्कृतीको जगेर्ना गर्न लागि पर्ने उनले जानकारी दिए । कार्यक्रममा नेपाली समाज टेक्सासका महासचिव भक्त भन्डारी, पलयुल जङछुब धर्क्यालिङ, डल्लासका संयोजक छिरिङ लामा, डल्लास एभरेष्ट लाईन्स क्लबका अध्यक्ष बिएन पन्त लगायतले शुभकमना मनतब्य राखेका थिए ।

दोस्रो चरणको कार्यक्रममा मनोरञ्जन पस्किए । रानु पाख्रिन, लासाङ दोङ, अनुशा लामा, ईन्दु पाख्रिन, रजनी योन्जन, माया योन्जन, धना दोङ, अनुश्रिया त्रिपाठी, सोनाम योन्जन, मिङमा लामा, जेनी दोङ लगायतका स्थानिय कलाकारहरुबाट लगभग एक दर्जन जति आकर्षक सोलो तथा सामुहिक नृत्यले धेरैको मन बहलायो । अधिकांश कलाकारहरु समुदायकै सदस्यहरु थिए । स्थानिय युवाहरु शंकर तामाङ, राजन लामा र अंकित थापा सम्मिलित वाको नेपाली ब्यान्डको लाईभ प्रस्तुतीले युवाहरुको मन ताने र वाहवाही र वान्स मोर गुञ्जिए । उनीहरुले ‘नाचीदेउ मैच्याङ’, ‘आँखैमा झलझली’, ‘सोह्र बर्षे उमेरैमा’ लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

अतिथी गायकद्वय सन्जोक योन्जन र सागर वाईबाको प्रस्तुतीले धेरैलाई नाच्न हौस्याए । गायक सन्जोक योन्जनको सदाबहर ‘आलु र तामा हजुर’ बोलको गीतलाई वान्स मोरको आवाजले पुन: गुन्जाईए । गायक सागर वाईबाले आफ्नो प्याट्रनका साईकोले, मानेदोरा, म्हेन्दोमाया लगायत सेलो गाउँदा सबैले नाचेर उनलाई साथ दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...