Advertisement
SKIP THIS

फरक रंगका गोरेहरु


यसपटक कान्छा भाईको बिहे खानलाई एक महिनाको छुट्टी मिलाएर घर लागें। विश्वकै एक नम्बरमा पर्ने दक्षिण कोरियाको इन्छन ईन्टरनेशनल एयरपोर्ट मार्फत चाईनिज इस्ट्रनको बोर्डिंग गेटमा लाइन लागें । बोर्डिगं सकिएर अध्यागमनको लाइनमा बसे। लामो समय पछि घर जान पाउँदा मन त्यसै फुरुंग थियो। अध्यागमनका कर्मचारीले जान साथ अभिवादन ( ईन्सा) गरे। केहि सोधपुछ पछि म बोर्डिंग गेट खोज्दै हवाई जहाज तर्फ लागें । यो पटक म सिंगापुरको टिकट रद्द गरेर बाटो भएर नेपाल जाँदै थिएँ । पुरै एकदिनको यात्रा पछि टिआईए(TIA) मा अबतरण गरें । म सँगै झण्डै १०० जनाको हाराहारीमा चाइनिज पर्यटक पनि थिए।
नेपालको अध्यागमनमा केहि न केहि नौलो नै हुन्छ। पर्यटकहरुका लागि Arrival Card भर्नलाई एउटा फुटेको कलम पनि राखिएको थिएन। चाईनिजहरु अश्लिल शब्द बोल्दै पालै पालो कार्ड भरिरहेका थिए। चाईनिजको सँगतले मलाई उनिहरुको अश्लिल शब्द बारे ज्ञान थियो। बल्ल तल्ल ब्यागेजहरु आउन थाले टि.भि. मा १ नम्बर बेल्टमा ब्यागेज आउने भनेर लेखिएको थियो। एकजना कर्मचारी हस्याँग फस्याँग गर्दै आएर ३ नम्बर बेल्टमा आउने जानकारी गराए। उनिसँग चाइनिज भाषाको ज्ञान थिएन। चाईनिजहरु भने १ नम्बरमा कुरी रहे। मेरो सिटमा परेकालाई मैले ३ मा आईरहेको जानकारी गराए। त्यस पछि ट्याक्सि समातेर म काकाको घर तर्फ लागेँ। मैले TIA को ट्याक्सिको बारेमा लेखेर समय बर्बाद गर्ने मनसाय राखिन। खैर एअरपोटको ट्याक्सिको बारेमा सबैलाई ज्ञान भएकै हो।

म हरेक पटक काकाको घर पुग्दा विशेष रात्रिभोजमा पुग्दछु सौभाग्य नै भनौं यो पटक पनि नरेन्द्र काकाकोमा यस्तै अवसर जुट्यो। समय बित्दै गयो । एक महिनाको छुट्टि सकाएर म पुन कर्मभुमी कोरियातर्फ प्रस्थान गरें।फर्किने बेला TIAमा अनेक हुन्छ कि त मलाई मात्र यस्तो भएको हो कि ? चाइना इस्ट्रनको काउन्टरमा म बोर्डिंग पास सँगै आफ्नो लगेज जोख्न थाँले। निक्कै चिडिएको स्वरमा एकजना महिलाले सोधिन, ‘ब्यागभित्र अवैध सामान त छैन नि ?’ जवाफमा मैले टाउको हल्लाएर नभएको ईशारा गरें। अर्का एकजना मेरै उमेरका केटा आएर Hand Carry जोख्न भने मैले तर्कमा Hand Carry जोख्छन र? भनि प्रति प्रश्न गरें। आफु आउँदा Hand Carry जोख्नु नपरेको अवगत गराए। मेरो कुरा सुनेर उनको झन पारो तातेछ क्यार उनले मेरो Hand Carry खोलेर हेर्न थाले। म मनमनै मुस्कुराए अनेक हुन्छ त मेरो देशमा हुन्छ। उनले मलाई अन्त्यमा जहाज भित्र Hand Carry राख्न नमिल्ला है भनि चेतावनि दिन समेत भ्याए। मैले उसको अहमता देखेर अझ प्रतिवाद गर्ने रहर गरिन। मेरो देब्रे लाईनमा जापान हिडेकि एक युवती थिइन। ५ वटा लगेज धेरै भएको र लान नमिल्ने भनि तिनै कर्मचारीहरुसँग प्रतिवाद गरि रहेकी थिइन। उनले आफ्नो दिदी अर्को एयरलाइन्सको कर्मचारी भएको र उक्त सामान जसरी नि छिर्ने अडान गरिन। नभन्दै एक कलमा तिनै कर्मचारीले उक्त समाना पठाई छाडे। टिकटमा ४५ के.जि. सम्म २ वटा लगेज लान मिल्ने उल्लेख थियो।

