Advertisement
SKIP THIS

कोरियामा किन गरे ढाकारामले आत्महत्या ?


सदाका दिनमा झैं बिहान आठबजे काममा कम्पनि भित्र पसेका थियौं। म मेरो डिपार्ट तिर काममा ब्यस्त थिएँ। अर्को डिपार्टमा साथीहरु बाहिर काम गर्दै थिए। त्यत्तिकैमा पर अर्को कम्पनिबाट दुइ जना नेपालीहरु ढाकाराम यहाँ आएको छ ?  भन्दै खोज्दै आए। कोठामा मोबाइल छ तर मान्छे छैन। सबै काममा आइसके तर उनि कहाँ गएछन् ? भन्दै खोज्दै आएका थिए।

ढाकाराम हाम्रो कम्पनीमा आइराख्ने भएर उनी यतै छन् भनेर खोज्न आएका थिए। हाम्रो कम्पनीमा आएको छैन भन्ने भएपछी फिर्ता गए र उनको खोजि कम्पनी भित्रै भयो। गाईलाई खुलाउने दाना बन्ने कम्पनीको कच्चापदार्थ राख्ने गोदामको दलनमा ढाकाराम झुण्डिएको अवस्थामा भेटिए। एकछिनपछि खबर आयो ढाकारामले आत्महत्या गरेछन्।

कोरियामा इपीएस लागू भएपछी चालिस हजारभन्दा बढी नेपालीहरु रोजगारको लागि कोरिया आएका छन्। नेपालीहरुको संख्या बढे संगै विभिन्न कारणले ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ। त्यस मध्ये एक प्रमुख कारण आत्महत्या हो। प्राय अनलाइन समाचारहरुमा पढिने आत्महत्याको खबर त्यस दिन नजिकै घटेको समाचारले केहि बेर मनलाई उद्धेलित बनायो। यसकारण पनि बनायो कि फरक कम्पनि भए पनि विदाको दिनमा प्राय हामि संगै घुम्ने , संगै खाने, गफगाफ गर्ने र खेल्ने एक दाइ थिए।

शारीरिकरुपमा ठिक, नियमित व्यायाम, कम्पनीमा कुनै दबाब नभएको, सबैसंग हाँस्ने बोल्ने, खेल्ने, बाहिर हेर्दा डिप्रेसनमा परेको अनुमान गर्न नसकिने अवस्थामा रहेका उनले आखिर किन आत्महत्या गरे होलान ? मनमा प्रश्नहरु एक पछी अर्को गर्दै उब्जिए।

उनीसंगको संगतको आधारमा यो भन्न सकिन्छ कि उनि अलिक जिद्धि स्वभावको थिए। आफु कुनैपनि कुरामा तल नपर्ने। अर्थात आफुले नजानेको, नसुनेको, नगरेको, नपुगेको कुनै बाँकि कुरा छैन। हामी संगै बसेर गफ गर्दा उनको कुरालाई काट्ने भन्दा पनि सहि मात्रै थप्ने गर्थ्यौं। किनकि उसको सुरुवात देखिकै बानि त्यहि थियो। उनले आफ्नो पारिवारिक कुराहरु भने खासै गर्द‌ैनथ्ये गरे।

द्वन्दकालमा नेपाल आर्मीको जागिर छोडेर कुवेत पुगेको हुँ भन्ने ढाकाराम कोरिया आएको दोस्रो कार्यकाल समेत गरेर सात वर्ष पार गरिसकेका थिए। पहिलो कार्यकाल सकेर नेपाल गएका उनि विवाह गरेर कोरिया आएका थिए। कहिलेकाहीँ आफ्नो चाहना विपरित विवाह भएको कुरा कम्पनीमा काम गर्ने साथीलाई बताउने गरेको रहेछ।

नेपाल आर्मीको जागिर छोडेको, कुवेतमा गएर काम गरेको र कोरिया आएर पहिलो पांच वर्ष सम्म काम गरेको कमाइ भने उनको आफ्नो नाममा रहेनछ। नेपालमा उसको आफ्नो बैंक खाता समेत रहेनछ। उनले कमाएको पैसा दाइहरूको नाममा पठाउने गरेको रहेछ। विहे गरेर आए पछी भने के गरे खै !

