Dudha Lama
महिला फुटसलको उपाधि सुवन एनएफसीले जित्यो

अमिर योन्जन । प्रथम आस्याङ फुटसल प्रतियोगितामा महिलातर्फ सुवन नेपाली फुटबल क्लबले उपाधि जितेको छ । सुवन एनएफसीले ख्याङ्नाम युनाइटेडलाई ३-२ गोल अन्तरले जितेको हो । आइतबार दिउसो ह्वासङ सी फरानमा भएको प्रतियोगितामा सुवन एन एफसीले उपाधि ट्रफीसँगै, नगद ४ लाख वन, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । ख्याङ्नाम एफसीले उपविजेतामा चित्ता बुझाउनु परेको थियो । उनीहरूले पनि २ लाख वन, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । निर्धारित समयको पहिलो हाफसम्म १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो हाफको खेलमा ख्याङ्नाम एफसीका क्याप्टेन परी गुरुङले आत्मघाती गोलफुर्सदमा
आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो

अमिर योन्जन । प्रथम आस्याङ फुटसल प्रतियोगिताको उपाधि सुवन नेपाली फुटबल क्लबले पेनाल्टी सुटअउटमा उपाधि जितेको छ । फाइनलमा पेनाल्टी गोलमा सुवनले आयोजक आस्याङ फुटबल क्लब ‘बी’ लाई ३-२ ले पराजित गरेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी खेलेपछि अन्तिममा पेनाल्टी शुट आउटमा पुगेको थियो । पहिलो हाफमा आस्याङ एफसीले १-० को अग्रतामा खेल्दै निर्धारित समयको लगभग २ मिनेटसम्म अग्रता कायम गरेको थियो । उक्त समयमा सुवन एनएफसीले फल गर्दा आस्याङ एफसीले फ्री किक पाएको थियो । फल भएको बललाई आस्याङ एफसीको खेलाडीले चार सेकेन्डसम्म होल्ड गरेपछि फल उल्टिएकोफुर्सदमा
“मेरो त देशै माइती भयो” तीज गीतमा चेलीको वेदना

दक्षिण कोरियाको थेसो क्षेत्रमा नेपाली चेलीहरूको उल्लेखनीय सहभागितासहित छायाङ्कन गरिएको तीज गीत “मेरो त देशै माइती भयो” गत हप्ता औपचारिक रूपमा सार्वजनिक गरिएको छ । दिवस तिवारीको शब्द र सङ्गीत तथा लोकप्रिय लोक गायिका पूर्णकला बिसीको सुमधुर स्वरले सजिएको यो गीतले वैवाहिक जीवनमा नेपाली महिलाले भोग्ने भावनात्मक पिडा, विदेशमा बस्दा आउने हर्ष–विषाद र तीज पर्वको मौलिकतालाई मार्मिक रूपमा चित्रण गरेको छ । युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र चाडपर्वको प्रवर्द्धनमा सशक्त भूमिका खेल्ने विश्वास लिइएको छ । विवाह गरेर देशमा रोजगार नभएपछि परदेशमा बस्नु पर्ने बाध्यात्मक परिस्थितिले गर्दा देश नै माइती भएको गीतको सारांश रहेकोफुर्सदमा
नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श

अमिर याेञ्जन । भोजपुर परिवार दक्षिण कोरियाको आयोजनामा नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान शीर्षक माथि विमर्श कार्यक्रम सम्पन्न भयो । ऐतिहासिक क्रान्तिकारी योद्धा योगमायाको ८४ औँ स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रका तीन वक्ताहरूको प्रस्तुति र आयोजक तर्फबाट कार्यपत्र प्रस्तुतसँगै विमर्श कार्यक्रम भएको थियो । पूर्वी नेपाल समाज दोङ्देमुनको सभा हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोरियाका लागि नेपालको राजदूत डा. शिवमाया तुम्बाहाम्फेको उपस्थिति थियो । वक्ताहरूमा खोटाङ सेवा समाजका अध्यक्ष कवि सुष्मा रानाहँमा राई, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष विशन राई, पूर्वी नेपाल समाजका अध्यक्ष केदार निरौला थिए । कार्यक्रममा भोजपुरफुर्सदमा
फोनमनीको एक करोड विजेतालाई नगद पुरस्कार हस्तान्तरण

रेमिट्यान्स कम्पनी फोनमनी साथमा एक करोड हातमा अभियानको लक्की ड्रको विजेता मिलन विश्वकर्मालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । जुलाई ५ शनिवार फोनमनीको मुख्यालय सौलमा एक कार्यक्रम गरी नगद एक करोड कोरियन वन पुरस्कार हस्तान्तरण गरेको थियो । गत महिना जुन १५ मा सौल दोङ्देमुनमा रहेको फोनमनीको मुख्यालयमा पुनः लक्की ड्र सम्पन्न भएको थियो । यसअघि मे १८ मा औपचारिक कार्यक्रम गरी विजेता घोषणा गरेको थियो । त्यस तत्कालीन विजेताले तोकिएको कानुनी प्रक्रिया र आवश्यक सर्तहरू पूरा गर्न नसकेकाले उक्त विजेता घोषणा औपचारिक रूपमा रद्द गरिएको थियो । पुरस्कार हस्तान्तरणपछिफुर्सदमा
नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट

