पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
पाँचथर सेवा समाज दक्षिण कोरियाले पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक गरेको छ। आज दोङ्देमुन स्थित गोर्खा ग्रील्सको हलमा एक कार्यक्रम गरि ‘आयव्यय सार्वजनिक ” गरेको हो।
संस्थाले छुसकको अवसरमा अक्टोबर ५ तारिख सुजन चापागाई एन्ड द इन्फिनिटी, गायक नोगेन लिम्बू र श्रेया राईको साथमा वृहत सांगितिक कार्यक्रम आयोजना गरेको थियो।
उक्त कार्यक्रमबाट संस्थाले २ करोड ४१ लाख २६ हजार ३ सय ५८ वन वचत गर्न सफल भएको छ। सो कार्यक्रममा संस्थाले १३ करोड ७१ लाख ७२ हजार ८ सय ८७ वन आय गरेको थियो भने ११ करोड ३० लाख ४० हजार ५ सय २९ वन खर्च गरेको देखिन्छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरी खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानिय कलाकार, सुरक्षामा खटिएका बाउन्सर, मिडियाकर्मी लगायतलाई सम्मान पनि गरिएको थियो। कार्यक्रम संयोजक एवम अध्यक्ष रमेश लावतीले नेपथ्य व्याण्ड ल्याउन नसक्नुको कारण खुलाउँदै दोश्रो योजना अन्तरगत सुजन चापागाई एन्ड व्याण्ड आमन्त्रण गरेको बताएका थिए। यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए।