आत्महत्या गर्ने त्यस दिन आमासंग फोनमा करिब चालिस मिनेट बात गरेका रहेछन्. काम सकिएर फूटबल खेल्न गएका थिए। त्यस दिन कोरियाको बैंक खातामा भएको सबै पैसा झिकेका थिए। सोजु र मेक्जु किनेर ल्याएका थिए।

कोठामा एकजना भारतीय कामदार थियो भने अर्को एक नेपाली थिए जो नेपाल गएका छन्। करिब दश जना विदेशी कामदार रहेको उक्त कम्पनीमा साँझ सबै खाना खाएर कोहि काम तिर लागे कोहि सुत्न तिर।

रातिसाढे एक बजे सम्म श्रीमतीलाई फोन गरेको तर रिसिभ नगरेको रहेछ। पौने दुइ बजे तिर आत्महत्या गरेको सिसिटिभी फुटेजमा रहेछ। आत्महत्या गरेपछि प्रहरी आएर फोन र सिसिटिभी फुटेज डिटेल हेर्दा उक्त रेकर्ड भेटियो। प्रहरीले उक्त नम्बरमा एक नेपालीलाई फोन गर्न लगाए पछी विगत चार दिन देखि फोनमा कुरा नभएको श्रीमतीले बताएछ तर यता ढाकाराम ले भने छ-सात कल फोन गरेको तर रिसिभ नभएको रहेछ। फोन सम्पर्क नभएको धेरै भयो भन्ने बताउने दाइले एकै छिनमा बोलि बदलेर अँ केहि दिन अगाडी भएकों थियो भनेछ। उसको फेसबुक म्यासेन्जरमा पनि कोहि कसै संग कुराकानी भएको देखिएन।

कम्पनीमा कुनै संग झैँझगडा नभएको, कम्पनीबाट कुनै मानसिक दबाब नभएको उनले आखिर किन गरे त् आत्महत्या ?

आमा तपाइको छोरा संग फोनमा के बात भएको थियो ? छोराले के के भनेको थियो ? के हुनु बाबु उही सन्चो विसन्चो त् हो वृद्ध आमाको जवाफ थियो। आमा आफै डाँडामाथिको घाम भएकी छिन्, उनलाई कान्छो छोरा अस्ताएको खबर सुनाउन नसकेर फोन यत्तिकै काटिदिए।

श्रीमान र भाइको आत्महत्याको खबर श्रीमती र दाइलाई सुनाए। तर उनको परिवारहरुबाट आएको कुरामा अलिकति शोकबोध पनि भेटिएन। आत्महत्या गरेको भिडियो पठाउ, कम्पनीले बिमा रकम दिन्छ होला नि ? खै कम्पनीले त् हामीलाई फोन गरिन नि? भन्ने जस्ता प्रश्नले के अर्थ जनाउँछ ?

कम्पनि भित्र गोदाममा आत्महत्या गरेको सबै रेकर्ड सिसिटिभीमा कैद भएपछी कम्पनि र अरु नेपालीहरुलाई उतिसाह्रो प्रशासनिक झन्झट त भएन। मर्ने त् मरेर गए तर मानसिक रुपमा भने अरुलाई धेरै तनाव दिएर गए। त्यहि झुण्डिएको कम्पनी भित्र दिन रात काम गर्नु पर्नेहरुलाई तनाव स्वाभाविक हुने नै भयो।

समस्या जे सुकै भएपनि समस्याको सामाधान को उपाय आत्महत्या हुँदै होइन। दुख, कष्ट, तनाव, उतारचढाव, आभावको बिचमा पनि जिन्दगी सुन्दर छ त्यो सुन्दर जिन्दगी को भोग भनेको बाँचेर गर्नुपर्छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...