विनोद परिवर्तित
चर्चित गायक राज सिग्देलको उपस्थितिमा गजल मुशायरा हुँदै
सौल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आगामी फेब्रुअरी १६ का दिन गजल मुशायरा आयोजना गर्ने भएको छ । चर्चित गजल गायक राज सिग्देलको विषेश आतिथ्यतामा उत्कृष्ट गजलकारहरू मुशायरामा प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ । अनेसास कोरिया च्याप्टरले श्रृङखलाबद्ध रुपमा संचालन गर्दै आएको ‘काव्य-सुधा’को पाँचौं श्रृङखलाको रूपमा गजल मुशायराको आयोजना हुन लागेको च्याप्टरका अध्यक्ष प्रमाेद सारंगले बताउनुभयाे । चर्चित गजल गायक राज सिग्देलले अनेसास कोरिया परिवारद्वारा तयार गरिएको गजल एल्बममा संग्रहित गजलहरू समेत गाउने आयोजकले बताएको छ । दक्षिण कोरियाको राजधानी सौलको दाेङ्देमुन स्थित नेपाल हाउसमा संचालन गरिनेफुर्सदमा
भानुको स्मरण गर्दै कोरियामा मुक्तक मेला सम्पन्न
सौल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले आइतबार आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै बृहत् मुक्तक मेला सम्पन्न गरेको छ । नेपाली साहित्यका विविध विधाहरूमा केन्द्रित रही कार्यक्रम गरिरहेको कोरिया च्याप्टरले काव्य सुधाको तेस्रो शृङ्खलाको रूपमा नेपाली काव्य जगतका धरोहर आदिकवि आचार्यको २०४ औं जन्मजयन्तीको अवसर पारी उनको स्मरण गर्दै बृहत मुक्तक मेला तथा विविध रचना वाचन कार्यक्रमको आयोजना गरेको च्याप्टरका अध्यक्ष कृष गुल्मेली बाबूले जानकारी दिनुभयो । पर्यटकीय शहर तोङ्देमुन स्थित शुभेच्छा रेस्टुरेन्टको सभाहलमा सप्पन्न मुक्तक मेलामा कोरियामा कार्यरत रही मुक्तकमा कलम चलाइरहेका प्रमुख ८ मुक्तककारहरूले भव्य प्रस्तुति रहेको थियोफुर्सदमा