अध्यागमनको लिफ्टमा एकजना प्रहरी जवान बसेका थिए । उनले मलाई कहाँ जान लागेको भनेर सोधे। मैले कोरिया जान लागेको बताए उनले बडो उत्सुक हुदै मेरो साथी पनि कोरियामा नै भएको र कुन ठाउँमा हो बिर्सेको भन्दै मुस्कुराए। ‘कोरियामा कति बस्नु भयो पैसा त धेरै कमाउनु भयो होला है’भन्दै प्रस्न गरे मैले नि हासेर अलि अलि कमाएको जानकारी दिए। सम्भवत मैले यति मज्जाले बोल्ने नेपाल प्रहरीका जवान भेटेको पहिलो पल्टनै हुनुपर्छ। म उनि संग हात मिलाएर बिदा भए।

अध्यागमनमा पुग्न साथ मैले कर्मचारीतिर आँखा बढाए उनीहरुको बोल्ने शैली मैले पहिले पनि देखि सकेको थिए। ३ नम्बर काउन्टरमा बडो स्मार्ट देखिने एकजना कर्मचारीको हाउ भाउ, प्रस्न गर्ने शैली देख्दै लाइनका मान्छेहरु नाख खुम्चाउन थालि सकेका थिए। त्यो काउन्टरमा पर्नु नपरे हुन्थ्यो भन्दै सोच्न थाले नभन्दै म पनि त्यहि ३ नम्बरमा परे। मेरो अनुहारमा हेर्दै कता हिडेको भनेर सोध्न थाल्यो । ‘कोरिया हिडेको सर’, मैंले नम्र स्वरमा भनें । उसले फेरी सोध्यो,’चिन तिर चै बिजनेस व्यापार कि किन ?”होइन ट्रान्जिट मात्र हो,’मैंले स्पस्टीकरण दिदै भने । उसले मेरो राहधानीमा फोटो अर्कै भएको भन्दै एकछिन अलमलाउन थाल्यो । घरी राहधानी हेर्दै घरी मेरो अनुहार हेर्दै काउन्टरको काम सकेर राहदानी जोडले टेवलमा पछार्यो । मानौं सम्पूर्ण रिस त्यहि राहदानीमाथि नै पोख्दै थियो । ती कर्मचारीको शैली देख्दा मलाई स्कुलले लाइफमा दहलमार तास खेलेको याद आयो। त्यो अन्तिमको दहल मार्दा सुरतको एक्का बोकेर त्यसरी नै बजार्थियौं। मैले झट्ट चीनको अध्यागमनमा त्यहाँको काउन्टरमा राखिएको सिस्टमको याद गरें।३ वटा बटन थिच्नु पर्थ्यो Satisfied 😊 Not Satisfied 😡 र Very Satisfied 😇 यदि यहाँ हुदो हो त म Not Satisfied 😡 यस्तो दबाउने थिए होला।

मैले यहाँ उल्लेख गर्न चाहेको कुरा के हो भने सरकारी कर्मचारीले गर्ने ब्यबहार किन यति रुस्ट छ? मेरो बिचारमा TIA हाम्रो देशको मुलढोका हो । घरको मुलढोका बलियो भयो भने न घर बलियो हुन्छ । अहिले मिडियामा जति गोरे चर्चा भाइरल भयो यो सबैको परिणाम पनि यिनै मुलढोकाको कमजोरि हो। मुलढोकाको बल्टु पक्कै ढिला भएकै छ।यहाँका बल्टुहरुमा खिया लागेको छ। ढोका प्वाल परेका छन ।मुलढोकाको रेखदेखमा बसेका कर्मचरिको काम र ब्यबहारमा जरै देखि परिवर्तन ल्याउन जरुरि छ।

वार्षिक लाखौं पर्यटकलाइ यहि ब्यबहार गर्ने हो भने उनिहरुको मन मस्थिष्कमा के छाप पर्ला? भर्खरै पर्यटन मन्त्रिज्यु को १०० दिनको सफलताबारे समाचारमा सुने। ९८ दशमलव कति को पछाडिको दुइ अंक सहितको प्रतिशतमा सफलता मिलेको सुनाउँदै हुनुहुन्थ्यो। मन्त्रिज्युको गणित पक्का सहि हो भने सकरात्मक हो। पर्यटनबाट देशको विकाश देख्नुहुन्छ भने एकपटक TIA मा पुग्नुहोस। पर्यटकहरुसँग त्यहाँको सन्तुष्टि असन्तुष्टिबारे बुज्नुहोस ब्यतिगत हिसाब निकल्नु भन्दा देशको मुलढोकाको हिसाब गर्नुहोस। सुधार गर्नुहोस।

वर्तमान परिस्थितिमा देशको सर्बोच्च पदमा प्रमज्यु मेरै काका हुनुहुन्छ। अर्थात् उहाँ मेरो बाबालाई दाई भन्नुहुन्छ। यस मानेमा पनि मैले काका भनेर दिल्लगि गरे जस्तो मलाई लाग्दैन। अब काकाको हातमा छ फरक रंगका गोरेहरुलाइ संरक्षण गर्ने कि अन्य गोरेहरु नि जन्मन दिने? गोरेलाई टाकुरामा चढन सिकाउने सहपाठिहरु तिनै TIA भित्र छन। गोरेको लालन पालन गर्ने नि तिनै हुन। यि सबैबाट देशलाई बचाउनु छ। फेरि अर्को गोरे नजन्माउन परिवर्तन जरुरि छ । फेरि अर्को गोरे नजन्मियोस।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...