सुनिल कन्दङवा लिम्बू
फरक रंगका गोरेहरु
यसपटक कान्छा भाईको बिहे खानलाई एक महिनाको छुट्टी मिलाएर घर लागें। विश्वकै एक नम्बरमा पर्ने दक्षिण कोरियाको इन्छन ईन्टरनेशनल एयरपोर्ट मार्फत चाईनिज इस्ट्रनको बोर्डिंग गेटमा लाइन लागें । बोर्डिगं सकिएर अध्यागमनको लाइनमा बसे। लामो समय पछि घर जान पाउँदा मन त्यसै फुरुंग थियो। अध्यागमनका कर्मचारीले जान साथ अभिवादन ( ईन्सा) गरे। केहि सोधपुछ पछि म बोर्डिंग गेट खोज्दै हवाई जहाज तर्फ लागें । यो पटक म सिंगापुरको टिकट रद्द गरेर बाटो भएर नेपाल जाँदै थिएँ । पुरै एकदिनको यात्रा पछि टिआईए(TIA) मा अबतरण गरें । म सँगै झण्डै १०० जनाकोफुर्सदमा