नेपाली ई-स्पोर्ट्स इतिहासमा एउटा स्वर्णिम अध्याय थपिएको छ । हिजो अर्थात् सन् २०२५ जुन २२ आइतबार सम्पन्न PMSL (PUBG Mobile Super League) प्रतियोगितामा चाईनिज टिम अल्फा गेमिङ विजेता हुदाँ नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै HORRA Esports दोस्रो र पाकिस्तानी 4T SPORTS ले तेस्रो स्थान हासिल गरेको छ । अल्फा गेमिङ, होरा स्पोर्टस् र फोटी स्पोर्टस् अगामी जुलाईमा साउदी अरबमा हुने प्रतिष्ठित PMGC (PUBG Mobile Global Championship) मा छनोट हुन सफल भएको छ । HORRA Esports को यो सफलताले नेपाललाई विश्व ई-स्पोर्ट्सको मानचित्रमा गौरवशाली उपस्थिति दिलाएको छ । PMSL प्रतियोगितामा HORRAफुर्सदमा
एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न

सोल, दक्षिण कोरिया, जियोन्डुङ्सा गुम्बाद्वारा आयोजित २० औं आप्रवासी सांस्कृतिक महोत्सव “एशिया एक मित्र” यस वर्ष पनि जुन १५ आईबार भव्यताका साथ सम्पन्न भएको छ । अति सुन्दर र रमणीय स्थल गिम्पो गाङह्वा टापुमा अवस्थित ज्योनदोङसा गुम्बाले सांस्कृतिक आदानप्रदान, सञ्चार प्रवर्द्धन, र आप्रवासी तथा स्थानीय समुदायबीच एकताको भावना जगाउने मुख्य उद्देश्यका साथ आयोजित यो महोत्सव एसियाली संस्कृतिको एउटा अनुपम संगम साबित भयो । यस पटकको महोत्सवमा विभिन्न एसियाली राष्ट्रका आप्रवासीहरूले आफ्नो परम्परा र कला झल्काउने मनमोहक प्रस्तुतिहरू दिएका थिए, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो । नेपाली समुदायले आफ्नो परम्परागत सङ्गीत रफुर्सदमा
सउल नेपाल गुम्बाले साकादावाको अवसरमा त्रिपिटक वाचनको कार्यक्रम सम्पन्न: धार्मिक महत्व

सउल, दक्षिण कोरिया – दक्षिण कोरियामा रहेका नेपाली बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र सउल नेपाल गुम्बाले गत साकादावा(वैशाख पूर्णिमा) को पावन अवसरमा त्रिपिटक वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बुद्ध जन्मजयान्तीको अवसरमा गत मे ११ तारिख थालनी गरेको बौद्धधर्मग्रन्थ त्रिपिटकको १०० ठेलीमध्ये १६ ठेली वाचन गरि जुन ८ तारिखआईतबार समापान गरेको छ । बौद्ध धर्ममा विशेष महत्व राख्ने यस पवित्र महिनामा आयोजित यो कार्यक्रमले प्रवासी नेपाली समुदायमाधार्मिक चेतना र एकता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ । साकादावा, बौद्ध धर्ममा बुद्ध शाक्यमुनिको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको त्रिपवित्र दिवस होफुर्सदमा
दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day

हरेक वर्ष जुन ६ मा दक्षिण कोरियाले 현충일 (ह्योनछुङ्इल) अर्थात् शहीद स्मृति दिवस मनाउँछ । यो दिन राष्ट्रका लागि आफ्नो जीवन बलिदान गर्ने वीर शहीद तथा सैनिकहरूको सम्मान र सम्झनामा समर्पित छ। यो सार्वजनिक बिदा हो, जहाँ दक्षिण कोरियालीहरूले देशको रक्षाका लागि गरिएका सर्वोच्च बलिदानहरूलाई स्मरण गर्छन् । शहीद स्मृति दिवसको मुख्य समारोह राजधानी सियोलमा रहेको राष्ट्रिय चिहान (Seoul National Cemetery) मा आयोजना गरिन्छ। यस समारोहमा राष्ट्रपति, सरकारी अधिकारीहरू, सैनिक प्रतिनिधिहरू, र शहीद परिवारका सदस्यहरू लगायत अन्य नागरिकहरूको उपस्थिति रहन्छ। देशभरि बिहान १० बजे साइरन बजाइन्छ र १ मिनेटको मौनफुर्सदमा
दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था

दक्षिण कोरिया हाल एक अभूतपूर्व राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ। तत्कालीन राष्ट्रपति युन सुक योलको नाटकीय महाभियोग रत्यसपछिको आकस्मिक निर्वाचनले राष्ट्रलाई गहिरो संकटमा धकेलेको छ । यो निर्वाचन केवल नयाँ नेता चुन्नु मात्र नभई, देशको लोकतन्त्र, अर्थतन्त्र र अन्तर्राष्ट्रिय छविमाथि जनमतको फैसला हो । यसले दक्षिण कोरियाली लोकतन्त्रको लचिलोपन र जनताको सक्रिय सहभागितालाईउजागर गर्दछ, जसले संकटको समयमा पनि आफ्नो राजनीतिक प्रणालीलाई आकार दिन खोजेको देखिन्छ। यसपटकको निर्वाचनको दाउपेच निकै उच्च छ। नयाँ राष्ट्रपतिले सामान्य दुई महिनाको संक्रमणकालको सट्टा तत्कालै पाँच वर्षको पूर्णकार्यकाल सुरु गर्नेछन् । यो यस्तो समयमा हुँदैछ जब दक्षिणफुर्सदमा