Advertisement
SKIP THIS

सत्यको खोजि


कविता/


अझै,
एउटा सत्य खोजिरहेछु,
मृत्यु भन्दा अर्को ध्रुवसत्य।

जन्म पनि त
सत्य हो नि,
अनि जन्माउने आमा
भेट्छु,देख्छु र
पाउँछु उत्तरहरु
तर,
भन्न सक्दिन यो नै सत्य हो भनेर,
किन कि,
यि सत्यहरु त
सबैले भेटेका, देखेका र भोगेका
सत्यहरु हुन।
त्यसैले,
अझै,सत्य खोजिरहेछु,
मृत्यु भन्दा अर्को ध्रुवसत्य।

लाग्छ,
कहिलेकहीँ सत्यको पंत्तिमा
म आफैलाई पनि भेट्दिन।
भेटु पनि कसरि ?
मेरो पर्यायवाची रक्सि हो भन्छन।
तर,
मदहोसिमा सत्य ओकल्ने बानिले,
आजकाल,
मैले रक्सिको पैसा तिर्नु पर्दैन।
अनि,
आफै गम्छु,
सांसद भवन देखिलिएर,
अदालत, पुलिस थाना/चौकि सबैमा
रक्सि पिएर,
कार्यभार सहाल्ने निति हुनु हो भने
भ्रष्टाचार त दूरको कुरा
सत्य ओकलिन्थे
आहाँ१
सत्यबादि नेता,
सत्यबादि हाकिम,न्यायधिस,पुलिस अफिसर
यति भएपछि,
हाम्रो देश हाम्रै जस्तो हुन्थ्यो।
विनोद चौधरि र शेष धले दाहरुले
निडर भएर
सबै पुजिले आफ्नै देशमा कलकारखाना खोल्थे।
पुन्टे,नेप्टे र चुचेहरु
अरवको तातो घाममा सेकिन जानु पर्दैनथ्यो।
अनि,
बलत्कार पछि मारिएका
बालिका निर्मलाहरुले न्याय पाउथे।
यसअर्थ,
सत्य खोजिरहेछु।

पाचथर
हाल दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...