दिलिप केसी
बिकाउ नै भए बैशका फूल, दैबले किन यौबन बनायो
गजल/ मान्छे बनायो त बनायो, दैबले किन मन …..बनायो बिकाउ नै भए बैशका फूल, दैबले किन यौबन बनायो खै कहाँ छ माया, बस् आउछन् ……खेल्छन जान्छन बाँच्नु नै छ एक्लै भने, दैबले किन ……मीलन बनायो बियोगमा रोएर प्रेमको कथा, सकिन्छ …..भने अधुरै त्यो सरगमको धुनमा, दैबले किन …छमछम बनायो नदेख्नेले अरुको आँखामा, आँशुको …..खोला अबीरल आफ्नै सुन्दरता हेर्ने, दैबले किन दर्पण ……….बनायो पैसाकै आडमा मै हु भनेपनी, यै पैसाले …रुबायो कती हाँसो किन्न सकिन्न त फेरि, दैबले किन …धन बनायो