टियस राईको नेतृत्वमा खोटाङ सेवा समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति

खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले टियस राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। सेप्टेम्बर २८ तारिख दोङ्देमुन स्थित सेमाउल सभाहलमा अधिवेशन सम्पन्न भएको थियो।
नव–निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि कुमार खड्का, उपाध्यक्षहरूमा फुर्तेम्बा शेर्पा, दोर्जे शेर्पा र काशी निरौला निर्वाचित भएका छन्। त्यसैगरी, महासचिवमा कला राई, सचिवमा सुरज लिम्बु र कोषाध्यक्षमा अनिला राई चयन भएका छन भने सदस्यहरूमा मुना मगर, आभाष राई, रत्न क्षेत्री, मनराज राई, निशा राई, शान्तिराम राई र रोशन राई रहेका छन्।
अधिवेशन निवर्तमान अध्यक्ष सुष्मा रानाहँमा राईको अध्यक्षता र पूर्वी नेपालका अध्यक्ष केदार निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सस्थालाई विभिन्न क्षेत्रमा सहयोग गर्ने मिडियाकर्मी, कलाकार, लगायत अन्य व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो।