Advertisement
SKIP THIS

फोनमनीको एक करोड विजेतालाई नगद पुरस्कार हस्तान्तरण


रेमिट्यान्स कम्पनी फोनमनी साथमा एक करोड हातमा अभियानको लक्की ड्रको विजेता मिलन विश्वकर्मालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । जुलाई ५ शनिवार फोनमनीको मुख्यालय सौलमा एक कार्यक्रम गरी नगद एक करोड कोरियन वन पुरस्कार हस्तान्तरण गरेको थियो ।

गत महिना जुन १५ मा सौल दोङ्देमुनमा रहेको फोनमनीको मुख्यालयमा पुनः लक्की ड्र सम्पन्न भएको थियो । यसअघि मे १८ मा औपचारिक कार्यक्रम गरी विजेता घोषणा गरेको थियो । त्यस तत्कालीन विजेताले तोकिएको कानुनी प्रक्रिया र आवश्यक सर्तहरू पूरा गर्न नसकेकाले उक्त विजेता घोषणा औपचारिक रूपमा रद्द गरिएको थियो ।

पुरस्कार हस्तान्तरणपछि खुसी साट्दै विजेता मिलन विश्वकर्माले यो पुरस्कार रकम नेपालमा बनाउँदै गरेको घरमा रङ्गरोगन तथा इन्टेरियरको काममा खर्च गरिने बताए । साथै उनले रेमिट्यान्स कम्पनी फोनमनी फेमेलीलाई धन्यवाद र आभार व्यक्त गरे ।

फोनमनीले फोनमनी साथमा एक करोड हातमा सँगै ३६ हप्तामा ३६ जनालाई पैसा डबल पनि सम्पन्न गरेको थियो । उनीहरूले कोरियाबाट नेपाल फोनमनीबाट पठाएको रकम बराबरको लक्की ड्र मार्फत डबल पाएको थियो । फोनमनीले यी सबै विजेताहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्तै थप आकर्षक योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको थियो ।

ग्राहकहरूको साथ र विश्वासप्रति आभार व्यक्त गर्दै फोनमनीले छोटो समयमै नेपाली समुदायमा कम्पनीलाई एक भरोसाको रेमिट्यान्स सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल भएको छ । छिटो, भरपर्दो र सुरक्षित सेवा प्रदान गर्दै आएको फोनमनीले डिजिटल सुरक्षालाई उच्च प्राथमिकता दिँदै डिभाइस डिटेक्सन सिस्टम जस्तो प्रविधिको प्रयोग गरिरहेको छ । जसले सम्भावित ठगी र ह्याकिङबाट प्रयोगकर्ताहरूलाई सुरक्षित राख्ने कार्य गर्दछ ।

शून्य सेवा शुल्क, छरितो प्रक्रिया, उत्कृष्ट  ग्राहक सेवा र विविध रेमिट्यान्स विकल्पहरू उपलब्ध गराउँदै आएको फोनमनीले हालसम्म नेपालसँगै श्रीलङ्का, बङ्गलादेश, इन्डोनेसिया र भियतनामसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • गोरखा परिवार दक्षिण कोरियाको नयाँ नेतृत्वमा देवी गौतम
  • NRNA कोरियाद्वारा सञ्चालन गरिने श्रमिक – विद्यार्थी हेल्प डेस्क कार्यालयको उद्घाटन
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...