हेमन्त माबो
सत्यको खोजि
कविता/ म अझै, एउटा सत्य खोजिरहेछु, मृत्यु भन्दा अर्को ध्रुवसत्य। जन्म पनि त सत्य हो नि, अनि जन्माउने आमा भेट्छु,देख्छु र पाउँछु उत्तरहरु तर, भन्न सक्दिन यो नै सत्य हो भनेर, किन कि, यि सत्यहरु त सबैले भेटेका, देखेका र भोगेका सत्यहरु हुन। त्यसैले, अझै,सत्य खोजिरहेछु, मृत्यु भन्दा अर्को ध्रुवसत्य। लाग्छ, कहिलेकहीँ सत्यको पंत्तिमा म आफैलाई पनि भेट्दिन। भेटु पनि कसरि ? मेरो पर्यायवाची रक्सि हो भन्छन। तर, मदहोसिमा सत्य ओकल्ने बानिले, आजकाल, मैले रक्सिको पैसा तिर्नु पर्दैन। अनि, आफै गम्छु, सांसद भवन देखिलिएर, अदालत, पुलिस थाना/चौकि सबैमा रक्सि पिएर,फुर्सदमा