इन्दिरा चोङबाङ
जीबनलाई फर्केर हेर्दा
“जिन्दगी जिउनुको मजा त यही छ” धेरै मान्छेको मुखबाट यो बाक्यांस सुन्ने गर्थें । मलाई लाग्थ्यो आहा ! कति भाग्यमानि मानिसहरू । आफुलाई मात्र दुःखी लाग्थ्यो सायद आफै सोच्थे मेरोमात्र यति धेरै आबश्यकताहरू थिए दुनीयाँमा जुन पुरा गर्न मलाईमात्र गारो थियो । म बिबिएस पढ्दै गर्दा एकजना साथी संगीताले वाईएफसिको कार्यक्रममा निमन्त्रणा गरिन् । उक्त कार्यक्रममा एकजना दाइको मन्तब्य थियो जुन मेरो आफ्नै जीबनमा मेल खाए जस्तो लाग्यो । सानैदेखि घरबाट राम्रो पढ्नुपर्छ भन्ने मान्यता थियो । पत्र पत्रिका पढ्नुपर्छ साथीहरूसॅग संगत गर्नुपर्छ भन्ने मान्यताबाट अलि टाढै थिए । त्यसैले भन्नु पर्दा मफुर्सदमा
“आइएम सरी” कथा
दिनभरि गोल्डेन गेटको रमाइलो यात्रा, बे साइडमा सिरिरी चलेको हल्का शितल बायुको स्पर्स अनि मनलाई सधै शितलता प्रदान गर्ने निलो आकाश मुनिको निलो सामुद्रिक तट । यथार्तमा रमिरहेका जो थिए त्यस रंगमंचमा, म भने आफ्नो अतित सम्झेर भावनामा एक्लै हराएको थिए । लाग्दै थियो सन्जोग पनि कस्तो, यस्तै समय जुरेको रहेछ मेरो अतीतलाई वर्तमान बनि मेरो सामु आउन । एक मनले लाग्छ, जुन सन्जोग छ एकदम ठिक छ, जहाँ मैले केहि समय भए पनि आफ्नो भौतिक व्यस्ततालाई भुलेको छु, अर्को मनले भन्छ म आफै आफूभित्र सिमित हुँदा मेरो यथार्त केफुर्सदमा