कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
बहु प्रतिक्षित चलचित्र जारी २ कोरियाको विभिन्न शहरमा आक्रमक रुपले प्रदर्शन हुने भएको छ। बल्क बस्टर चलचित्र जारीको सिक्वेलको रुपमा निर्माण भएको यस चलचित्रलाई कोरियामा किरात याक्थुङ चुम्लुङ छल्लादो शाखाले वितरणको जिम्मा लिएको छ।

चलचित्र जारी २ नोभेम्बर ८ तारिख नोसान र इक्सानमा साथै नोभेम्बर ९ तारिख फाजु, सुवन , बुसान, किम्पो र मोक्पोमा प्रदर्शन हुने भएको छ। यसैगरी जिन्छनमा नोभेम्बर १६ मा प्रदर्शन हुँदैछ भने जोछिवनमा नोभेम्बर २३ मा प्रदर्शन हुने मिति तय भएको छ। अन्य सहर देगु, सौल, आन्सान , ओन्याङ ओन्छन, जेजु, फुयमा भने मिति तय भैनसकेको वितरकले जनाएको छ।

चलचित्रमा दयाहाङ राई, बिजय बराल, मिरुना मगर, बुद्दि गुरुङ आदिको अभिनय हेर्न सकिने छ। उपेन्द्र सुब्बाको लेखन निर्देशनमा बनेको चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन। 



