डोलु आले मगर
कोरियामा किन गरे ढाकारामले आत्महत्या ?
सदाका दिनमा झैं बिहान आठबजे काममा कम्पनि भित्र पसेका थियौं। म मेरो डिपार्ट तिर काममा ब्यस्त थिएँ। अर्को डिपार्टमा साथीहरु बाहिर काम गर्दै थिए। त्यत्तिकैमा पर अर्को कम्पनिबाट दुइ जना नेपालीहरु ढाकाराम यहाँ आएको छ ? भन्दै खोज्दै आए। कोठामा मोबाइल छ तर मान्छे छैन। सबै काममा आइसके तर उनि कहाँ गएछन् ? भन्दै खोज्दै आएका थिए। ढाकाराम हाम्रो कम्पनीमा आइराख्ने भएर उनी यतै छन् भनेर खोज्न आएका थिए। हाम्रो कम्पनीमा आएको छैन भन्ने भएपछी फिर्ता गए र उनको खोजि कम्पनी भित्रै भयो। गाईलाई खुलाउने दाना बन्ने कम्पनीको कच्चापदार्थ राख्नेफुर्सदमा